election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single
नवनिर्वाचित कार्य समिति (२०२०–२२) को सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्षको मन्तव्य

नवनिर्वाचित कार्य समिति (२०२०–२२) को सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्षको मन्तव्य

Jul 16, 2021

नवनिर्वाचित कार्य समिति (२०२०–२२) को सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश पाैडेल माइलाको मन्तव्य 

कोरोना भाइरसले विश्व नै आक्रान्त पारिरहेको बेला भएको निर्वाचनमा पनि सम्पूर्ण जोखिम मोलेर, आफ्ना व्यस्ततालाई थाँति राखेर निर्वाचनमा सहभागी भई नयाँ कार्य समिति चयन गरिदिनु हुने सम्पूर्ण आजीवन सदस्य मतदाताज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस जटिल प्रक्रियालाई सहज बनाएर निर्वाचन सम्पन्न गरिदिनु हुने निर्वाचन समितिका संयोजक तथा आयुक्तज्यूहरू, त्यसको सहजीकरण गरिदिनु हुने निवर्तमान कार्य समितिका अध्यक्ष र सम्पूर्ण पदाधिकारीज्यूहरू, बोर्ड आफ ट्रस्टी परिषद्का सल्लाहकार, अध्यक्ष र सम्पूर्ण पदाधिकारी र ट्रस्टी सदस्यज्यूहरू, अनेसासका तमाम शुभचिन्तकज्यूहरू सबै–सबैमा मेरो तथा मसँगै निर्वाचित भएर आउने नयाँ कार्य समिति (२०२०–२२) का सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

साथै, मसँग, निर्विरोध भएर अथवा चुनावी प्रक्रियामार्फत् निर्वाचित भएर आउनु हुने सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यज्यूहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु । मेरो नेतृत्वमा वर्तमान कार्य समिति एउटा चुनौतीपूर्ण समयमा कार्यक्षेत्रमा उत्रिएको छ । हाम्रा सामु दुई प्रकारका विशाल चुनौती खडा भएको महसुस गरेको छु, जुन चुनौतीहरू काम गरेर आफैँलाई सिद्ध गर्ने अवसर पनि हुन् । एकातिर हामीसँग अनेसासको एउटा विशाल र गौरवपूर्ण विरासत छ, जुन हाम्रा परिकल्पनाकार, संस्थापक अक्ष्यक्ष र पदाधिकारी हुँदै, त्यसपछि आउनेहुने अध्यक्ष र कार्य समिति तथा विश्वभरि रहनुहुने हाम्रा सदस्यज्यूहरूले धैर्य, कठोर परिश्रम, त्याग र समर्पणबाट निर्माण गरेर हामीलाई हस्तान्तरण गर्नुभएको हो । यी सम्पूर्ण कार्यले आज अनेसास एउटा विश्वव्यापी संस्था बनेको छ, नेपाली लेखकहरूलाई एकताबद्ध गर्ने एउटा साझा सूत्र बनेको छ र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि सबैभन्दा विश्वस्त माध्यम पनि बनेको छ । यस्तो अवस्थामा, यसको विरासतका उत्ताराधिकारी बनेर उभिन पाउनु मेरो नेतृत्वमा रहेको कार्य समितिका लागि एउटा विशाल गौरवको कुरा हो ।

आज हाम्रो सामु विद्यमान अर्को चुनौती भनेको कोरोना महामारीको हो । अहिले पनि सारा विश्व यस चुनौतीसँग लडिरहेको छ । अबको कति समय, महिना वा वर्ष यो स्थिति कायम रहन्छ, त्यो भन्न सकिँदैन । त्यसैले, आसन्न कार्यकालमा भ्रमण, सभा–समारोह, भौतिक बैठक वा गोष्ठी कति गर्न सकिने हो, त्यसमा अन्यौल छ । यो अर्को चुनौती हो ।

तर पनि, चुनौतीहरूलाई अवसरमा बदलेर काम गर्नुपर्ने समयमा हामी उभिएका छौँ । विश्वभरि छरिएर रहनुहुने नेपाली भाषासाहित्यप्रेमीले आज हामीलाई आशा र भरोसाका साथ हेरिरहनु भएको छ । यो बेला साहित्यले हाम्रा मनहरू जोड्न, नेपाली डायस्पोरालाई नेपाली भाषासाहित्यको आलोकबारे गौरवान्वित गराउन, हाम्रा बालबालिकालाई हाम्रो विरासतसँग परिचित गराउन र नेपाली साहित्यलाई विश्वबजारमा सम्मानजनक रूपमा पुया¥उनका लागि अनेसासले प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वास सबैमा जागेको छ । र, त्यो जिम्मेवारी हामीले हाम्रा काँधमा बोक्नुपर्ने समय आएको छ । प्राविधिक रूपमा अध्यक्षको नाताले मेरो नेतृत्व भए पनि यो हामी सबैको सामूहिक नेतृत्वको रूपमा मैले बुझेको छु । हामी कामलाई केन्द्रमा राखेर कुरालाई कम गर्छौं । अहिले चुनिएर आएको कार्य समितिमा मेरो पूर्ण विश्वास र भरोसा छ ।

अबको दुई वर्ष, वर्तमान कार्य समितिले निम्न केही प्रमुख कार्यहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ः

१.    हरेक ४ महिनामा संस्थाको आय–व्यय विवरण आजीवन सदस्यहरूमाझ सार्वजनिक गरिनेछ ।

२.    भएका च्याप्टरलाई व्यवस्थित र उचित समन्वय गर्दै नयाँ च्याप्टर विस्तारमा ध्यान दिइनेछ । दृष्टि, केन्द्र र च्याप्टरको बीचमा समन्वयमा विशेष ध्यान दिइनेछ ।

३.    नेपाल प्रज्ञा प्रतिष्ठान, गैर आवासीय नेपाली सङ्घलगायत भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासमा सक्रिय सङ्घ–संस्थाहरूसँगको सहकार्यलाई अझै मजबुत र दीर्घकालीन बनाउँदै लगिनेछ ।

४.    नेपाली कृतिहरूको अन्तर्राष्ट्रिय भाषामा अनुवाद र अन्तर्राष्ट्रियकरण प्रभावकारिताका साथ अगाडि बढाइनेछ । कम्तीमा पनि वर्षमा एउटा प्रतिनिधिमूलक कृतिलाई अनुवाद गराई प्रकाशन गरिनेछ ।

५.    नेपालमा संस्थाको सचिवालय कार्यालय स्थापना गरी दैनिक कार्य सञ्चालन गरिनेछ । साथै संस्थाको केन्द्रीय कार्यालय भवन निर्माणका लागि पहल गरिनेछ ।

६.    आधिकारिक वेवसाइट पुनः निर्माणको काम जारी रहेकोले यथाशीघ्र वेवसाइटको नयाँ रूप सार्वजनिक गरिनेछ । वेभसाइटमा सम्पूर्ण च्याप्टरलाई च्याप्टरको आकार र गतिविधि हेरेर आवश्यक स्पेस उपलब्ध गराइनेछ । संस्थाको समग्र इतिहासको तथ्याङ्क सङ्कलन गरी वेवसाइटमा उल्लेख गरिनेछ ।

७.    संस्थाको आधिकारिक सूचना र जानकारीहरू सामूहिक इमेलमार्फत् सम्पूर्ण आजीवन सदस्यहरूलाई नियमित पठाउने प्रविधिको विकास गरिनेछ ।

८.    हालै सम्पन्न निर्वाचनमा देखिएको प्राविधिक समस्या समाधान गर्नका लागि स्थायी प्रकृतिको आजीवन सदस्यता भेरिफिकेसन समिति गठन गरी समस्याको दीर्घकालीन समाधान खोजिनेछ ।

९.    संस्थाको प्रकाशनहरू ‘अन्तर्दृष्टि’, ‘अनेसास दर्पण’, रेडियो कार्यक्रमलाई निरन्तरता दिइनुको साथै अनेसास अनलाइन संवाद कार्यक्रमलाई पनि नियमित अगाडि बढाइनेछ ।

१०.    सातौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, चौथो अनेसास च्याप्टर सम्मेलन र चौथो अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना उपयुक्त स्थानमा गरिनेछ । विदेशी साहित्यकारसहितको विशेष सम्मेलन नेपालमा आयोजना गरिनेछ । परिस्थिति यत्तिकै प्रतिकूल रहेमा वैकल्पिक उपाय समेत अपनाइनेछ ।

११.    विभिन्न च्याप्टरहरूमा, विभिन्न विधाका सर्जकहरूको अभिमूखीकरण र प्रशिक्षणका लागि कार्यशाला गोष्ठीहरूको व्यवस्था गरिनेछ ।

१२.    अनेसासबाट प्रकाशित कृतिहरूको गुणस्तर वृद्धिका लागि, लेखकहरूलाई लेखन तथा सम्पादन सहयोगको व्यवस्था गरिनेछ ।

१३.    प्रतिभा भएर पनि नेपथ्यमा परेका नेपाली स्रस्टाहरूको पहिचान र प्रवद्र्धनका लागि विशेष पहल गरिनेछ ।

मलाई राम्ररी थाह छ, यी सबै उद्देश्यहरूको परिपूर्तिका लागि हामीलाई सम्पूर्ण सल्लाहकारज्यूहरू, बोर्ड अफ ट्रस्टी, च्याप्टर कार्य समिति, आजीवन सदस्यज्यूहरू तथा शुभचिन्तकज्यूहरूको सल्लाह, सुझाव र सहयोगको आवश्यकता पर्नेछ । हामीबीच घनीभूत समन्वय र सहकार्यको आवश्यकता पर्नेछ । ठूलो धनराशिको पनि आवश्यकता पर्ने छ, जसका लागि उदारभावले गरिने सहयोग जरुरी छ । चुनावको बेला हामी जता–जता, जुन–जुन उम्मेदवारसँग भएको भए पनि चुनाव सकिएर हामी कार्यक्षेत्रमा उत्रिएको आजको परिस्थितिमा हामी एकै परिवारका सदस्य हौँ र एकै उद्देश्यमा गाँसिएका छौँ । त्यसैले, कतै भएको भए मनको मलिनता, मानोमालिन्य र असमझदारी हटाएर, नेपाली भाषा साहित्यको उच्च आदर्शलाई मनन गरेर हामी एक हुनु जरुरी छ । त्यसै एकताबाट हामी हाम्रा उद्देश्य पूरा गर्न सफल पनि हुनेछौँ ।

धन्यवाद ।

Related Announcements

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

Mar 10, 2025 Read More

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

Dec 8, 2024 Read More

Central Executive Committee Election 2024 Result

Jul 10, 2024 Read More

Election update

Jul 8, 2024 Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.