अनेसास बोर्ड अफ ट्रस्टिजको निर्वाचन कार्यक्रम घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्डअफट्रस्टीज नयाँ कार्यसमितिको लागि निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन आयुक्त भीम कार्कीको संयोजनमा गठित निर्वाचन समितिद्वारा शुक्रवार जारी गरिएको निर्वाचन कार्यतालिका अनुसार १२ डिसेम्बरमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । जसअनुसार निर्वाचन प्रक्रिया १२ नोभेम्बरबाट सुरू भएर १४ डिसेम्बरमा परिणाम घोषणा पश्चात् समाप्त हुनेछ ।
प्राप्त जानकारीअनुसार अनेसास ट्रस्टी सदस्यहरूले १२ डिसेम्वर, २०२२, बिहान १२ बजेदेखि १३ डिसेम्बर मध्यरातको ११.५९ सम्म मतदानमा सहभागी हुन सकिने छ । चारवर्षे कार्यकालको लागि हुन लागेको यो निर्वाचनमा १२० जना ट्रस्टी सदस्यले भाग लिन पाउने छन् । निर्वाचनले एकजना सभापति, दुई जना उपसभापति, एकजना महासचिव, एकजना सचिव, एकजना कोषाध्यक्ष र एकजना महिला सदस्य(अनिवार्य)सहित थप दुईजना सदस्यलाई निर्वाचित गराउने छ ।