election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

काठमाडौँमा खुल्यो नेपाली साहित्यको डायस्पोरा केन्द्र

Jul 16, 2021

संसारभरि छरिएर रहेका नेपाली भाषाका साहित्यकार एवं साहित्य प्रेमीहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा केन्द्रीय सम्पर्क सचिवालयको स्थापना गरेको छ । नेपाली भाषा र साहित्यको प्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वभर छरिएको छ । जसको सदस्य सङ्ख्या दुई हजार दुई सयभन्दा बढी भएको बताइन्छ ।

काठमाडौँस्थित पुतलीसडक नजिकै रहेको उक्त सचिवालयले डायस्पोरा अध्यायन केन्द्र पनि सञ्चालन गर्ने भएको छ । उक्त डेस्कले विदेशमा बसेर लेखिएका नेपाली भाषाका साहित्यको खोज, अनुसन्धान एवं प्रकाशनको वातावरण तयार पार्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालय खोल्न केही वर्षदेखि लागिपरेका अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो कार्यकालमा उक्त काम भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । साहित्यपोस्टसँगको कुराकानीमा पौडेलले भन्नुभयो, ‘हामी अधिकांश आजीवन सदस्यहरु नेपालमै जरा गाडिएका साहित्यकारहरू छाैँ । संसारको जुनसुकै कुनामा भए पनि दुई चार वर्षमा नेपाल पुगेकै हुन्छौँ । तर नेपालमा आफ्नो औपचारिक सम्पर्क कार्यालय नहुँदा संस्था ठूलो भए पनि यसले धेरैखालको अप्ठ्यारो बेहोर्नुपरेको थियो । अब ती समस्या समाधान हुने भएका छन् ।’

पौडेलका अनुसार अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले विगतमा डायस्पोरा सम्पर्क डेस्कको रुपमा आफ्नो घर सौजन्यस्वरूप उपलब्ध गराउनु भएको थियो । यसका लागि उहाँले लेकालीलाई धन्यवाद व्यक्त गर्नुभएको छ । पौडेलका अनुसार केन्द्रीय सचिवालयमा कर्मचारीसहितको हेल्प डेस्क, डायस्पोरा डेस्क एवं समन्वय समिति रहनेछ । जसले केन्द्र र च्याप्टरका गतिविधिहरुलाई विधिसंवत ढङ्गले व्यवस्थापन गर्ने छ । साथै डायस्पोरिक साहित्य अध्ययन गर्नेहरुका लागि सुविधा पनि प्रदान गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना पाठ्यक्रमहरुमा डायस्पोरिक लेखनलाई पाठ्यक्रममा पनि समावेश गरेका कारण पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डायस्पोरिक लेखनको महत्त्व बढेको भन्दै त्यसको डेस्क स्थापना गरेको जनाएको छ ।

भानु जयन्तीका अवसरमा सचिवालयको उद्घाटन गर्दै प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय एवं डायस्पोरा डेस्क स्थापना हुनुले नेपाली माटोसँग विश्वभर छरिएर रहेका साहित्यकारलाई नेपालसँग अझै नजिक जोडेको बताउनु भयो । नेपाली भाषा र साहित्यमा अहोरात्र खटिरहेको संस्थाले पृथ्वीको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म जोडेको मात्र होइन, नेपाली साहित्यलाई सतत् अघि बढाइरहेकोमा प्रशंसा गर्नुभयो ।

अनेसासको सचिवालयले केन्द्र र च्याप्टरबीचको समन्वय, केन्द्र र ट्रस्टीबीचको अभिलेखीकरण, सूचना र समाचारको सम्प्रेषण तथा आजीवन सदस्यहरुको व्यवस्थित समन्यव गर्ने जनाएको छ ।

कार्यालय उद्घाटनका क्रममा निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले पहिले दुख गरेर आफ्नो घरमा राखेको सम्पर्क डेस्क व्यवस्थितरूपमा खुलेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यसको लागि व्यवस्थित प्रयास गर्ने नयाँ कार्यसमितिको कार्यप्रति पनि सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार एवं संस्थाका बोर्ड अफ ट्रस्टीका सदस्य महेश पौड्यालले संस्था खुलेको ३० वर्षसम्म व्यवस्थित कार्यालय नहुँदा भएका अप्ठ्याराहरु अब हटेर जानेमा खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यालय खुल्दा यसका शुभचिन्तक निकै खुसी भएको भन्दै थप अध्यायन र अनुसन्धानमा टेवा पुर्याउने हेतुले डायस्पोरा अध्यायन केन्द्र स्थापना गरेको जनाएको छ ।

त्यस्तै बोर्ड अफ ट्रष्टीका सल्लाहकार डा. खगेन्द्रप्रसाद लुइँटेलले कार्यालय स्थापनापछि संस्थाले अझै गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । जापानबाट प्रविधिमार्फत जोडिएका प्रकाश पौडेल माइलाले सबैको सहयोगमा अनेसासको सचिवालय एवं डायस्पोरा अध्यायन केन्द्र खुलेकोमा सम्बन्धित सबैमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोर्ड अफ ट्रस्टीको शुभकामना सन्देश सुमन वर्षाद्वारा पढेर सुनाइएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले राख्नु थियो भने कार्यक्रमको सञ्चालन नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले गर्नुभएको थियो ।

सचिवालय आजैदेखि सञ्चालमा आएको बताइएको छ । भर्चुअल माध्यमबाट केन्द्रीय पदाधिकारीहरु र विभिन्न च्याप्टरका अध्यक्ष र पदाधिकारीहरु जोडिनु भएको थियो ।

Related News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | महासचिव प्रतिवेदनको

Jul 21, 2023

प्रतिवेदनको पूर्णपाठ:

Read More

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | पुरस्कृत नतिजा

Jul 21, 2023

पुरस्कृत नतिजाको घोषणाको पूर्ण विवरण:

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.