बैठक नं:- ३ को छलफलको विषय र निर्णय
अनेसास केन्द्रीय कार्यसमिति
(२०२२-२०२४)
बैठक नं:- ३ को छलफलको विषय र निर्णय
मिति २०२२ जुलाई ३१ आइतवारका बिहान ८ बजे अनेसास केन्द्रीय कार्य समितिको तेस्रो बैठक बसेको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |
# उपस्थितिः
अध्यक्षः गोवर्द्धन पूजा
वरिष्ठ उपाध्यक्षः सर्वज्ञ वाग्ले ( अनुपस्थित जानकारी नभएको )
उपाध्यक्षहरूः
राजेन्द्र श्रेष्ठ
महेश्वर शर्मा
डा.रेणुका सोलु
सीतादेवी बास्तोला बराल
महासचिवः विमला निरौला
सचिवः दीप पाठक (अनुपस्थित- जानकारी )
कोषाध्यक्षः निजानन्द मल्ल
सदस्यहरूः
तारा अधिकारी
सरिता अर्याल
सुदीपभद्र खनाल (अनुपस्थित-जानकारी)
यादब देवकोटा
प्रमोद सारंग
सुमित गिरी (अनुपस्थितिको जानकारी नगराएको)
आमन्त्रित सदस्यहरूः
ट्रस्टी अध्यक्ष गीता खत्री
# छलफलका बिषय / बैठक ३ का एजेन्डा:
१. महिला सदस्य मनोनयन माथि छलफल - बिगतको बैठकबाट निर्णय हुन बाँकी रहेको महिला सदस्य मनोनयनको एजेन्डा साहित्यकार शकुन ज्ञवालीको नाम सर्वसम्मबाट पारित भएको छ ।
२. अन्तर्दृष्टिको प्रधान सम्पादन नियुक्तका बारे - अन्तर्दृष्टिको प्रधान सम्पादक साहित्यकार लालगोपाल सुवेदीलाई सर्वसम्मतबाट पारित गरिएको छ ।
४. बालसमिति संयोजक नियुक्त बारे-
# बालसमितिको संयोजकमा डा.प्रकाश पौडेललाई मनोनित गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
५.अनेसासको प्रचार सामग्री (पोस्टर, लोगो बनाउने जिम्मा दिने, सन्दर्भमा)
# प्रचार सामग्री छापाको कामको लागि साहित्यकार रमेश दाहाललाई जिम्मा दिने निर्णय भयो ।
६. अनेसास अनलाइन कार्यक्रम सञ्चालनका बारे ।
अनेसास अनलाइन संवाद कार्यक्रम शीघ्र प्रसारण गरिने तर कुन समय र कसरी प्रसारण गरिने कुरा अन्तरिक छलफलपछि केही दिनमा नै महासचिवले निर्णय गर्ने गरि महासचिवको जिम्मामा दिने निर्णय गरियो ।
७ ) महिला समितिको संयोजक नियुक्ति बारे,
अस्ट्रेलियाको साहित्यकार महता घिमिरे चापागाईंको नाम सर्वसम्मतबाट पास भएको तर सम्वन्धित व्यक्तिको निर्णय आउन बाँकी ।
विविध
क) अनेसास साहित्यिक पाठशाला सञ्चालक गर्ने र संयोजक क्यानडाका साहित्यकार कुसुम ज्ञवालीलाई मनोनित गरियो ।
ख ) च्याप्टर सम्मेलनको मिति तय बारे,
डिसेम्बरको अन्तिम सातासम्ममा च्याप्टर सम्मेलन गर्ने र पूर्व कार्यसमितिले तय गरेको स्थान बोष्टनमा नै गर्नको लागि पुन बोस्टन च्याप्टर परिवारसँग कुरा गर्ने निर्णय भयो ।
ग) तीज कार्यक्रम आयोजना गर्ने बारे,
महिला दिदी बहिनीको महान चाड तीज पर्व मनाउन पर्ने प्रस्ताव कोषाअध्यक्षले राख्नु भए पछि महासचिवको नेतृत्वमा उपयुक्त मिति छनोट गरी समितिका दिदीबहिनीको पहलमा जूमबाट तीज मनाउने निर्णय भयो ।
घ) समितिको बैठक छोटो छरितो र प्रभावकारी सुसञ्चालनको लागि “संसदीय प्रणाली” प्रशिक्षण गर्ने निर्णय गरियो । नियमित बैठक छिटो छरितो र आकर्षक बनाउने उदेश्य अनुरुप विज्ञद्वारा प्रशिक्षण लिनको लागि प्रशिक्षण र तालिमको ब्यबस्थापन गर्न उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निजानन्द मल्ललाई जिम्मेवारी दिईयो ।
.............................
विमल निरौला
महासचिव