Member Login

Not a member? Please Apply for Membership

साहित्यिक प्रतियोगितामा सहभागि हुनु हुन हार्दिक अनुरोध

Web Editor



नेपालीज एसोसियसन्स इन साउथ इस्ट अमेरिका (NASeA ) एसोसियसन्स अफ नेपालीज इन मिड वेष्ट अमेरिका (ANMA ) को औं संयुक्त सम्मेलन (9th Joint Convention ) मा हुने प्रतिस्प्रधात्मक  बाल तथा बयस्क साहित्यिक प्रतियोगितामा सहभागि हुनु हुन हार्दिक अनुरोध



आगामी अगस्ट ३० देखी सेप्टेम्बर १ सम्म साउथ क्यारोलिनामा हुन गईरहेको NASeA र ANMA को ९ औं संयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, NASeA र ANMA को त्रिपक्षिय सम्झौता बमोजिम प्रत्येक बर्ष प्रतिस्प्रधात्मक साहित्यिक प्रतियोगिता सन्चालन भईरहेको ब्यहोरा यहाँहरु सबैलाई अबगतै छ ।



बिस्वको जुनसुकै ठाउँमा रहे पनि हाम्रो मातृ भाषा, मातृ संस्कृति र मातृ साहित्यलाई कहिल्यै पनि बिर्सन नसकिने तथ्यलाई मनन गर्दै हरेक बर्ष हुने यस्तो साहित्यिक प्रतियोगितामा धेरै भन्दा धेरै स्रस्टाहरुको सहभागीता हुने अपेक्ष्या गरिएको छ । आफ्नो मनोभावनालाई शब्दमा परिणत गरी कागज वा कम्युटरको स्क्रिनमा लेखनासाथ कुनै न कुनै किसिमको साहित्य बन्न जाने यथार्थलाई स्मरण गराउदैं यस पटक यहाँहरु सबै नै सो प्रतियोगितामा सहभागि हुनु हुन हार्दिक अनुरोध गर्दछु ।



आफ्नो रचना बाचन गर्ने तर प्रतियोगितामा सहभागि नहुने स्रस्टाहरुलाई र आफु उपस्थित हुन नसक्ने भए पनि रचना पठाउने स्रस्टाहरुलाई अप्रतियोगी रचना भनेर पनि समाबेश गराईने ब्यहोरा जानकारी गराउन चाहन्छु ।



यस बर्ष पहिलो पटक माध्यामिक स्तर सम्मका (upto High School
Students) स्रस्टाहरुलाई " बाल साहित्यिक प्रतियोगिता " र सो भन्दा माथिका स्रस्टाहरुलाई  " बयस्क साहित्यिक प्रतियोगिता " गरी दुई वटा छुट्टाछुट्टै प्रतियोगिता सन्चालन गरिने थप जानकारी पनि गराउन चाहन्छु । सबै अभिभाबक ज्यु हरुलाई आ आफ्नो बालबालिकाहरुलाई
सो प्रतियोगिताको बारेमा जानकारी गराई सहभागि हुनको लागि बिशेष प्रोत्साहान गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछु ।



सो प्रतियोगितामा सहभागि हुन आबस्यक पर्ने बिस्तृत जानकारी
निम्न बमोजिम रहेको छ:-



" बयस्क साहित्यिक प्रतियोगिता" को लागि



१. रचना नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ |

२. रचना कुनै पनि शिर्षकमा लेख्न सकिनेछ |



३. प्रतियोगितामा सामेल हुनकालागि कवि स्वयं उपस्थित भई आफ्नो रचना बाचन गर्नुपर्नेछ |



४. प्रतियोगी रचनाहरु पूर्व प्रतियोगितामा भाग नलिएको र पूर्व प्रकाशित नभएको हुनु पर्नेछ ।



५. पुरस्कृत स्रस्टाहरुलाई नगद पुरस्कार (प्रथम: ३००.०० डलर, दोश्रा: २००.०० डलर, तेश्रा: १००.०० डलर सहित 



सहभागि सबै स्रस्टाहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ |



 " बाल साहित्यिक प्रतियोगिता " को लागि



१.
रचना नेपाली भाषामा लेखिएको हुनु पर्नेछ।



२.
रचना कुनै पनि बिषयमा लेख्न सकिने छ ।



३.
शब्द संख्याको कुनै बन्देज राखिएको छैन ।



४.
प्रतियोगी बाल स्रस्टाले आँफै उपस्थित भई आफ्नो रचना बाचन गर्नु पर्नेछ ।



५.
बिजयी
बाल स्रस्टाहरुलाई बिशेष पुरस्कार र सहभागि सबै बाल स्रस्टाहरुलाई अन्य पुरस्कार
प्रदान गरिने छ ।



नोट :-



·        
आफ्नो
प्रतियोगी वा अप्रतियोगी रचना मिती २५ अगस्ट आईतबार
,२०१३ को मध्य रात भित्र बिद्धुतिय माध्याम वा हुलाक मार्फत
निम्न ठेगानामा पठाउनु पर्नेछ।





Email: - literarycompetition2013@gmail.com



Postal Address:-



Literary Competition 2013,



c/o Krishna Shrestha,



1514 Patrick Way, Greenacres, Florida – 33413





·        
पारदर्सिता र निस्पक्षता लाई अझ संकाबिहिन
बनाउन सो प्रतियोगिताको लागि ३ सदस्यिय निर्णायक मण्डलको चयन कार्यक्रम स्थलमै
गरिनेछ ।







भबदिय,





कृष्ण श्रेष्ठ



संयोजक



साहित्यिक प्रतियोगिता समिती



९ औं NASeA र ANMA को संयुक्त सम्मेलन



 



Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus