अनेसास एसिया समिति गठन
२२ माघ २०७७
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उद्देश्यले अनेसास एसिया समिति गठन भएको छ ।
केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा गठित उक्त समितिको सहसंयोजक- लतिका जोशी सिलगुढी, सचिव – गिरिजा गैरे- जापान, सह-सचिव – लक्ष्मी भट्टराई अनुरागी- इजरायल र कोषाध्यक्ष; सीताराम थापा-कतार रहेका छन् ।
यसैगरी सदस्यहरूमा प्रमोद सारंग- कोरिया, डा. गुनु घर्ती किङ्-मिजोरम, चन्द्रप्रकाश गिरी-सिक्किम, भविन लिम्वु-हङकङ, हिमाल अञ्जान-कुवेत,नमराज लामिछाने- साउदी रहेका छन् ।
समितिले निकट भविष्यमानै एसिया क्षेत्रका अनेसास च्याप्टरहरूसँग आवद्द साहित्यकारलाई समटेर साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
संसारभरका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप गठित यो दोस्रो समिति हो । यसअघि अमेरिकामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा गठित अनेसास उत्तर अमेरिका समितिले साहित्यिक भेटघाट सुरु गरिसकेको छ ।