अनेसासकाे लकडाउन संस्मरण प्रतियोगितामा बाबुराम प्रथम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको लकडाउन संस्मरण लेखन प्रतियोगितामा बाबुराम न्यौपाने उत्स (झापा) प्रथम, पवित्रा अधिकारी (काठमाडौँ) द्वितीय र सम्झना निरौला (काठमाडौँ) तृतीय हुनुभएको छ । संस्मरणहरूका शीर्षक क्रमशः लकडाउनको निर्मम नियति, बन्दाबन्दी भोग्दाको अनुभूति र लकडाउन एक वास्तविक विद्यालयका रहेका छन् ।
लकडाउन संस्मरण प्रतियोगितामा २३ ओटा संस्मरणहरु प्राप्त भएका थिए । यसको निर्णांयक समितिमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र डा.ज्ञानु पाण्डे रहनुभएको थियो ।
प्रथम पुरस्कार रु. ३०,०००।–(तीस हजार रुपैया), द्वितीय पुरस्कार रु. २०,०००।– (बीस हजार रुपैयाँ) र तृतीय पुरस्कार रु. १०,०००।– (दश हजार रुपैयाँ) रहेको छ । नेपाल च्याप्टरले एक समारोह गरेर उक्त पुरस्कारहरु वितरण गर्नेछ । प्रतियोगितामा प्राप्त भएकामध्ये उत्कृष्ट १० संस्मरणहरु र विभिन्न देशको प्रतिनिधित्व हुनेगरी प्राप्त भएका संस्मरणहरु समावेशगरी संस्मरणसम्बन्धी एउटा पुस्तक पनि प्रकाशन गरिनेछ ।