election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बङ्गलादेशकी बलले जितिन् एक हजार डलर

Jul 16, 2021

 

गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा गैरआवासीय नेपाली युवाहरूबिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालदेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । प्रथम बन्दै उनले एक हजार अमेरिकी डलरको हात पारेकी छिन् ।

त्यसैगरी जापानका अभिनव गिरी द्वितीय हुँदै पाँचसय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीनसय डलरको तृतीय पुरस्कार जितेकी छिन् ।

अङ्ग्रेजी भाषाकाे कवितातर्फ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विजेता कविहरूलाई बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूले भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने र एनआरएनए र अनेसास लगायतका संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भयाे ।

विशिष्ट अतिथिका रूपमा कार्यक्रममा पूर्वकुलपति एवं मूल्याङ्कन समितिका प्रमुख बैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरूभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रष्टी सभापति गीता खत्री, वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन गरी शुभकामना दिनुभएकाे थियो ।

त्यस्तै, अतिथि कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवर्ध्दन पूजा (अमेरिका) र प्रवीणा बराल (जापान) ले कविता वाचन गर्नुभएकाे थियो ।

आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवं भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नुभएकाे थियो भने कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनुभएकाे थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना दिनुभएकाे थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नुभएकाे थियो ।

मूल्याङ्कन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौड्यालले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत कवि घोषणा गर्नुभएकाे थियो ।

साठी जना प्रतियोगीमध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।

Related News

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

Jan 7, 2024

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

Read More

(अनेसास दिवस आरम्भ वर्ष-२०२४) अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

Jan 13, 2024

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि  ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ वर्ष”का रुपमा मनाइएको हो ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.