पोर्चुगलमा अनेसास सम्मेलन हुने
पोर्चुगलमा अनेसास सम्मेलन हुने
समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । अनेसास पोर्चुगलको संयोजनमा मार्च ८- १०, २०२४ मा हुने सम्मेलनमा युरोपमा रहेका अनेसासका प्रतिनिधि, साहित्यकार, भाषासेवी, कलाकर्मी, संस्कृतिविद्का साथमा विश्वभरबाट अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्डअफट्रस्टी, च्याप्टर प्रतिनिधि र साहित्यकारहरूको सहभागिता रहने छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पनि परेकाले नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसास नवरत्न पुरस्कार समर्पण, अनेसासका बारेमा छलफल र बहुभषिक साँस्कृतिक कार्यक्रम र काव्यगोष्ठीको आयोजना गरिने छ । कार्यक्रम तयारीका लागि अनेसास पोर्चुगल च्याप्टर अध्यक्ष सवि श्रेष्ठको संयोजकत्वमा पोर्चुगल च्याप्टर महासचिव एन बि महर्जन, सचिव गोमा रेग्मीसहितको कार्यसमिति परिवारले स्थानीय रुपमा तयारी गरिरहेको छ । पोर्चुगल च्याप्टरलाई डेनमार्क च्याप्टर, बेल्जियम च्याप्टर, बेलायत च्याप्टर, स्पेन च्याप्टर, पोल्याण्ड च्याप्टर, जर्मनी च्याप्टर, इटाली च्याप्टर, नर्वेलगायतका च्याप्टरले सहयोग गर्नेछन् ।
पोर्चुगलको राजधानी लिस्वनमा हुने कार्यक्रम लिस्वनको जिनासियो क्लवमा हुनेछ भने वासस्थानको लागि सिटी होटल तय गरिएको छ ।
कार्यक्रमः
मितिः ८-१० मार्च २०२४
स्थानः lisboa Gianasio club, Ruz Dos Anjos 63, 1150-35 lisbon, Portugal
आधिकारिक वास्सथान Hotel City, Lisbon
एअरपोर्टः लिस्वन, पोर्चुगल
ईमेलः inlsportugal1@gmail.com
कार्यक्रमः
मार्च ८- साँझ ४ बजे स्वागत कार्यक्रम
५ बजे – छलफल
७ बजे रात्रिभोज र साँस्कृतिक कार्यक्रम
मार्च ९
बिहान ९ बजे उद्घाटन सत्र र सम्मान ,