Member Login

Not a member? Please Apply for Membership

समबेदना

Web Editor

नेपाली साहित्य जगतमा लामो समयदेखि सेवा गर्दै आउनु भएकी नेपाली साहित्यकी नारीचुली राधिका रायको ८२ वर्षको उमेरमा हालै भारतको सिलिगुडीस्थित गेटवेल अस्पतालमा निधन भएको खबरले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्य समिति परिवार दुखित भएका छौं ।


रायका कविता, कथा, उपन्यास,निबन्ध,एकाङ्की गरी छ वटा कृति नेपाली भाषामा प्रकाशित छन् भने उनकै सम्पादनमा 'उषा'नामक साहित्यिक पत्रिका मलेसियाबाट प्रकाशन भएको थियो । शारदा पत्रिकामा लेखेर प्रसिद्धि कमाएकी राय २००६ सालदेखि राणा शासनको विरोधको मोर्चामा झापामा सक्रिय थिइन् । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले उनलाई एउटा विशेष समारोहमा सम्मान गरेका थिए । 'महाकवि देवकोटा शताब्दी सम्मान'बाट समेत सम्मानित राय नेपाल तथा भारतका कैयौ ठाँउबाट पुरस्कृत र सम्मानित भएकी साहित्यकारलाई नेपाली साहित्यले गुमाउनु पर्दा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्य समिति परिवार तथा नेपाली साहित्य प्रेमीहरुलाई मर्माहत तुल्याएको छ । दुखको यस घडीमा वहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै वहाँको आत्माको चीर शान्तिको कामना समेत गर्दछौं ।


(गीता खत्री)


अध्यक्ष,


अनेसास, केन्द्रिय कार्यसमिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus