गीतकार तथा कवि श्री बसन्त चौधरीको इ—पुस्तक मेघा लोकार्पण तथा सम्मान
यही
अगष्ट १२, २०१२ आइतबारका दिन गीतकार तथा कवि श्री
बसन्त चौधरीको भरखरै प्रकाशित इ—पुस्तक
मेघाको लोकार्पण तथा सम्मान समारोह अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रले न्यृ्योर्कमा आयोजना गर्यो ।
उक्त कार्यक्रम न्यृ्योर्क शहर स्थित Marco
Polo Curises को Jewel
Cruise मा सम्पन्न
भएको थियो । उक्त पानीजहाजले एक सय पच्चिसजना नेपाली साहित्यकार तथा साहित्य
प्रेमी दाजुभाई दिदिबहिनीहरुलाई लिएर एटलाण्टिक महासागरको पृ्र्बीतटमा हेलिएको
थियो । गगनचुम्बी न्यृ्योर्क शहरलाई पानीजहाजले बिस्तारै परिक्रमा गरिरहेको थियो
भने जहाजभित्र नेपाली साहित्यकारहरु कवि श्री बसन्त चौधरीको इ—पुस्तक मेघाको लोकार्पण गर्दै उहांले
नेपाली भाषा, साहित्यमा पुर्याउनु भएको योगदानको कदर
गर्दै सम्मान गरिरहेको थियो । यो कार्यक्रम आफैंमा ऐतिहासिक महत्व बढाइरहेको थियो
।
मध्यान्न
१२ बजेबाट शुरु भएको कार्यक्रम दिउंसो तीन बजे आफेउबसकिएको थियो । कार्यक्रमको
सभापति अनेसास केन्द्रीय कार्यसमितिको अध्यक्ष श्रीमती गीता खत्रीले गर्नु भएको
थियो भने कार्यक्रमको उद्घाटन संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी
प्रतिनिधि महामहिम श्री ज्ञानचन्द्र आचार्यले दीप प्रज्जोलन गरेर गर्नु भएको थियो
। कार्यक्रममा भाग लिनको लागि भर्जिनियाबाट अनेसासका संस्थापक अध्यक्ष र बोर्ड अफ
ट्रष्टीका अध्यक्ष श्री होमनाथ सुबेदी, मेरिल्याण्डबाट
अनेसास बोर्ड अफ ट्रष्टी सीता पाण्डे, भर्जिनियाबाट
केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष श्री नारापयण अधिकारी, वाशिङटन डि.सीबाट अनेसास डि.सी
च्याप्टरका अध्यक्ष श्री प्रकाश नेपाल तथा अन्य कवि तथा साहित्यकारहरु आउनु भएको
थियो ।
अनेसास
न्यृ्योर्क च्याप्टरकी अध्यक्ष श्रीमती पुनम काफ्लेले कार्यक्रममा उपस्थित
पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो भने अनेसास न्यृ्योर्क च्याप्टरकी सदस्य शमा
वाग्लेले मन्चमा आसिन विशिष्ट पाहुनाहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
त्यसपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा वरिष्ठ कलाकार श्री
हरिबहादुर थापाले कवि बसन्त चौधरीको जीवनको संक्षिप्त चर्चा प्रस्तुत गर्नु भएको
थियो । यसको लगतै ई—बुक मेघाको लोकार्पण प्रमुख अतिथि
महामहिम श्री ज्ञानचन्द्र आचार्यले गर्नु भयो ।
लोर्कापण
पश्चात गीतकार तथा कवि श्री बसन्त चौधरीको सम्मान गरियो । यसपछि स्रष्टा एबं कवि
श्री बसन्त चौधरीले आआफ्नो पुस्तक सृजनाका सम्बन्धमा कविको भावना कसरी र कुनबेलामा
कागजमा उत्रिन्छन् भनेर पुस्तकभित्रको एउटा कविता सुनाएर सबै स्रोताहरुलाई भावविभोर
बनाईदिनु भयो । उक्त पुस्तकको टिकाटिप्पणी साहित्यकार श्री होमनाथ सुबेदीले गर्नु
भएको थियो ।
कवि
बसन्त चौधरीलाई शुभकामना मन्तव्य दिनेहरुमा अनेसास डि.सी च्याप्टरको अध्यक्ष श्री
प्रकाश नेपाल, अनेसास बोर्ड अफ ट्रष्टी सीता पाण्डे, नेपाली रिजउड नेपाली सोसाइटीका
उपाध्यक्ष श्री रवि कोइराला, कलामन्च
न्यृ्योर्कका अध्यक्ष श्री रामराज क्षेत्री, नेपाली
साहित्य प्रतिष्ठानका महासचिव श्री हेमन्त श्रेष्ठ, स्रष्टा समाजका महासचिव श्री पवन आलोक, तथा प्रा श्री पशुपति बन्जाडे हुनुहुन्थ्यो ।
त्यसपछि
प्रमुख अतिथि महामहिम श्री ज्ञानचन्द्र आचार्यले विदेशमा बसेर पनि नेपाली भाषा
साहित्यको लागि अनेसासले बिगत केही दशकदेखि खेलिरहेको भृ्मिको ठृ्लो प्रशंसा गर्नु
हुंदै कवि श्री बसन्त चौधरीलाई बधाई दिनु भएको थियो । अन्तमा कार्यक्रमकी सभापति
श्रीमती गीता खत्रीले सम्पृ्र्ण पाहुनाहरुलाई धन्यवाद दिदैं सभा विसर्जन भएको
घोषणा सुनाउनु भएको थियो ।
उपस्थित
सबै साहित्यकारहरुलाई सरप्राइज दिंदै कबि श्री बसन्त चौधरीको इ―बुक मेघाकै आकार र रङको मीठो केक पनि
काटिएको थियो । दिवाभोज सकिएपछि कविता बाचनको कार्यक्रम सम्पन्न भयो । कविता बाचन
गर्नेहरुमा श्री कपिल सिटौला भर्जिनिया, श्री
प्रकाश नेपाल वाशिङटन डि.सी, श्री
पशुपति बन्जाडे, श्रीमती भुवनेश्वरी बन्जाडे, तथा श्री कृष्ण भुसाल आदि हुनुहुन्थ्यो
।
कार्यक्रमको
संचालन रेडियो कर्मी श्री सहदेव पौडेल तथा कवि श्री नारायण अधिकारीले गर्नु भएको
थियो ।



