बैठक - ५ को छलफलका विषय र निर्णयहरू
बैठक - ५ को छलफलका विषय र निर्णयहरू
मितिः १४ अगस्त २०२२,
अनेसास केन्द्रीय कार्य समितिको तेस्रो बैठक बसेको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |
समयःबिहान ८.१५ अमेरिकी पूर्वीय समय
नेपालः साँझ ६ बजे
एजेन्डाहरूः
२.अन्तर्दृष्टिको प्रधान सम्पादनसँग छलफल
३.बालसमितिको संयोजकसँग छलफल
३. अनेसास साहित्यिक अभ्यास कार्यक्रम संयोजकसँग छलफल
१. सल्लाहकार मनोनयन छलफल
४. बिबिध
निर्णयहरूः
१. अनेसासको केन्द्रीय सल्लाहकारमा
१. प्रकाश पौडेल माइला- निवर्तमान अध्यक्ष( जापान)
२.गोविन्द गिरी प्रेरणा - अमेरिका
३ प्रतिक ढकाल- नेपाल
४ भारती गौतम - अमेरिका
५ भीमसेन सापकोटा( आचार्य राजन) - अष्ट्रेलिया
६. डा. रुपक श्रेष्ठ- बेलायत
७. प्रा.डा.सावित्री मल्ल कक्षपती- नेपाल
लाई मनोनयन गर्ने निर्णय गरियो ।
२. बाल समितिका संयोजक डा. प्रकाश पौडेललाई केन्द्रीय कार्यसमितिमा स्वागत गर्दै आगामी दिनमा बाल समितिमार्फत गर्न सकिने कामकोबारेमा छलफल गरियो । यसका लागि महासचिव विमला निरौलासँग समन्वय गरेर अघि बढ्ने निर्णय गरियो ।
३. अन्तर्दृष्टिको प्रधान सम्पादन लालगोपाल सुवेदीलाई केन्द्रीय कार्यसमितिमा स्वागत गर्दै आगामी दिनमा सम्पादक मण्डललाई पूर्णता दिएर कार्य गर्न छलफल गरियो । यसकालागि सचिव दीप पाठकसँग समन्वय गरेर काम गर्ने निर्णय गरियो ।
४. अनेसास साहित्यिक अभ्यास पाठशालाका कार्यक्रम संयोजक कुसुम ज्ञवालीलाई केन्द्रीय कार्यसमितिमा स्वागत गर्दै आगामी दिनमा साहित्यिक अभ्यास चलाउनका लागि योजना बनाउने छलफल गरिनुका साथै अनेसास केन्द्का तर्फबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठसँग समन्वय गरेर कार्यक्रम अघि बढाउने निर्णय गरियो
५. बिबिध अन्तर्गत आजीवन सदस्यहरूको छुटेको नाम संकलन गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाउन कार्यसमितिका सबैले सहभागीता जनाउने निर्णय गरियो । साथै प्राज्ञिक समिति निर्माणका लागि नाम संकलन गर्ने प्रस्तावमा पनि छलफल गरियो ।
(आगामी बैठक २० अगस्ट , २०२२ , अमेरिकी पूर्वीय समय ८.१५ मा बस्ने निर्णय गरियो )