अनेसास चुनाव बारे महत्त्वपूर्ण जानकारी, अनुरोध र ध्यानाकर्षण !!
जुन 28, 2022
श्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सम्पूर्ण आजीवन सदस्य तथा यसमा आवद्ध च्याप्टरहरू,
बिषयः जानकारी र अनुरोध ।
नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, प्रवर्द्दन र विस्तारमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजअनेसास) का आजीवन सदस्यहरू तथा विश्वका विभिन्न देश तथा राज्यमा गठित/आबद्द रहेका यसका च्याप्टरहरूले पुर्याएको अतुलनीय योगदानको हामी सँधै सराहना गर्द । विभिन्न कार्यक्रम तथा गतिविधिको आयोजना गर्दै विश्वभर रहेका नेपालीहरूलाई भाषा र संस्कृतिको माध्यमबा६ एउ६ै सुत्रमा बाँध्ने यस कार्यप्रति हाम्रो सम्मान छ । तथापि, अनेसास केन्द्रीय कार्यसमितिकोआसन्न निर्वाचनलाई मध्यनजर गरेर यस निर्वाचन कार्यक्रम सम्पन्न नहुञ्जेलसम्म निर्वाचनलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित पार्ने खालका कुनै पनि गतिविधि तथा कार्यक्रम नगर्न तथा नगराउनु हुन सम्वद्द सबैमा अनेसास निर्वाचन समिति 2022 हार्दिक अपिल गर्दछ ।
पूर्वनिर्धारित कुनै साहित्यिक कार्यक्रम गर्नै पर्ने भएमा निर्वाचन समितिसँग परामर्श गर्नुहुन पनि अनुरोध छ । हाम्रो इमेल ठेगाना inls.election2022@gmail.com रहेको छ ।
निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने यस समितिको पहलमा सबैको साथ रहने कुरामा निर्वाचन समिति विश्वस्त छ। साथै, निर्वाचनलाई स्वच्छ, स्वस्थ र तटस्थ रूपमा सञ्चालन गर्न अनेसास निर्वाचन समितिले आफ्नो मताधिकार प्रयोग नगर्ने पनि स्वेच्छक रुपमा ३ोषणा गर्दछ ।
भवदीय,
अनेसास निर्वाचन समिति 2022