शुन्य समय र निर्वाचन आचारसंहिता सम्बन्धमा ।
मितिः २८ जुन, २०२२
श्री अनेसास केन्द्रीय कार्यसमितिका सबै उम्मेदवारज्यूहरू तथा आजीवन सदस्यज्यूहरू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
विषयः शुन्य समय र निर्वाचन आचारसंहिता सम्बन्धमा ।
निष्पक्ष, पारदर्शी र सौहार्दपूणर् वातावरणमा निर्वाचन सम्पन्न गर्न अनेसास निर्वाचन समिति निम्नानुसारको उम्मेदवार/मतदाता आचारसंहिता जारी गर्दछः
१. नेपाल समयः असार २३, २०७९ बिहान ९ः४५ (जुलाई ७, २०२२ ००.०० भ्क्त्) बजेदेखि शुन्य समय शुरु हुनेछ । शुन्य समय शुरु भएपछि कुनै पनि उम्मेदवार वा मतदाताले सार्वजनिक रूपमा आफ्नो वा आफ्नो पक्षको उम्मेदवारका लागि मत माग्न पाउने छैनन्। यदि त्यसो गरेको पाइएमा सो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिनेछ ।
२. उम्मेदवारहरू तथा मतदाताहरूले मतदान अभियान सञ्चालनका लागि अन्य माध्यमका साथै आफ्नो व्यक्तिगत सामाजिक सञ्जालहरू प्रयोग गर्न सक्नेछन्तर अनेसासको आधिकारिक पेजबाट प्रचारप्रसार गर्न पाइने छैन ।
३. प्रसारप्रसारका जुनसुकै माध्यम प्रयोग गरेपनि सोबाट अन्य मतदाता, उम्मेदवारहरू तथा निर्वाचन समितिका बिरूद्ध अफवाहहरू फैलाउन वा उनीहरू विरुद्ध प्रयोग गर्न पाइने छैन ।
४. अनेसास समुदायको सामाजिक सद्भावलाई हानी पुर्याउने वा घृणा उत्पन्न गर्ने खालका भाषा प्रयोग गर्न पाइने छैन ।
५. अन्य उम्मेदवार वा मतदाताहरूलाई होच्याउन वा बदनाम गर्न पाइने छैन ।
६. अरू उम्मेदवार वा मतदाताको बारेमा गलत जानकारी अभिव्यक्त गर्न वा प्रकाशन गर्न पाइने छैन ।
७. कुनै पनि स्थितिमा निर्वाचनको नतिजा बदल्ने अभिप्रायले शक्ति, सुविधा वा पदको दुरुपयोग गर्न पाइने छैन ।
८. निर्वाचनसम्बन्धी कुनै पनि जानकारी प्राप्त गर्नु पर्ने भएमा अनेसास निर्वाचन समितिको आाधिकारिक इमेल ठेगाना ष्लकि।भभिअतष्यलद्दण्द्दद्द२नmबष्।िअयm मार्फत्सम्पर्क गर्नु पर्नेछ । निर्वाचन समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा आएका प्रश्न वा जिज्ञासालाई सम्वोधन गरिने छैन ।
९. निर्वाचनसम्बन्धी अन्य परिस्थितिजन्य मामिला वा अवस्थाहरूको सिर्जना भएमा निर्वाचन समितिले छलफल गरी निणर्य गर्नेछ र सोनिणर्य अन्तिम निणर्य हुनेछ ।
भवदीय,
अनेसास निर्वाचन समिति २०२२