INLS NSW chapter Reformed
अन्तरास्ट्रीय नेपाली साहित्य समाज एन एस डब्ल्यु च्याप्टर , अस्ट्रेलियाको यहि मे १२ तारिखका दिन सिड्नीको लिभरपूलमा बसेको साधारण सभाले च्याप्टरको नयाँ कार्य समितीको चयन सर्ब सम्मतले गरेको छ ।
जस अनुसार निम्न कार्य समिति गठन भएको छ ।
१) भिमसेन सापकोटा - अध्यक्ष
२ ) कुमार गिरी - उपाध्यक्ष
३) ॠषि आचार्य - उपाध्यक्ष
४) सानु घिमिरे - महासचिब
५) प्रदीप चापागाई - सचिब
६) महेन्द्र पौडेल - कोशाध्यक्ष
७। सुमित्रा बिष्ट - सह कोशाध्यक्ष
८) सुरेन्द्र दवाडी - सदस्य
९) अर्जुनमणी पौडेल - सदस्य
१० ) सन्जिब पाण्डे - सदस्य
११) देव पाठक - सदस्य
१२ ) सुरज देव श्रेष्ठ - सदस्य
१३ ) निरोज जोशी - सदस्य
साथै नयाँ कार्य कारिणीको सोहि दिन बसेको बैठकले निम्न निर्णय गरेको छ -
१. अन्तरास्ट्रिय नेपाली साहित्य समाज ,केन्द्रिय कार्य समितीको निर्वाचनको सम्बन्धमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्य समितीको आगामी जुनमा हुन गइरहेको केन्द्रिय निर्वाचनमा देखिएको बिभिन्न व्यक्तिहरुको उम्मेदवारीलाई प्रजातान्त्रिक अभ्यासको रुपमा लीइएको छ । तर अनेसास जस्तो गरिमामय संस्थाभित्र अध्यक्षका उम्मेदवारहरुले प्यानल नै खडा गरि निर्वाचनमा सहभागी हुन गरेको पहलको अनेसास एन एस डब्ल्यु च्याप्टर अस्ट्रेलिया घोर भत्सर्ना गर्छ र उम्मेदवारीको अन्तिम दिन सम्म पनि सर्बसम्मत ढंगबाट अघि बढ्न हार्दिक आवाहन गर्दछ साथै यसमा हाम्रो अथक प्रयास रहिरहनेछ । अत: अनेसास एन एस डब्ल्यु च्याप्टर अस्ट्रेलियाको नयाँ कार्य समितीको बसेको बैठकले अस्ट्रेलियाको तर्फबाट क्षेत्रीय उपाध्यक्ष्य पदमा कुनै प्यानलतर्फ नलागी स्वतन्त्र उम्मेद्वारी दिने निर्णय गरियो । अनेसास एन एस डब्ल्यु च्याप्टर अस्ट्रेलिया साहित्यीक संस्था भित्र भैरहेको गुटबन्दीलाइ निरुत्साहित गर्न चाहन्छ ।
साहित्यिक संस्थाभित्र बिशुद्द रुपमा साहित्यिक क्रियाकलाप गर्ने वातावरण हुन जरुरी छ , साथै आपसमा सदभाब र भाइचाराको विकास हुनु पर्छ न कि एकअर्काबिच आरोप प्रत्यारोप । अनेसास एन एस डब्ल्यु च्याप्टरको तर्फबाट दिइएको क्षेत्रीय उपाध्यक्ष पदको उम्मेद्वारी गुटबन्दी बिरुद्धको एकता हो ।अत: हामीलाई जित्नु र हार्नुसंग भन्दा पनि सदभाब र भाइचाराको संदेश महत्वपूर्ण लाग्छ ।
हाम्रो यस कदममा साथ दिनु हुन सम्पूर्ण साहित्यिक अग्रज व्यक्तित्वहरु साथै सम्पूर्ण अनेसासका सदस्य सर्जक साथीहरुलाई हार्दिक अपिल गर्दछौ ।



