अनेसासद्वारा ह्यारी भण्डारीलाई शुभकामना समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. ह्यारी भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ को राज्य विधायक सभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा भण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् ।
अनेसास मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्षसमेत रहेका अनेसासका आजीवन सदस्य भण्डारी नेपाली साहित्यमा एच.बी. भण्डारीका नामले कलम चलाउने गर्दछन् ।
अनेसासको ध्यानाकर्षण !!!
समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आएका केही असहज आवाजलाई सम्वोदन गरेको छ । केही दिन पहिले केही व्यक्तिहरूले अनेसासको आर्थिक पारदर्शिता र पूर्व पदाधिकारीहरू माथि लगाएको कपोलकल्पित आरोप पछि यो विज्ञप्ति आएको हो । विज्ञप्तिमा अनेसासलाई पारदर्शी बनाउन वर्तमान केन्द्रीय कार्यसमिति लागि परेको र केही जिज्ञासा भए सिधैँ सम्पर्क राख्न अनुरोध गरिएको छ ।
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ । कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो सार्वजनिक हो ।
अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा डिसी- भर्जिनिया, कोलोराडो, बोस्टन, न्यूह्यमसार, न्यूजर्सी, पेन्सिलभेनिया र न्यूयोर्कका साहित्यकार र साहित्यानुरागीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालबाट आएका साहित्यकार पवन आलोक, शशी थापा पण्डित, अमृत महर्जनलगायतको पनि सहभागिता रहेको थियो ।
अनेसास बोर्ड अफ ट्रस्टिजको निर्वाचन कार्यक्रम घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्डअफट्रस्टीज नयाँ कार्यसमितिको लागि निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन आयुक्त भीम कार्कीको संयोजनमा गठित निर्वाचन समितिद्वारा शुक्रवार जारी गरिएको निर्वाचन कार्यतालिका अनुसार १२ डिसेम्बरमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । जसअनुसार निर्वाचन प्रक्रिया १२ नोभेम्बरबाट सुरू भएर १४ डिसेम्बरमा परिणाम घोषणा पश्चात् समाप्त हुनेछ ।
Read More