अनेसास शिखर पुरस्कार २०७७ खड्कालाई
यस वर्षको “अनेसास शिखर पुरस्कार—२०७७” साहित्यकार विनोद खड्कालाई प्रदान गरिएको छ ।
१९९८ मार्च १ मा कतार छिरेका सरल, सहयोगी र साहित्यकार शिखर वैद्यको स्मृतिमा यो पुरस्कार प्रदान गर्ने गरिन्छ । वैद्यले कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा नयाँ आयाम थपेका थिए । सामाजिक संस्थाहरूको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगसँगको समन्वयमा उनको उल्लेख्यनीय भूमिकाका लागि स्मरण गर्दै उनको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।
प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगितमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने सोचअनुरूप यस वर्षको “अनेसास
शिखर पुरस्कार—२०७७” साहित्यकार विनोद खड्कालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । तीन दशकदेखि निरन्तर लेखनमा संलग्न खड्का सन २००५ मा कतार प्रवेशपछि पनि प्रवासी विषयवस्तुमा केन्द्रित रहेर लेखिरहेका छन् । कतारमा हुने हरेक साहित्यिक गतिविधिमा क्रियाशील रहनुको साथै अनेसास र नवोदितमा पनि आवद्ध हुनुहुन्छ । बिगत १५ बर्षदेखि कतारमा कार्यरत साहित्यकार बिनोद खड्काको साहित्यिक साधना र योगदान यो पुरस्कारको लागि उपयुक्त हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ । हामी वहाँको आगामी साहित्यिक साधना र सफल जीवनको कामना सहित बधाई साथै शुभ कामना ब्यक्त गर्दछौं ।