Member Login

Not a member? Please Apply for Membership

New Insight Published (6/3/2011)

Web Editor

New Insight Published (6/3/2011)

अनेसासको अन्तर्दृष्टि नयां अंक बजारमा


काठमाडौं जेष्ठ २० २०६८


      अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक प्रकाशन अन्तर्दृष्टिको बर्ष १९ अंक १ पूर्णांक ३५  बजारमा आएको छ । प्रवासमा रहेका नेपाली लेखक लेखिकाहरुको अधिकतम रचनाहरु समेटी निकालिएको यस अंकको विमोचन आज जून ३ २०११ तदनुसार जेष्ठ २० २०६८ का दिन अनेसास नेपाल च्याप्टरको आयोजनामा गरियो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचार मन्त्रालयका सचिव श्रीधर गौतमले प्रकाशित पत्रिका अन्तर्दृष्टिको विमोचन गर्नुभएको थियो । समारोहमा प्रा.डा. सुष्मा आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रकाशित अन्तर्दृष्टिको बारेमा गुन्जनकी अध्यक्ष गीताकेशरी र साहित्यकार युवराज नयाँघरेले बोल्नुभएको थियो ।


       कार्यक्रमको सभापतित्व समेत गर्नुभएका अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं अन्तर्दृष्टिका प्रधान सम्पादक राधेश्याम लेकालीले अनेसासको संक्षिप्त चर्चा गर्दै नेपाली भाषा साहित्यलाई विश्वभर फैलाउने सहायकको रुपमा प्रकाशित यस अन्तर्दृष्टिको वितरणमा अनेसासले भोग्नु परेको कठिनाइलाई विचार गरी सरकारी तवरबाट यसको ढुवानीमा केही सहुलियतका लागि विचार गरिदिनु हुन समेत प्रमुख अतिथिसमक्ष आग्रह गर्नुभयो ।
 
       वरिष्ठ साहित्यकारहरु पत्रकारहरु र विभिन्न नेपाली साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमको संचालन बाबा बस्नेतले गर्नुभएको थियो ।


       स्मरण रहोस् अनेसासको केन्द्रीय नेतृत्वमा गदाल समूह आएपछि अन्तर्दृष्टिको यो पहिलो प्रकाशन हो ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus