Member Login

Not a member? Please Apply for Membership

Poetry Festival By INLS NSW Chapter, Australia In Sydney (6/6/2011)

Web Editor



सिड्निमा भब्य कविता महोत्सव, अनेसासले फैलायो साहित्यको तरङ्ग
 
         अस्ट्रेलियामा छरिएर रहेका कवि, लेखक तथा साहित्य प्रेमिहरूको विशाल उपस्थितिका विच सिड्निमा एक भब्य र ऐतिहासिक  कविता महोत्सव सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाज, एनएस्डब्लु च्याप्टर अस्ट्रेलियाको आयोजनामा पहिलो  पटक आयोजित सो महोत्सवमा अस्ट्रेलियका सबै स्टेट ब्रिसबेन, मेल्बर्न, डार्विन, एडेलेड, क्विन्स्ल्याण्ड, पर्थ लगायतका नेपाली सर्जकहरूको प्रत्यक्ष्य तथा अप्रत्यक्ष सहभागीता रहेको थियो। सो महोत्सवमा गद्द्य र पद्द्य सबै खाले कविताहरू र हास्य, करुण रसका गजलहरू प्रस्तुत गरिएका थिए । आयोजकका अनुसार नयाँ र पुराना सबै प्रतिभालाई समेटिएको सो महोत्सवमा ४५ भन्दा बढी सिर्जना वाचन गरिएका थिए।

 
कविता छनौट:
      विश्व भिडियो वेव क्याम्प नेपाली कविताकाका लागि पनि सो महोत्सवले अस्ट्रेलिया एनएस्डब्लुको तर्फबाट एक कविता छ्नौट गरेको छ। जसमा प्रतियोगी कविताहरु  मध्येको सुधा किरण कंडेल सापकोटाको "मलाई मृत्यु उपहार देउ" नामको कविता छनौटमा परेको छ। देशको वर्तमान परिवेश शान्ति र निकास को बारेमा लेखिएको सो कविता अस्ट्रेलियाबाट विश्व वेभ क्याम्प कविता सम्मेलनमा सहभागी हुनेछ । 
कार्यक्रममा विशेष अतिथिका रुपमा निम्त्याइनु  भएका  अनेसास अस्ट्रेलियाका संरक्षक दिपक विष्टले विश्वका अन्य अनेसास  च्याप्टहरू भन्दा एनएस्डब्लुको उत्साह अत्यन्त प्रशंसनीय भएको उल्लेख गर्दै नेपाली भाषा र साहित्यको प्रवासमा विस्तार गर्ने पुनित कार्यले अस्ट्रेलियामा अनेसासको स्थापना भएको बताउनु भयो। उंहाले एनएस्डब्लुमा नव गठित अनेसास समुहलाई औपचारिक रुपमा घोषणा गर्दै यो जागरुक युवा साहित्यकर्मि समुहलाई साथ दिनु नेपाली भाषालाई सघाउनु हो भन्नु भयो। यसै गरि एनएस्डब्लुका नेपाली महावाणिज्य दुत दिपक खड्काले लुकेर बसेका प्रतिभाहरुलाई अनेसासले स्थान दिएकोमा आफु भाव विभोर भएको बताउंदै साहित्य मार्फत नेपालको पर्यटन समेत विकास गर्न सकिने  बताउनु भयो। यस्तै नेपाली  समुदायका तर्फबाट ईन्द्रा  वनले सिडनिमा आफुहरूले यस्तो प्रतिभा देखेकोमा साह्रै खुशि लागेको  बताउंदै अनेसासलाई अघि बड्न आफ्नो प्रेरणा रहेको बताउनु भयो । जीवनकै  पहिलो कविता लेख्नलाई अनेसासले आफुलाई घच्घच्याएको बताउंदै एनआरएन आइ.सि.सि. का युथ कोअर्डिनेटर भवानी ओलीले कविता मार्फत नै  नवगठित अनेसास परिवारलाई बधाई तथा शुभकामना दिनु भयो।      
        यस्तै आदिवासि जनजाती मन्च अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङले यो कविता महोत्सव भाषिक युद्दका लागि एउटा साकारात्मक आन्दोलन भएको बताउदै  अनेसासले यो आन्दोलनलाई साथ दिएकोमा यसमा आफुहरूको ऐक्यबद्दता रहेको बताउनु भयो। कार्यक्रममा सभाध्यक्ष तथा अनेसास एनएस्डब्लुका अध्यक्ष भीमसेन सापकोटाले प्रवासमा नेपाली भाषाको प्रवर्द्दन गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै साहित्य देशको परिचय भएकाले यसको स्थायी र  प्रभावी सम्वर्द्दनका लागि हातेमलो गर्न सबैलाई अपिल गर्नु भयो। समाजका उपाध्यक्ष्य ॠषि आचार्यले संस्था गठनको औचित्यता माथि प्रकाश पार्दै प्रवासमा महोत्सव साहित्य बिकास अभियान मध्एकै एक  भएकाले यस अभियानमा लामबद्द रहन अनुरोध गर्नुभयो। अर्का उपाध्यक्ष कुमार गिरिले सिर्जनाको छहारिमा सबैलाई स्वागत छ भन्दै साहित्यको जगेर्ना मा साथ दिने सबै हातहरूलाई धन्यवाद दिनु भयो। । सँस्थाको महासचिव सानु घिमिरे र सचिव प्रदिप चापागाई आकर्षक तवरले रमाइला शब्द गुछाहरूको अनवरत श्रिङ्गखला पस्कँदै सन्चालन गरेको सो समारोहमा कविता छनौट निर्णायक समितिका सम्योजक तथा समाजका सद्स्य महेन्द्र पौडेलले कविताहरू विच प्रतिस्पर्धा हुन नसक्ने  भएपनि मुश्किलले एक छनौटमा पारीएको बताउनु भयो। उंहाले प्राप्त सिर्जनको स्तर अत्यन्तै उचाइका रहेको बताउनु  भयो। छनोट समितिका अन्य सद्स्य हरूमा समाजका उपाध्यक्ष्य कुमार गिरी, सद्स्य अर्जुन मणि पौड्याल, नेपाली टाइम्सका सम्पादक  सुजित  सिग्देल, कला सँस्क्रिति तथा साहित्य प्रतिस्ठानकी अध्यक्ष्य जानकी  पौड्याल रहनु भएको थियो। सो महोत्सवमा  कवि निस्प्रव सजीले आफ्नो कृति परिचय गरौंउदै रोचक सिर्जना प्रस्तुत गर्नु भएको थियो। गजलकार हरू सुरज देव श्रेष्ठ, देवदाष पाठक, लेखक  नेपाली टाइम्सका मुख्य सम्पादक डिल्लीराम  ढकाल, एन  आर एन अस्ट्रेलियाका सचिव महेन्द्र वली  लगायत  दर्जनौ सर्जकहरू, भुटानी समुदायबाट आएका रचनाहरू, तमाङ र शेर्पा लागायत  विविध भाषाका कविताहरू कार्यक्रमलाई थप उत्साह थपेको थियो।
 
      कार्यक्रममा नेपाली कला-सांस्कृतिक तथा साहित्य प्रतिस्ठानका तर्फबाट आएका सिर्जनाहरु सहित अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल, साहित्यकार मुकुन्द शरण पौडेलको शुभकामना शन्देश समेत बाचन गरियो | जीवनमै पहिलो पटक  कविता लेख्नेहरुको सम्मान जनक र रोचक सहभागीता, वाल कलाकार सुकृति आचार्यबाट शुरु भएको राष्ट्रिय गान, आजसम्म नसमेटिएका नव प्रतिभाहरूको नविन प्रस्तुतिहरू हल भरिएर खचाखच हुँदा उभिएर पनि आगन्तुकहरूको  कविता सुन्ने धैर्यता, महोत्सवका रोचक पाटो  थिए । यस्तै दमदार रचना  प्रस्तुत गर्नेहरूमा  भीमसेन सापकोटा, कुमार गिरी सुरेन्द्र, दवाडी, ऋषि आचार्य,  सुजित सिग्देल, प्रदिप चापागाइ,  जानकी पौडेल, सानु घिमिरे, सन्जिव पाण्डे, सानु निरौला, सुम्रित्रा विस्ट, ज्वाला विस्ट, हेमन्त आचार्य, गोमा आचार्य, विकास उप्रेती, प्रेम सापकोटा, स्वप्निल लगायत दर्जनौ तथा, मेल्वर्नबाट दिपेश चौलागाइ, पुर्णिमा सन्जेल  तथा अन्यका रचनाले  मन्चलाई हसाएको र रुवाएको थियो। कार्यक्रममा प्रस्तुत अधिकाम्श रचनाहरू नेपालप्रतिको माया र ब्यङ्यका भावहरुसँग समर्पित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus