Member Login

Not a member? Please Apply for Membership

Inauguration of Nepali School in Jacksonville, Florida

Padam Bishwokarma

प्रेस बिज्ञप्ती



 अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टर



ज्याक्सन्भिलमा नेपाली पाठशालाको समुद्घाटन



अन्तरराष्ट्रिय नेपाली साहित्य
समाज, फ्लोरिडा च्याप्टर द्वारा फ्लोरिडा राज्यको अती फराकिलो तथा सुन्दर शहर ज्याक्सन्भिलमा
नेपाली पाठशालाको समुद्घाटन कार्यक्रम मिती ०३ जुन २०१२ मा सम्पन्न भयो ।अनेसास, फ्लोरिडा
च्याप्टरका ज्याक्सन्भिल क्षेत्रका क्षेत्रिय उपाध्यक्ष श्री पूर्णमान श्रेष्ठको बिशेष
पहल र सकृयता  तथा स्थानिय बाल बालिका र अभिभाबकहरुको
चाहनामा सो कार्यक्रम सम्पन्न भएको हो ।



पाठशालाको माध्यमबाट हाम्रो मातृभाषा,
साहित्य, संकृति, परम्परा, रितीरिवाज जस्ता आफ्नोपन जोगाउन र नयाँ पिंढिमा  निरन्तरता दिन अती प्रभाबकारी भएको तथ्य यस भन्दा
अगाडि फ्लोरिडा राज्यको अन्य ४ वटा महानगरमा सन्चालित पाठशालाहरुबाट पुस्टी भइरहेको
छ । अब अनेसास, फ्लोरिडा च्याप्टर अन्तर्गत वेष्ट पाल्म बिच, मायामी, ट्याम्पा, ओर्ल्याण्डो
र ज्याक्सन्भिल समेत गरी पाँचवटा पाठशालाहरु सन्चालित हुनेछन । अनेसास, फ्लोरिडा च्याप्टरको
बर्तमान कार्यसमिती (२०११-१३) ले आफ्नो पहिलो कार्यकारीणी बैठकमा पुरै कार्यकालको प्रस्तावित
कार्यक्रमको रेखाङ्कन गर्दा २ वटा नयाँ पाठशालाहरु खोल्ने तर्फ पहल गरिने छ भनिएकोमा
हाम्रो च्याप्टरको स्थानिय कार्यसमिती पदाधिकारीहरुको  बिशेष पहल, सकृयता र सबै स्थानिय अभिभाबक तथा शुभचिन्तकहरुको
इच्छा र सहयोगले सो प्रस्तावित कार्यक्रमले  पूर्णता पाएको अबगत गराउन पाउँदा  च्याप्टरको तर्फ बाट आफुलाई गर्ब लागेको जानकारी
गराउन चाहन्छु ।



हाल ११ जना बालबालिकाहरु उपस्थित
रहने सो पाठशालाको पानसमा बत्ती बाली सरस्वतीको पूजा अर्चना गरी द्वय आमाहरु    श्रीमती जमुना श्रेष्ठ र श्रीमती  कृष्ण कुमारी  अधिकारिले संयुक्तरुपमा उद्घाटन  गर्नु भयो ।ज्याक्सन्भिल पाठशालामा हाल दर्ता भएका विद्यार्थीहरु यस प्रकार छन ।



१. अभानी अधिकारि, २. पटुल न्यौपाने, ३. सोनाली शाक्य, ४. समिरण शाक्य, ५. सुरज आचार्य, ६. प्रज्वल श्रेष्ठ, 

७. प्रजेश श्रेष्ठ, ८. जेसिका पाण्डे, ९. आकाश मानन्धर, १०. आर्जन अधिकारि, ११. अर्पण न्यौपाने



अनेसास, फ्लोरिडा च्याप्टरको अध्यक्ष
श्री कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा  अनेसास, फ्लोरिडा च्याप्टरको पूर्व कार्यसमितीका
सदस्य श्रीमती मिना शाक्यले सन्चालन गर्नुभएको थियो । सो कार्यक्रममा ज्याक्सन्भिल
क्षेत्रका क्षेत्रिय उपाध्यक्ष श्री पूर्णमान श्रेष्ठले स्वागत मन्तब्य दिनु भएको थियो
। नेपाली राष्ट्रिय गान र सरस्वती बन्दना पनि सो पाठशालाका बालबालीकाहरुले प्रस्तुत
गरेका थिए ।  सो कार्यक्रममा भिक्षु सुमनकिट्टीले
मानब सुख शान्तीको लागि गौतम बुद्धका सिद्दान्त र ज्ञान प्राप्त गर्न सके  जिबन सुखमयी र आनन्दित हुने जानकारी गराउनु भयो
। बिदेसमा रहे पनि आआफ्नो मन मा घर बनाउन सके मातृ राष्ट्रको तृस्णाबाट पनि हलुका हुन
सकिने अनुभब सुनाउनु भयो  । बाल बालिकाहरुलाई
अङ्रेजी भाषामा एकाग्र ध्यानमा कसरी बस्नेबारे उदाहरण पनि देखाउनु भयो ।अभिभाबकको तर्फबाट
मन्तब्य दिने क्रममा श्री बाबुराम अधिकारिले यस्ता पाठशाला खोल्ने कार्य अतीनै पुनित
कार्य भएको र यस्ले हाम्रो आफ्नै भाषा साहित्य मात्र नभई मातृ संस्कृति रहन सहनको सम्रक्षण
गर्न पनि सार्थकता हुने कुरा बताउनुभयो । उहाले आफु पनि स्वमसेबकिय हिसाबले सहयोग गर्न
तयार भएको र सकिन्छ भने पाठशालाको कक्ष्या साप्ताहिक हिसाबले जान सके अती राम्रो हुने
बताउनु भयो । ज्याक्सन्भिल क्षेत्रका सामाजिक अग्रज डा धर्म आचार्यले पाठशालाको माध्यामबाट
हाम्रो आफ्नो मातृपन जोगाउन र निरन्तरता दिन अती सजिलो हुने र अब यसलाई हुर्काएर लान
हामी सबै स्थानिय अभिभाबकहरुले सहयोग गर्नुपर्ने बताउदै यो शुभ कार्यको लागि अनेसास,
फ्लोरिडा च्याप्टर लाई हार्दिक धन्यवाद दिनु भयो । ओर्ल्याण्डो पाठशालाका सम्योजक श्री
हरी ॐ प्रधानले आफ्नो पाठशाला क्षेत्रको अनुभब सुनाउदै हामी सबैलाई नेपाली भाषा अती
प्यारो भएको अकाट्य सत्यलाई दोहोर्यौदै यो पाठशालालाई बालबालिका हुनेहरुले मात्र नभै
सबैले सहयोग गर्नुहुने आशा ब्यक्त गर्नुभयो । आफ्नो क्षेत्रमा यो पुरै बर्ष अबिछिन्न
रुपमा सबै अभिभाबक तथा बाल बालिकाहरुको उच्च जांगर र सहभागीता बाट सन्चालन भएको बताउनु
भयो ।सो कार्यक्रममा वेष्ट पाल्म बिच पाठशालाका छात्र स्वच्छन्द श्रेष्ठले सो पाठशालासँग
सम्बन्धित आफ्नो अनुभब सुनाए र पाठशालामा लेख्ने पढ्ने मात्र नभई नेपाली चाडबाड, नेपाली
पोशाक , सस्कृतिको बारेमा जान्न पाइने र नेपाली साथीहरु पनि बनाउन पाइने कुरा आफुलाई
अती मन परेको बताए ।अनेसास, च्याप्टर अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले अनेसास , फ्लोरिडा
च्याप्टर को मुख्य लक्ष्य भनेको नै आफ्नो मातृ भाषा, साहित्य, सस्कृति , रहन सहन, भेषभुषा,
कला, संगीतको सम्रक्षण तथा निरन्रतरता दिदै  अन्तत्वगोता नेपाल र नेपालीको नाम उच्च राख्नु हो
भन्नु भयो । नेपाली पाठशाला यि सबै लक्ष्य हरु प्राप्त गर्न निकै सहयोगी बन्न सक्नेमा
आफु बिस्वस्त हुँदै यसरी सबैको चाहना बमोजिम ज्याक्सन्भिलमा पनि पाठशाला खोल्ने शुभ
कार्य हुन सकेकोमा सबै बालबालिका , अभिभाबक र सम्पूर्ण स्थानिय शुभ चिन्तकहरुलाई समेत
धन्यवाद टक्रयाउनु भयो ।यसरी आगामी दिनहरुमा पनि यो पाठशाला सन्चालनको लागि यहाँहरुको
निकट सहयोग हुने कुरामा आफु बिस्वस्त हुनु भएको बताउनु भयो ।



कार्यक्रमको  अन्त्यमा श्री सुर्य शाक्यले उपस्थित सबै बालबालिका,
अभिभाबक र अनेसास , फ्लोरिडा च्याप्टरका अध्यक्ष लागायत सबै कार्यकारीणी समितीका मित्र
हरुलाई हार्दिक धन्यवाद टक्याउनु भयो र यो क्षेत्र मा आफु पनि आफ्नो बाल बालिका सहित
अभिभाबकको रुपमा यो पुनित कार्यमा संलग्न हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो । अन्त्यमा
कार्यक्रम सन्चालिका श्रीमती मिना शाक्यले पनि ओर्ल्यान्डो पाठशालाको अनुभब सुनौउदै
उहाँ र वेष्ट पाल्म बिच पाठशालाकि गुरु आमा सुनिता श्रेष्ठले यो पाठशालाको पहिलो कक्ष्या
सरस्वती माताको आकृतिमा रङ भर्ने कार्यबाट सन्चालन गर्नु भयो ।



च्याप्टर अध्यक्ष कृष्ण श्रेष्ठले च्याप्टरको तर्फ
बाट सुभारम्भ रकम भनी अमेरिकि १०१ डलरको चेक सो पाठशालाका सम्योजक श्री पूर्णमान श्रेष्ठ
लाई हस्तान्तरण गर्नु भयो । उपस्थित सबै अभिभाबकहरुले पनि सो पाठशालाको लागि सहयोग
स्वरुप केही रकम संकलन गराउनु भयो ।बाल बालिकाहरुलाई कार्यक्रम को अन्त्यमा अभिभाबकको
तर्फ बाट श्रीमती कोपिला आचार्यले सम्झना स्वरुप सौगात टक्र्याउनु भयो । धन्यवाद



भबदिय, 



कृष्ण श्रेष्ठ



अध्यक्ष, अनेसास, फ्लोरिडा च्याप्टर



०४ जुन १२



 



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus