नेपाली को हो? विश्वको जुनसुकै कुनामा रहे बसे पनि नेपाली भाषा बोल्ने र नेपाली साहित्य, कला र संस्कृतिको अनुयायी नेपाली हो । साहित्य के हो? लिखित होस वा अलिखित होस कुनै पनि जातिको कलात्मक अभिव्यक्ति नै साहित्य हो । विकास के हो ? नेपाली जातीको लिखित वा अलिखित कुनै पनि कलात्मक हृदयस्पर्शि अभिव्यक्तिको दायरालाई प्रशस्त गर्दै जानु नै बिकास हो । विकास किन? यो व्यापक विश्वमा लुप्त प्रायः नेपाली जातीय आत्मगौरवको पुनस्र्थापना । अन्तर्राष्ट्रिता के हो? नेपालका नागरिक मात्र नेपाली होइनन, बरु विभिन्न राष्ट्रका नेपाली भाषा भाषी सबै नेपाली हुन् भन्ने नेपाली जातीय धारणा हो अन्तर्राष्ट्रियता । समाज के हो? नेपालीको हृदयको उदगार प्रति इमानदार, सत्यनिष्ठ व्यक्तिहरुको समूह । नेपाली साहित्य समाज के हो? नेपाली साहित्य प्रति अन्तत्र्रिmया बढी भएका र त्यस प्रति आस्थावान व्यक्तिहरुको समूह नै नेपाली साहित्य समाज हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज के हो ? भूगोल, काल र राज्यका सीमा भन्दा माथि उठेर अन्तराष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति समर्पित व्यक्तिहरुको समूह नै अनेसास हो । अनेसासको अध्ययनका विविध पक्षहरु छन्ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा पद, विभूषण तथा पारितोषिकहरु, विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम, कविता महोत्सव, अनेसासका पुस्तक प्रकाशन र अन्तर्दृष्टि पत्रिका प्रकाशन, र ग्लोबल नेटवर्क इत्यादिका बारेमा अध्ययन गर्न सकिन्छ तर यो लेखको उद्देश्य र क्षेत्र नेपाली साहित्यको विकासमा अनेसासको भूमिकाको संक्षिप्त पर्यवेक्षण गर्नु मात्र हो । यसबारे क्यानडाबाट निक्लने एनसिएन्सीको प्रकाशन 'दियालो'ले होमनाथ सुवेदीको 'नेपाली साहित्यको विकासमा अनेसासको भूमिका' नामक एक लेख १९९६ मा छापेको छ । त्यसकै आधारका विकसित अर्को संस्करण 'अन्तर्दृष्टि' वर्ष १२, अङ्क ३, कार्तिक, मंसिर २०६१मा छापिएको थियो त्यसको होमनाथ सुवेदीद्घारा नै परिमार्जित अभिलेख हो यो ।
नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो? यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्ई सम्झनुपर्छ । सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन गर्ने प्रयास गरे । तर स्वयंसेवकहरुको कमीले गर्दा सम्भव हुन सकेको थिएन । सन १९८० देखि सन १९९० सम्म प्रशस्त नेपालीहरु यहाँ भित्रिए । फलतः सन १९९१ को भए 'एएनएस' ले नेपाली भाषाको बिकाशमा सघाउ पुयाउने लक्ष्यले नेपाली भाषा समिति गठन गर्यो । यो नेपाली भाषा समितिले "Twentyfive Years of ANS" नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । तापनि यो समिति केवल एक वर्षको लागि गठन भएको र यो सानो समितिले नेपाली भाषा र साहित्यप्रति बड्दो चाखको उद्देश्य पृुरा गर्न सम्भव थिएन । यसै बेला नेपालका केही साहित्यकारहरु अमेरिकामा पनि नेपाली साहित्यको उत्थानको लागि कुनै संस्था हुनुपर्छ भनी 'एएनएस' का तत्कालीन उपाध्यक्ष तथा नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीसंग आग्रह गरिरहेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा अमेरिकाका नेपाली कसरी मद्दत पुराउन सक्छन त? प्रश्न त ठूलै थियो तर समाधान पनि गारो थिएन । कुरै कुरामा निष्कर्ष के निकाले भने वर्षभरी प्रकाशित भएका नेपाली साहित्यका पुस्तकमध्ये सर्वश्रेष्ठ ठहरिएको कुनै एक पुस्तकको लेखकलाई वर्षैंे यौटा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार मात्र दिने व्यवस्था गर्न सकेपनि नेपाली साहित्यको फाँटमा अमेरिकाको ठूलो योगदान हुन सक्छ । यसै कुरालाई लक्ष्य बनाएर माथि भनिएका भित्र र बाहिरका समर्थकहरुको सहयोग लिएर नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीबाट अनेसासको गठनको कार्य प्रारम्भ भयो । यस सन्दर्भमा बेलुका बेलुका कन्फेरेन्स कलमा बसेर नेपाल अमेरिकाको दूरीमा पनि यो संस्था स्थापनामा कार्यको लागि काम कुरा निरन्तर गरिरहने शिवप्रसाद सत्याल 'पीठ', अच्युत श्रेष्ठ र लव गाउंले अविष्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि । जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको निवासस्थानमा यसको विधान परिषदको गठन भयो । संस्थापक विधान परिषद्मा डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टराई, श्री शिवप्रसाद सत्याल 'पीठ', श्री राम मालाकार, श्री होमनाथ सुवेदी, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यो विधान परिषदले नै अब नेपाली भाषा समिति अवधि पुरा भए पछि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा यहाँको समाज असंगठित नहुने भो भन्ने कुरो देखाइदियो । अर्को शव्दमा भन्दा नेपाली भाषा समितिले गर्ने काम र त्यो भन्दा बढी दायित्व बोकेर "अनेसास" देखापर्यो । नेपाली भाषा र साहित्यप्रति रुची हुनेहरुको लागि यो अत्यन्त खुशीको कुरा थियो ।
अनेसासको स्थापनाका सन्दर्भमा तीनवटा दिन महत्वपूर्ण छन् । १९९० को विजयादशमीमा यसको शुरुआत गरी जनवरी ११, १९९१ मा यौटा संस्थाको रुप दिई जुन २३, १९९३मा डी.सी.को कानून अनुसार दर्ता गरिएको दिन हो । डी.सी.को नियम अनुसार स्थापनाको दिन कुनलाई मान्ने यस्तो कुरामा संस्थापकहरुले जुन दिनलाई मान्ने निर्णय गर्दछन्, त्यही दिन नै डि.सी. गभर्नमेन्टलाई स्वीकार्य हुन्छ । यस सन्दर्भमा अनेसासका स्तम्भहरुले स्थापनाको लागि सबभन्दा बढी महत्वपूर्ण हुने दिन विधानपरिषद गठन भएकै दिन हुन्छ भन्ने निर्णय गरेकाले अनेसासको स्थापनाको दिन जनवरी ११,१९९१ भएको हो ।
गभर्नमेन्ट आँफ डिष्ट्रिक्ट आँफ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाकको आयकर विभागबाट (इन्टर्नल रेभेन्यु सर्विस्)बाट ूँभमभचब ित्बह भ"Federal Tax Exemption" प्रदान गर््यो । फरवरी ३, १९९४ मा "D.C. Department of Finance & Revenue" बाट विक्रीकर "Sales Tax" नलाग्ने गरी State Tax Exemption स्वीकृत भयो ।
अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो ।
यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।
INLS is a collaborative effort involving poets, writers, artists, educators and volunteers of Nepalese origin from all around the world, committed to the promotion of the literary and cultural works. INLS is a secular, non-political and non-profit organization. Registered in the United States, the organization has its chapters in many countries of the world, and is fast-expanding. It is a global forum for all Nepalese writers to hone their skills, promote their creations, reach international audience, and ensure visibility of the best of Nepali literary works among the international audience. It also aspires to introduce the upcoming generation of Nepali Diaspora with the best of Nepali literary and cultural heritage, and inspire them to develop themselves as its worthy heirs.
अनेसास विश्वभरि छरिएर रहेका नेपाली मूलका कवि, लेखक, कलाकार, शिक्षक तथा स्वयंसेवीहरूको एउटा संयुक्त प्रयास हो, जो नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनप्रति कटिबद्ध छन् । अनेसास एक धर्मनिरपेक्ष, गैर–राजनैतिक तथा गैर–नाफामूलक संस्था हो । संयुक्त राज्य अमेरिकामा दर्ता भएको यस संस्थाका च्याप्टरहरू आज विश्वका विभिन्न देशहरूमा विद्यमान छन्, र संस्था द्रूत गतिमा विस्तारित भइरहेको छ । नेपाली मूलका सबै लेखकहरूका लागि, उनीहरूको लेखन शिल्पलाई खार्न, सिर्जनाको प्रवद्र्धन गर्न, विश्वभरिका पाठकसामु पुग्न तथा नेपाली साहित्यका उत्कृष्ट सिर्जनालाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउनका लागि अनेसास सबैभन्दा विश्वसनीय माध्यम हो । यसले नेपाली डायस्पोराको नयाँ पुस्तालाई नेपाली साहित्य र संस्कृतिको उत्कृष्ट धरोहरसँग परिचित गराउने तथा उनीहरू स्वयंमा पनि यस विराट धरोहरका कुशल उत्ताराधिकारी बनेर उभिने प्रेरणा दिने लक्ष्य राखेको छ ।
अनेसासले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र नृत्यलाई सिर्जना, प्रकाशन, वितरण, अनुवाद तथा अध्ययन गर्दै नेपाली सांस्कृतिक धरोहरको संरक्षण र सम्बद्र्धन गर्न चाहने सबै नेपाली सर्जक तथा संस्कृतिकर्मीहरूका लागि सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रि मञ्चको रूपमा आफैँलाई विकास गर्ने लक्ष्य लिएको छ ।
Code of Ethics
The following are principles of ethical behavior for those affiliated with INLS:
अनेसाससँग सम्बद्ध सबैले पालना गर्नुपर्ने आचारसंहिता यस प्रकार छः
१. अनेसासका सबै पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूका लागि समाजमा विद्यमान सांस्कृतिक सम्पदा (नेपाली भाषा, साहित्य तथा संस्कृति) को प्रयोगको आवश्यकता तथा उक्त सम्पदाको संरक्षणको दायित्वबीच सन्तुलन कायम गर्नु एक अनिवार्य जिम्मेवारी हुनेछ ।
२. अनेसासका सबै पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूलाई संस्थाको एकताप्रतिको उनीहरूको आस्थाले नियमन गरेको हुनुपर्ने छ ।
३. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले नेपाली भाषा, साहित्य र कलाका सबै पक्ष, तिनको विकास र संरक्षणमा तथा तिनको प्रकाशन, अध्ययन, अनुसन्धान, अभिलेखीकरण अथवा कार्यशालागोष्ठीहरूको अयोजनामा सबैभन्दा उत्कृष्ट नजिता प्राप्त गर्ने कोशिस गर्नुपर्ने छ ।
४. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि अख्तियार गरिएका नियमहरूको पालना गर्नुपर्ने छ ।
५. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले आआफ्ना सीमाको स्वीकारोक्ति, तथा अरूको सिप र ज्ञानको समुचित कदर गर्नुपर्ने छ ।
६. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरू अन्य भाषा, साहित्य र संस्कृतिप्रति अत्यन्त संवेदनशील हुनुपर्ने छ ।
७. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले सूचना तथा अनुभवको आदानप्रदान गरेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा योगदान पु¥याउनुपर्ने छ ।
८. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले सबै प्रकारका व्यवसायिक सम्बन्धमा, आफ्ना समकक्षीहरूका अधिकार तथा संस्थाको लक्ष्य र कार्यक्रमहरूको उच्च कदर गर्दै इमान्दर र उच्च नैतिक व्यवहार गर्नुपर्ने छ ।
९. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूले विश्वभरिका अन्य, समानविचार भएका संस्थाहरूसँगको सहकार्यका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने छ ।
१०. पदाधिकारी, ट्रस्टी, सल्लाहकार, कार्यकारी सदस्य तथा आजीवन सदस्यहरूसँग यस आचार संहिताको पालन गर्ने तथा यसको प्रवद्र्धन गर्ने जिम्मेवारी पनि रहने छ ।