तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापान
पृष्ठभूमि
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सन् १९९१ मा अमेरिकामा स्थापना भई विश्वका कुना–कुनासम्म यसका दर्जनौँ च्याप्टरहरू सक्रिय रहेका छन् । केन्द्रीय रूपमा विभिन्न सम्मेलनहरू आयोजना हुँदै आएका छन् भने च्याप्टरहरूले पनि समय, परिस्थिति र अवसरहरूलाई मध्यनजर गर्दै साहित्यिक गतिविधिलाई क्रियाशील र जीवन्त बनाइराखेका छन्।
च्याप्टर सम्मेलनको उद्देश्य
च्याप्टर सम्मेलनको मूल उद्देश्य भनेको केन्द्र र च्याप्टरबीचको सहकार्यलाई दिनप्रतिदिन मजबुत बनाउँदै लग्नु हो । साथै च्याप्टर र च्याप्टरबीचको सम्पर्क र सम्बन्धलाई स्थापित बनाउँदै अनेसासको जगलाई अझ कसिलो र दरिलो बनाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।
च्याप्टर सम्मेलनको आरम्भ
सन् २०१६ मा पहिलोपटक च्याप्टर सम्मेलनको आयोजना भएको थियो । यस सम्मेलनको संयोजन लस एन्जलस च्याप्टरले गरेको थियो । साथै सन् २०१८ मा दोस्रो च्याप्टर सम्मेलनको आयोजना गरिएको थियो, जसको संयोजन न्यु ह्याम्पसायर च्याप्टरले गरेको थियो ।
तेस्रो च्याप्टर सम्मेलन
अनेसास केन्द्रीय कार्य समितिको आयोजनामा अनेसास जापान च्याप्टरले तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनको संयोजन गर्न गइरहेको छ, जसको निम्ति १०–१२ जनवरी, २०२० को मिति निर्धारण भएको छ । सम्मेलन जापानको राजधानी टोक्योमा हुनेछ । ‘अन्तर्दृष्टि’ त्रैमासिकको प्रधान सम्पादक समेत रहनुभएका जापान च्याप्टरका अध्यक्ष (सन् २०१७–१९) दीप पाठक यस सम्मेलनको संयोजक हुनुहुन्छ ।
पाहुनाको निम्ति केही महत्त्वपूर्ण सूचना, जानकारी र अनुरोध
सम्मेलनको मिति
जनवरी १०, ११ र १२ गरी ३ दिनको हुनेछ ।
१० तारिख – स्वागत पार्टी
११ तारिख – उद्घाटन सत्र र थप कार्यक्रम (हलमा)
१२ तारिख – समापन सत्र र थप कार्यक्रम (हलमा)
(कार्यक्रमको विस्तृत विवरण पछि उपलब्ध गराइनेछ)
कार्यक्रम स्थल ः
हलको नाम – Japan Glass Industry Center को सभाहल
ठेगाना – Shinjuku-Ku, Hyakunincho 3-2-16, B1, Tokyo, Japan
नजिकको रेल स्टेसन – Shin-Ookubo Station (Yamanote Line)
प्रवेश शुल्कबारे
सम्मेलनको प्रवेश शुल्क अमेरिकी ५० डलर वा जापानी यन ६००० लाग्नेछ ।
सहभागी पाहुनालाई सम्मेलनको लोगो अङ्कित डट्पेन, ब्याच, खादा, मायाको चिनोलगायतका सामग्रीहरू निःशुल्क उपलब्ध गराइनेछ ।.
विमानस्थल प्रयोगबारे
सबैले टोक्योस्थित हानेदा (ज्बलभमब) अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ हुने गरी टिकट मिलाउनुहुन अनुरोध गर्दछौँ ।
हानेदाबाहेकको विमानस्थल प्रयोगकर्ताले होटेलसम्म आउनको निम्ति बस वा ट्रेन सुविधा लिएर आफै आउनुपर्ने छ अथवा आयोजकसँगको सल्लाह र समन्वयअनुसार गर्न सकिनेछ ।
होटेल बुक १० तारिखबाट रहेकोले १० तारिख साँझको स्वागत डिनर पार्टी भेट्नेगरी दिउँसो ४ः०० बजेसम्ममा ल्यान्ड गर्नसक्नु हुनेछ । १० तारिखभन्दा अगाडि नै आउनुहुने पाहुनाले अन्य व्यवस्था आफै गर्नुपर्दछ (अथवा आयोजकसँगको सल्लाह र समन्वयअनुसार गर्न सकिनेछ) ।
टिकट फिक्स भएपछि आफ्नो टिकटको विस्तृत जानकारी आयोजकलाई गराउनु हुन अनुरोध गर्दछौँ ।
हानेदा विमानस्थलबाट कार्यक्रमस्थलसम्म २५ किलोमिटरको दूरी रहेको छ ।
होटेल व्यवस्थाबारे
आयोजकले प्रबन्ध मिलाएको होटेलमा पाहुना बस्नुपर्ने छ ।
आफन्त, इष्टमित्र वा नातेदारसँग बस्नुहुने पाहुनाले बेलैमा खबर गर्नुपर्ने छ ।
होटेल कुल ४ दिनको निम्ति बुक गरिएको छ ।
– जनवरी १० तारिख चेक इन
– जनवरी १४ तारिख चेक आउट
होटेल चार्ज सहभागी पाहुना आफैले तिर्नुपर्नेछ । प्रतिव्यक्ति एक दिनको ५० डलर (वा ६,००० येन) को दरले ४ दिनको २०० डलर लाग्नेछ । जसको निम्ति जापान च्याप्टरले तोकिएको व्यक्तिले तपाईंहरूसँग समन्वय गर्नुहुनेछ ।
१४ तारिखपछि पनि जापानमै बस्नुहुनेअथवा घुम्न चाहनु हुनेपाहुनाले आफ्नै व्यवस्थामा होटेल रुम बुक गर्नुपर्नेछ ।
होटेलको कुन रुममा को–को बस्ने भन्ने कुरा आयोजकले निर्धारण गरेबमोजिम हुनेछ ।
दम्पत्ति पाहुनाले आयोजकलाई अग्रीम जानकारी गराउनु पर्नेछ र सोहीबमोजिम रुमको व्यवस्था मिलाउने कोसिस गर्नेछौँ ।
होटलबारे विस्तृत जानकारी
होटलको नाम ः Toyoko Inn Hotel, Kabukicho Branch
ठेगाना ः Shinjuku-Ku, Kabukicho 2-20-15, Tokyo, Japan
फोन नं. ः ०३५१५५१०४५
ब्रेकफास्ट समय ः बिहान ७ः०० देखि ९ः०० बजेसम्म
(नोट ः होटलबाट कार्यक्रमस्थलसम्मको दूरी पैदल १५ मिनेटको रहेको छ ।
खानपिन र मेसबारे
पाहुनालाई कार्यक्रम अवधिभर खानाको व्यवस्था स्थानीय आयोजकले नै गर्नेछ ।
तोकिएको स्थानभन्दा बाहिरको खाना र नास्ताको भुक्तानी पाहुना स्वयम्ले गर्नुपर्ने छ ।
भेजिटेरियन पाहुनाले अग्रीम जानकारी गराउनु हुन अनुरोध गर्दछौँ ।
स्थानीय भ्रमणबारे
सम्मेलन समापनको भोलिपल्ट अर्थात् १३ तारिख सोमबार पाहुनाहरूलाई टोक्यो, योकोहामालगायतको स्थानहरू भ्रमण गराउने योजना रहेको छ । भ्रमण तालिका र भ्रमणस्थलबारे पछि जानकारी गराउने छौँ ।
सुरक्षा प्रबन्धबारे
आसन्न ओलम्पिक २०२० को निम्ति समग्र जापानको सुरक्षा व्यवस्था निकै कडा पारिएको अवस्था छ ।
जापान यात्रा अवधिभर पाहुनाले आफ्नो पासपोर्ट साथमै लिएर हिँड्नको निम्ति विशेष अनुरोध गर्दछौँ ।
जापानमा सामान्यतया अङ्ग्रेजी भाषा प्रयोग नहुने भएकोले एक्लै यात्रामा ननिस्किनु हुन तथा निस्किनु परेमा स्थानीय साथीसँग सम्पर्क र सहयोग लिएर निस्किनु हुन अनुरोध गर्दछौँ ।
साथीहरू छुटेमा र कारणवश सम्पर्क हुन नसकेमा नजिकको सुरक्षा निकायमा सम्पर्क राख्नसक्नु हुनेछ । आयोजक साथीबाट प्राप्त सम्पर्क सूची र विस्तृत जानकारी साथमै राख्नुहोला ।
आवश्यक सम्पर्क
भिसा प्रक्रिया, आउने प्रक्रिया वा जापान यात्राबारे कुनै पनि जिज्ञासाका निम्ति निम्न इमेल तथा मोबाइल नम्बर (भाइबर समेत) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
प्रकाश पौडेल ‘माइला’ : वरिष्ठ उपाध्यक्ष, अनेसास केन्द्रय कार्य समिति
इमेल : poudelprakash575@yahoo.com
मोबाइल : ८१–८०४१५५३१३२
दीप पाठक : अध्यक्ष, अनेसास, जापान च्याप्टर (सन्२०१७–१९)
संयोजक, तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन, टोक्यो
इमेल : aasthakofool@gmail.com
मोबाइल : ८१–८०४५९९५०२४
थप जानकारी
१) यहाँ मोबाइल सिम निकाल्न निकै कठिन छ तर पनि पर्यटकहरूले विमानस्थलमैनिश्चित रकम डिपोजिट गरी लिन सकिने व्यवस्था पनि रहेको छ । इच्छुक पाहुनाले विमानस्थलमा ल्यान्ड गरेपछि आवश्यक प्रक्रिया गर्नुहोला ।
२) जापानको कुनै पनि पसल, स्टोर वा दोकानहरूले अमेरिकी डलर वा अन्य कुनै पनि मुलुकको मुद्रा प्रयोग गर्दैनन्। क्रेडिट कार्ड भने सहज रूपमा प्रयोग गर्न सकिन्छ । (नोट : क्रेडिट कार्ड नबोक्नु भएका पाहुनाले जापानी यनको व्यवस्था गर्नुहोला ।)
३) जापानको सार्वजनिक यातायात (ट्रेन, बुलेट ट्रेन) निकै महङ्गो छ । टाढा–टाढासम्म यात्रामा जान वा बुलेट ट्रेन पनि चढ्न इच्छुक पाहुनाले अनलाइनबाट व्च् पास लिनसक्नु हुन्छ । ७ दिन, १४ दिन र २१ दिनको व्च्पास आवश्यकताअनुसार लिन सकिन्छ ।
४) आफन्त, इष्टमित्र वा चिनेजानेका साथीभाइ भेट्न सबै ठाउँमा जान सम्भव नहुन पनि सक्छ, त्यसैले सम्भव भएमा यहाँहरूलाई कार्यक्रमस्थलमै पनि बोलाउन सक्नु हुनेछ ।