अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ वर्ष”का रुपमा मनाइएको हो ।