अनेसासको उद्देश्यसँग सहमत हुने सबैका लागि आजीवन सदस्यता खुला छ । कुनै पनि इच्छुक व्यक्तिले आजीवन सदस्यताका लागि कुनै पनि च्याप्टरमा संस्थाको बेबसाइट अथवा कुनै पनि अनलाइन माध्यमबाट आवेदन दिन सक्ने छन् । सबै सक्रिय आजीवन सदस्यले एक पल्ट, अमेरिकामा भए १०० अमेरिकी डलर, र अन्यत्र भए सोही बराबरको रकम अनेससको सम्बन्धित च्याप्टरमा बुझाउनु पर्ने छ ।
सबै आजीवन सदस्यलाई स्वतः आआफ्नो स्थानीय च्याप्टरमार्फत् नै चिनिने छ । आजीवन सदस्यता सदस्यको जीवनभरिलाई मान्य हुने छ, तर यो एक व्यक्तिबाट अर्कोमा सार्न भने सकिने छैन । च्याप्टरहरूले आजीवन सदस्य बनाउका लागि स्थानीय स्तरबाट पहल गर्न सक्ने छन् । आजीवन सदस्यहरू अनेसासको कुनै पनि च्याप्टको अथवा केन्द्रको कार्यसमितिको चुनावमा उम्मेदवार हुन सक्छन् । स्थानीय च्याप्टरका पदाधिकारीको चुनावमा मतदान गर्नु, केन्द्रीय कार्यसमितिको चुनावमा मतदान गर्नु, केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा उम्मेदवारी दिन पाउनु, साथै केन्द्रीय अथवा स्थानीय च्याप्टरको कार्यसमितिमा मनोनित हुन पाउनु, च्याप्टर अथवा मुख्यालयको वार्षिक साधारण सभामा भाग लिन पाउनु तथा संस्थाको परिकल्पना, लक्ष्य र उद्देश्यलाई सक्रि यरूपमा अगाडि बढाउन पाउनु आजीवन सदस्यका हक, अधिकार र कर्तव्य हुन् ।