Member Login

Not a member? Please Apply for Membership

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानु द्वीशतवार्षिकी भव्यताकासाथ मनाउने

Padam Bishwokarma


प्रेस बिज्ञप्ति



आदिकवि भानुभक्त आचार्यको दुइसयौं जन्म जयन्तीको अबसरमा अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज (अनेसास) ले विश्वभरी नै
विभिन्न कार्यक्रमहरुको आयोजना गरि भानु द्वीशतबार्शिकी भव्यताकासाथ मनाउने निर्णय
गरेको छ । उक्त निर्णय अनेसासको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण
बैठकमा गरिएको हो । उक्त कार्यक्रम विश्वभरी नै भब्यताकासाथ आयोजना गर्न समितिले
केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती गीता खत्रीको संयोजाकत्वमा १०१ सदस्यिय भानु द्वीशतवार्षिकी मूल समारोह
समिति
गठन गरेको छ । उक्त मूलसमारोह समितिमा केन्द्रीय कार्यसमितिका सबै
पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सल्लाहकारहरु, बोर्ड अफ ट्रस्टीका सबै
पदाधिकारीहरु, केन्द्रीय कार्य समितिका पूर्व अध्यक्षहरु, सबै चाप्टरहरुका वर्तमान
अध्यक्षहरु, अनेसासलाई सहयोग गर्दै आउनु भएका शुभाचिन्तकहरु रहनु भएको छ ।  

उक्त अबसरमा भानु बर्ष २०१३ भरिनै सभा, सम्मेलन, कबि गोष्ठी, “डायस्पोरमा भानु” शिर्षकमा पुस्तक प्रकाशन, भानुको शालिक निर्माण, भानुसम्बन्धी प्रदर्शनी, साहित्यकारहरुको सम्मान आदि कार्यक्रमहरु विश्वभरी नै आयोजना गरि विशेष रुपमा मनाउने निर्णय गरिएको छ ।   



Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus