election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

'अनेसास कविता महोत्सव'मा शरद पोखरेल प्रथम

Sep 24, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको 'अनेसास कविता प्रतियोगीता'मा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । ३०१ प्रतियोगी कविहरूका कवितालाई पछि पार्दै पोखरेको 'एउटा चराको सूसाइड नोट' शीर्षकको कविता प्रथम भएको हो ।

यसैगरी नेपालका कवि  शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का, अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् । प्रतियोगीतामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई-दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने डा. गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको बारेमा मन्तव्य राख्नुभएकाे थियो ।

अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा.डा. सावित्री मल्ल कक्षपती, डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पार्नुभएकाे थियो ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो ।

पुरस्कृत कविहरूलाई छिट्टै एउटा कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिने आयोजक समितिले जनाएको छ ।

अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो ।

Related News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | महासचिव प्रतिवेदनको

Jul 21, 2023

प्रतिवेदनको पूर्णपाठ:

Read More

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | पुरस्कृत नतिजा

Jul 21, 2023

पुरस्कृत नतिजाको घोषणाको पूर्ण विवरण:

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.