Condolences To Govinda Bhatta
साहित्यकार एवं पत्रकार गोविन्द भट्टप्रति हार्दिक श्रद्धान्जली
नेपाली साहित्यका बरिष्ठ साहित्यकार एवं पत्रकार गोविन्द भट्टको यहि अक्टोबर १३, २०११ बिहिबारका दिन निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ | भट्टको निधनबाट नेपाली साहित्य एवं पत्रकारिता जगतमा अपुरणीय क्षति भएको सर्बत्र महशुस गरिएको छ | यो अवस्थाप्रति गम्भीर भै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार सो घटनाप्रति गहिरो शोक प्रकट गर्दछ । यस दुखद घडीमा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै स्व. भट्टको आत्माको चिर-शान्तिको कामना समेत गर्दछौं |
ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रिय कार्यसमिति
एवं सम्पूर्ण अनेसास परिवार



