Member Login

Not a member? Please Apply for Membership

प्रेस विज्ञप्ति

Web Editor

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१२— १४ कार्यकालका लागि मनोनित गर्नु पर्ने तीन जना केन्द्रीय सदस्यहरु, अन्तर्दृष्टि साहित्यिक पत्रिकाको लागि प्रधान सम्पादक र सल्लाहकारहरुको नियुक्ति हालै सम्पन्न केन्द्रीय कार्यसमितिको पृ्र्ण बैठकमा निर्णय भएको ।

मनोनित गरिएका केन्द्रीय सदस्यहरुमा सर्बश्री भगवती बस्नेत- इजरायल, कुसुम ज्ञवाली – क्यानडा र प्रकाश पौडेल माइला- जापान हुनुहुन्छ भने अन्तर्दृष्टि साहित्यिक पत्रिकाको प्रधान सम्पादकमा श्री रामानुज न्यौपाने- म्यानमार हुनु हुन्छ । त्यसैगरि सल्लाहकारहरुमा डा. तारानाथ शर्मा- नेपाल, श्री लिलाबहादुर क्षेत्री - भारत, डा. खगेन्द्र लुइंटेल- नेपाल, श्री खगेन्द्र नेपाली-बेलायत, डा. श्याम कार्की -अमेरिका, श्रीमती गीता केशरी- नेपाल र श्री दुबसु क्षेत्री- जापान रहनु भएको छ । त्यसैगरि कार्यकारी सम्पादकमा श्रीमती सन्ध्या पहाडी, नेपाल र सम्पादकमा श्री शिब लामीछाने, न्यृ्योर्कलाई मनोनित गरिएको छ ।

मनोनित गरिनु भएका सबै जना केन्द्रीय सदस्यहरु, सल्लाहकाररु र प्रधान सम्पादक लगायत सम्पादक मण्डल विगत लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि आफ्नो अमृ्ल्य समय दिदै आउनु भएका साहित्यिक स्रष्टाहरु हुनुहुन्छ । उहाँहरुको योगदानले अनेसासको नेपाली भाषा र साहित्यको विश्वविस्तार अभियानमा ठृ्लो मद्दत पुग्ने आशा केन्द्रीय कार्यसमितिले लिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus