मतदान सम्बन्धी महत्वपूर्ण सूचना!
आदरणीय मतदाता महानुभावहरू!
यहाँहरुले अनेसास निर्वाचन २०२४-२०२६ मा सहभागी भैरहंदा निम्नबमोजिमका कुराहरुमा ध्यान दिनुहुन अनुरोध गरिन्छ-
- अनलाइनको माध्यमबाट मतदान हुने भएकोले यहाँहरुले अमेरिकी पूर्वीय समय अनुसार जुलाई ६, २०२४ तारिख बिहानको १२ बजेदेखि इमेल मार्फत ब्यालेट प्राप्त गर्नुहुनेछ।
- अनेसास निर्वाचन समितिको इमेल electioninls@gmail.com बाट प्राप्त ब्यालेट लिङ्क मात्र आधिकारिक हुनेछ र सो लिंक थिचेर उम्मेदवारहरुलाई मतदान गर्न सकिने छ । र मतदान अमेरिकी पूर्वीय समय अनुसार जुलाई ७ तारिक राति ११.५९ बजे समाप्त हुनेछ र संलग्न ब्यालेट लिंक पनि त्यसपछि स्वतः खारेज हुनेछ।
- यहाँले आफ्नो इमेलको नियमित इनबक्समा यदि निर्वाचन समितिको ब्यालेट लिंक देख्नुभएन भने कृपया आफ्नो इमेलको Spam फोल्डर अथवा Junk फोल्डरमा समेत निरीक्षण गर्नु हुन अनुरोध गरिन्छ । हाम्रो चुनावको सफ्टवेयरबाट एक पटक पठाइसकेको इमेलमा पुनः दोहोर्याएर इमेल पठाउन सकिंदैन ।
- कथंकदाचित सिष्टम इररको कारणले इमेल नपाउनु भएको रहेछ भने च्याप्टर कमिटि मार्फत केन्द्रीय कमिटीलाई जानकारी गराउनुका साथै निर्वाचन समितिलाई सीसी गर्न सक्नु हुनेछ । भ्यालिडेसन प्रक्रिया पूरा नभएका गुनासाहरुमाथि सुनुवाई हुने छैन ।
- कुनै पनि मतदाताहरूको प्राइभेट ब्यालेट लिङ्कलाई अरु कसैले प्रयोग गरी दुरुपयोग गरेको पाइएमा वा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यबाट एकै डिभाइसबाट तोकिएको भन्दा बढी मत खसालिएको पाइएमा त्यस्ता मतहरु स्वतः बदर गरिनेछ र त्यस्तो कार्यमा सम्लग्नहरुको सूचना सार्वजनिक गरिनेछ ।
- मतदान सम्बन्धी उत्पन्न कुनै पनि चासो, गुनासो वा विषयबस्तुका सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन आयोगसंग सुरक्षित रहनेछ ।
- निर्वाचन आचार संहितालाई पूर्ण परिपालना गर्दै यहाँहरुले उत्साहवर्द्धक रुपमा मतदानमा सहभागिता जनाउनुहुने पूर्ण आशा र विश्वास गर्दछौं ।
भवदीय,
निर्वाचन समिति
Published date: July 5, 2024