INLS celebrated 199th Bhanu Jayanti in Florida
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह सम्पन्न

फ्लोरिडा जुलाई १६, २०१२, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को २१सौं वार्षिक साधारण सभा तथा १९९ औं भानु जयन्ती समारोह अमेरिका स्थित फ्लोरिडा राज्यको सुन्दर नगरी वेस्ट पाल्मबीचमा तिन दिने कार्यक्रम सहित यहि २०१२ जुलाई १३, १४ र १५ का दिन सुसम्पन्न भयो । कार्यक्रमको आयोजना अनेसास फ्लोरिडा च्याप्टरको सक्रियतामा भएको थियो | कार्यक्रमको पहिलो दिन (जुलाई १३) अनेसास, फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री कृष्ण श्रेष्ठको निवासमा
सबै आगन्तुकहरुको परिचय सहित कविता-बाचन कार्यक्रम सम्पन्न भयो | रात्रि भोज सहित आयोजित उक्त साहित्यिक गोष्ठीमा साहित्यकारहरु सुन्दर जोशी, गोबिन्द गिरि "प्रेरणा", ज्ञानेन्द्र गदाल, होमनाथ सुबेदी, गीता खत्री, चुडामणि खनाल, सिर्जना नेपाल, सुमित्रा जोशी, पदम बिश्वकर्मा, नारायण अधिकारि, तुलशी पराजुली, विद्या सुबेदी, गंगा लिगल, मुना पौडेल, प्रकाश नेपाल, सावित्री श्रेष्ठ लगायत स्थानीय कवि /कवयत्रीहरुले आ-आफ्नो रचना पाठ गर्नुभएको थियो | स्थानीय प्रहरी क्लबको हलमा सम्पन्न दोश्रो दिन (जुलाई १४) को कार्यक्रम तिन वटा भागमा बाडिएको थियो | प्रथम चरणमा दिउसो १:०० बजे देखि शुरु भएको अनेसासको २१ औं बार्षिक साधारण सभा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी र केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो | अनेसासका आजीवन सदस्य, बिभिन्न च्याप्टरका पदाधिकारीहरु, स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार आदिले भरिएको उक्त साधारण सभामा महासचिब गीता खत्रीले पेश गर्नुभएको बार्षिक प्रतिबेदन र अध्यक्ष ज्ञानेन्द्र गदालले पेश गर्नु भएको २०११-१२ को आर्थिक प्रतिबेदन पारित गरियो | कार्यक्रममा स्थानीय संघ-संस्थाका प्रतिनिधि, अनेसासका बिभिन्न च्याप्टर प्रतिनिधिहरुले कार्यक्रम सफलताको निम्ति शुभकामना सहित आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नुभएको थियो | सोहि कार्यक्रममा साहित्यकार गंगा लिगल द्वारा लिखित "भानुको सम्झनामा" नामक कविता संग्रह बिमोचन पनि गरियो |
फ्लोरिडा च्याप्टरका अध्यक्ष कृष्ण श्रेष्ठले संचालन गर्नुभएको उक्त २१ औं साधारण सभाको सभापतित्व अनेसासका अध्यक्ष श्री ज्ञानेन्द्र गदालले गर्नुभएको थियो | उपस्थित सदस्यहरुले अनेसासको बिबिध पक्षमा राखेको जिज्ञासाको यथोचित जवाफ संस्थापक सुबेदी तथा अध्यक्ष गदालले दिनुभएको थियो, अन्तमा अध्यक्ष ज्ञानेन्द्र गदालले आफ्नो कार्यकालको अन्तिम सम्बोधन प्रस्तुत गर्दै कार्यक्रमको विधिवत समापन गर्नुभयो |
Dinner पछि साँझ ६:०० बजे शुरु भएको दोश्रो चरणको कार्यक्रममा २०१०-१२ कार्यकालको बिभिन्न कार्यक्रमको जिम्मेवारी लिई सम्पन्न गर्ने संयोजकज्यूहरु, बिभिन्न समितिमा रही जिम्मेवारी पुरा गर्ने समितिका संयोजक एवं सदस्यज्यूहरुलाई अध्यक्ष ज्ञानेन्द्र गदालले धन्यबाद सहित प्रशंसापत्र प्रदान गर्नुभयो | यसरि प्रशंसापत्र पाउनेहरुमा देवकोटा जयन्ति संयोजक (२०१०) शरद निरौला, देबकोटा जयन्ति संयोजक (२०११) गीता खत्री, भानु जयन्ति तथा २० औं बार्षिक साधारण सभा, कोलोराडो संयोजक (२०११) पदम बिश्वकर्मा, भानु जयन्ति तथा २१ औं बार्षिक साधारण सभा, फ्लोरिडा संयोजक(२०१२) कृष्ण श्रेष्ठ, दोश्रो अन्तराष्ट्रिय साहित्य सम्मेलन, बेलायत संयोजक (२०११) जयालक्ष्मी राई, सिद्धिचरण जयन्ति, washington DC संयोजक(२०१२) प्रकाश नेपाल, बार्षिक साधारण सभा विशेषांकका लागि संयोजक(२०११,२०१२) गोबिन्द गिरि "प्रेरणा", तेश्रो NRN Global Conference का बेला अनेसास साहित्य महोत्सव, काठमाडौँ (२०११)का संयोजक राधेश्याम लेकाली, अनेसास आजीवन सदस्य अद्यावदिक समिति (२०११) का संयोजक राम खत्री, अनेसास बिधान संसोधन समिति (२०११)का सदस्यहरु भिम कार्की, सुन्दर जोशी, भारती गौतम तथा अनेसास निर्बाचन समिति (२०१२) का सदस्यहरु एच. बि. भण्डारी, बिमल नेपाल, धनीराम सापकोटा, प्रकाश पौडेल, उमा सुबेदी लगायत चुनाब पर्यबेक्षक समितिका सदस्यहरु डा. भीम कट्टेल, मोहन सिटौला र खेम भट्टचन आदि हुनुहुन्थ्यो | त्यसै गरि अध्यक्ष गदालद्वारा अनेसासका स्थानीय आजीवन सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरीयो |
धन्यबाद तथा प्रशंसापत्र वितरण पछि निर्बाचन आयुक्त धनीराम सापकोटाले निर्बाचन परिणाम घोषणागर्नुभयो |
कार्यक्रममा उपस्थित नव निर्बाचित पदाधिकारीहरु गीता खत्री (अध्यक्ष), डा.बिद्याराज सुबेदी (उपाध्यक्ष, अमेरिका), पदम बिश्वकर्मा (महासचिब) र नारायण अधिकारि (कोषाधक्ष) र skype मा उपस्थित बरिष्ठ उपाध्यक्षराधेश्याम
लेकाली, क्रिशु क्षेत्री(उपाध्यक्ष एसिया), बेदराज बस्नेत (सचिब) आदिलाई आयुक्त बिमल नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएपछी सबै पदाधिकारीहरुलाई पदीय प्रमाणपत्र समेत प्रदान गरियो | अध्यक्ष ज्ञानेन्द्रगदालले
नवनिर्वाचित अध्यक्ष गीता खत्रीलाई बधाई ज्ञापन गर्दै दोशल्ला ओढाई अनेसासको प्रतीकको रुपमा धातुको सरस्वतीको मुर्ति प्रदान गर्नु भयो भने नवनिर्बाचित अध्यक्ष खत्रीले श्री गदाललाइ अनेसासको हित चिताई सफलपूर्बक
कार्यकाल पूरा गरे बापत प्रशंसापत्र (Plaque) प्रदान गर्नुभयो |
साँझ ८:३० बजे शुरु भएको कार्यक्रमको तेश्रो चरणमा बिबिध सांस्कृतिक कार्यक्रम सहित कृष्ण श्रेष्ठद्वारालिखित
तथा निर्देशित भानु नाटक मन्चन गरिएको थियो | कार्यक्रममा स्थानीय कलाकारहरुको गायन, नृत्य प्रश्तुत गरिनुका साथै फ्लोरिडा च्याप्टरले संचालन गरेका नेपाली पाठशालाका विद्यार्थीहरुले राष्ट्रिय गान समेत प्रश्तुत गरेकाथिए |
अन्तमा नेपालका ख्यातिप्राप्त हास्यकलाकार मनोज गजुरेलबाट रोचक एवं विचारोत्तेजक हास्यव्यंग्य प्रस्तुतगरियो |
समारोहको तेश्रो र अन्तिम दिन (जुलाई १५ )सबै साहित्यकार हरुलाई बिभिन्न ठाउंहरुको दृश्यावलोकन गराउनुका साथै फ्लोरिडाको अर्को सुन्दर नगरी मायामीमा साहित्यिक भ्रमणका लागि लगियो | साहित्यिक भ्रमणमायामीमा
साहित्यकार ज्ञानेन्द्र गदाल, गोबिन्द गिरि प्रेरणा, गंगा लिगल, जनक लिगल, कृष्ण श्रेष्ठ, श्रीहरि श्रेष्ठ,धनीराम
सापकोटा, पदम बिश्वकर्मा, मुना पौडेल आदि सम्मिलित हुनुहुन्थो | सो भ्रमणका बेला सबैले आ-आफ्ना रचना पाठ गर्नुका साथै गीत तथा भजन समेत गएका थिए |




