election Updates

  • Conference
    • Participant Registration Form
    • All Participants

Lifetime member

Trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • Literature List
  • Single Literature
Author Profile

Raj Shrestha

{"city":"Greenford","state":"London","country":"UK","zip":"6"}

देवकोटा जयन्ति

  • Posted on: 9th November 26

  • Others

बेलायतमा देवकोटा जयन्ती भव्य
- राज श्रेष्ठ
लन्डन, ७ नोभेम्बर २०२६। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित शनिबार भव्य रूपमा सम्पन्न भएको छ। 

बेलायतबाट जुम प्रविधिमार्फत आयोजित समारोहमा नेपाल, जर्मनी, अमेरिका, बेल्जियमलगायत विभिन्न मुलुकहरूबाट करिब तीन दर्जन साहित्यकारहरूको उस्थिति रह्यो।

महाकवि देवकोटाकी नातिनी, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिलको प्रमुख आतिथ्यमा सम्पन्न समारोह महासचिव मञ्जु भण्डारी खरेलले संचालन गरेकी थिइन्।
 
खड्ग न्यौपाने (जर्मनी) द्वारा महाकवि देवकोटाको “ईश्वर! तैँले रचेर फेरि कसरी बिगारिस्?” भन्ने मुनामदनको अंश गायनबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो। 

कार्यक्रम संयोजक, अनेसासका युरोप महाद्वीपीय उपाध्यक्ष तथा अनेसास यूकेका निवर्तमान अध्यक्ष राज श्रेष्ठले महाकवि देवकोटाको चर्चित कविता ‘पागल’का केही पङ्क्तिहरू वाचन गर्दै स्वागत मन्तव्य राखेका थिए। 

विशिष्ट अतिथि, गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले देवकोटाको व्यक्तित्व र कृतित्वका बहुआयामिक पक्षबारे चर्चा गरे। 

अनेसासका केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदीले महाकविलाई नेपाली साहित्यका महामानवका रूपमा चित्रण गरे। 

नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेले  देवकोटाको अद्भुत साहित्यिक प्रतिभालाई स्मरण गर्दै उनलाई ‘लक्ष्मीप्रसाद’ मात्र नभई ज्ञान र सिर्जनाका दृष्टिले ‘सरस्वतीप्रसाद’का रूपमा समेत सम्झनुपर्ने धारणा राखे। 

बेलायतका वरिष्ठ साहित्यकार सुमलकुमार गुरुङले देवकोटाको छोटो तर बहुआयामीक सक्रिय जीवनयात्राको चर्चा गरे। 

महासचिव प्रा. यादव भट्टराईले महाकवि देवकोटाका कृतिहरूमाथि वर्षौँसम्म अनुसन्धान चलिरहने तथा उनी नेपाली कविता र निबन्धका सर्वोच्च प्रतिभा भएको विचार व्यक्त गरे। 

केन्द्रीय महासचिव राजु सिटौलाले देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै “एउटा पागलले धेरै पागलहरू खोजिरहेछ” शीर्षकको कविता वाचन गरेका थिए।

नेपाल प्रतिभा प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले देवकोटा जयन्ती मनाउनुका साथै साहित्य र कलाको दीर्घकालीन विकासका लागि स्रष्टाहरूको आर्थिक सुरक्षा तथा उनीहरूका सिर्जनाबाट आयआर्जनका अवसर सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गरे। उनले महाकवि देवकोटासँग सम्बन्धित “दाल भात डुकु” रचना पनि वाचन गरे।

नेपालबाट असफल गौतम, कोमल ओली, रामकाजी कोने, बिमल गिरी (बेल्जियम) साथै बेलायतबाट सेमन्त राई, मोहन जलद, प्रतिमा केसी, हरिसिंह थापा, शशिकला थापा सुब्बा, सुमल कुमार गुरुङ, सारा गुरुङले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए।

प्रमुख अतिथि मञ्जिला अनिलले देवकोटाले साहित्य, शिक्षा, संस्कृति तथा प्राज्ञिक क्षेत्रको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरिन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थागत विकास, त्रिभुवन विश्वविद्यालयको स्थापना प्रक्रियासँग सम्बन्धित योगदान तथा देवकोटाको बहुभाषिक ज्ञान र साहित्यिक क्षमताका विभिन्न पक्षमाथि उनले प्रकाश पारिन्।  

डा. रूपक श्रेष्ठले सहजीकरण गरेको अन्तरक्रियामा मञ्जिला अनिलले महाकविका महाकाव्य, खण्डकाव्य, कविता, कथा, उपन्यासलगायत विभिन्न विधामा प्रकाशित तथा अप्रकाशित सिर्जनाहरूबारे जानकारी दिइन्।

उनले देवकोटाका करिब ५० वटा कृति प्रकाशित तथा चार थान अप्रकाशित अवस्थामा रहेको चर्चा गर्दै तिनको वास्तविक अवस्था र सङ्ख्याबारे थप अध्ययन तथा खोज आवश्यक रहेको बताइन्। 

अन्तरक्रियामा उनले शून्यमा शून्यसरि बिलाएँ, कुन मन्दिरमा जान्छौ यात्री, पागल, मुनामदन तथा सुलोचना महाकाव्य उनलाई बढि मन परेका रचना भएका उल्लेख गरिन्।

सहजकर्ता डा. श्रेष्ठले बेलायतमा विलियम शेक्सपियरको घर हेर्न वार्षिक २५-३० लाख साहित्यिक पर्यटकको उदाहरण प्रस्तुत गर्दै महाकवि देवकोटाको ‘कविकुञ्ज’ को विकास अवधारणाबारे जिज्ञासा राखिएकोमा मञ्जिलाले काठमाडौँको मैतीदेवीस्थित देवकोटाले स्वआर्जन गरेको निवास ‘कविकुञ्ज’ को रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानको संरक्षणमा सङ्ग्रहालय स्थापित भएको बताउंदै देवकोटाको जन्मघर पनि संरक्षण गरि साहित्यिक सम्पदाका रुपमा संरक्षण गर्न सके अझ राम्रो हुने विचार व्यक्त गरिन्। 

अन्तरक्रियाले देवकोटाका अप्रकाशित कृतिहरूको खोज, अभिलेखीकरण, संरक्षण, अनुवाद तथा प्रकाशनका लागि सम्बन्धित निकाय र साहित्यिक संस्थाहरू बिच सहकार्यको आवश्यकता उजागर गरेको थियो।

सभाध्यक्ष माया गुरुङले प्रमुख अतिथि, विशिष्ट अतिथि, सहभागी साहित्यकारहरू तथा समारोह सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

Related Literatures

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसास निर्वाचन जुलाईमा हुने 2 years ago

Recent Literature

Author Profile
Punarutha 1 year ago Novel
Author Profile
उपहास 5 years ago Muktak
Author Profile
लत 5 years ago Muktak

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसास निर्वाचन जुलाईमा हुने 2 years ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.