बैठक नंः- १ र २ को निर्णय
बैठक नंः- १ र २ को (माइन्युट)
( अनेसास केन्द्रीय कार्यसमितिले पद हस्तान्तरणको समारोहमा मिति ११ जुलाई २०२२ का दिन उपस्थित सबैका सामु प्रथम बैठक गरेर निर्वाचन समिति, आजीवन सदस्यता अद्यावधिक समिति, पूर्व कार्यसमिति, पूर्व समितिहरू सवैलाई धन्यवाद ज्ञापन गर्यो)
###
मिति २०२२ जुलाई १५ शुक्रवारका विहान ८ बजे बसेको अनेसास केन्द्रीय कार्य समितिको दोस्रो बैठक उत्साह र उल्लासका साथ सम्पन्न भएको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |
# उपस्थितिः
अध्यक्षः गोवर्द्धन पूजा
वरिष्ठ उपाध्यक्षः सर्वज्ञ वाग्ले ( अनुपस्थित )
उपाध्यक्षहरूः
राजेन्द्र श्रेष्ठ
महेश्वर शर्मा
डा.रेनुका सोलु
सीतादेवी बास्तोला बराल
महासचिवः विमला निरौला
सचिबः दीप पाठक
कोषाध्यक्षः निजानन्द मल्ल
सदस्यहरूः
तारा अधिकारी
सरिता अर्याल
सुदीपभद्र खनाल
यादब देवकोटा
सुमित गिरी (अनुपस्थितिको जानकारी गराएको)
आमन्त्रित सदस्यहरूः
# छलफलका बिषय / बैठक २ का एजेन्डा:
१. परिचयात्मक कार्यक्रम
२. पूर्व कार्यसमितिबाट कागजात र विवरण हस्तान्तरण
३.प्रवक्ता नियुक्ति
४.मनोनित सदस्य
५.अनेसास रेडियो कार्यक्रमबारे छलफल
६. अनेसासको बैक खाता सञ्चालनको बारे
७. विविध
निर्णय १. उपस्थित पदाधिकारीहरुले आफ्नो आफ्नो परिचय दिएर आपसमा परिचय गर्दै परिचयात्मक कार्यक्रम सम्मपन्न भयो ।
निर्णय २. पूर्व कार्यसमितिबाट कार्य समिति संचालनको लागि पर्ने आवश्यक कागजातहरु बुझबुजारथका लागि उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष महेश्वर शर्मा, महासचिव विमला निरौला, सचिव दीप पाठक, र कोषाध्यक्ष निजानन्द मल्ललाई संयोजन गर्ने जिम्मा दिइयो ।
निर्णय ३. समितिको महासचिव विमला निरौलालाई सर्व सहमतिबाट प्रवक्ता तोकीएको छ ।
निर्णय ४. कोरियाबाट साहित्यकार प्रमोद सारंगलाई मनोनित सदस्य ल्याउने प्रस्ताव सर्वसहमतिबाट पास गरिएको छ ।
तर साहित्यकार शकुन ज्ञवालीलाई महिला तर्फको सदस्यमा मनोनयन गर्ने प्रस्ताव अर्को बैठकसम्मका छलफल गर्न स्थगित गरिएको छ ।
निर्णय ५ रेडियो अन्नपूर्णसँगको रेडियो कार्यक्रमको प्रभावकारिता त्यति सन्तोषजनक नभएको प्रतिक्रियाका आधारमा अनेसासले गरेको सम्झौता दुवै पक्ष बसेर रद्ध गर्ने निर्णय पारित भयो । र तिर्न बाँकी तिरोतिरान भुक्तानि गर्ने निर्णय गरियो ।
निर्णय ६. अनेसाको वेल्स फ्रागो बैकमा रहेको बैक खाता सञ्चालनको लागि कोषाध्यक्ष निजानन्द मल्ल र उपाध्यक्ष राजेन्द्रकुमार मध्ये एकजनाको हस्ताक्षर चल्ने गरि अधिकार दिइयो ।
६ विविध अन्तर्गत
निर्णय क) समितिमा प्रवेससँगै गरेको प्रण अनुसार नै कतै र कसैबाट संस्थाको गोपनियता भंग नगर्नको लागि गरिएको अनुरोधलाई सर्वसहमतिबाट पास गरियो ।
निर्णय ख) समितिको बैठक छोटो छरितो र प्रभावकारी सुसञ्चालनको लागि “संसदिय प्रणाली” प्रशिक्षण गर्ने निर्णय गरियो ।
महासचिव
विमला निरौला