Notice for correction information of INLS life members individually.
अनेसासका आदरणीय सदस्य महानुभावज्यूहरु;अनेसासद्वारा गठित आजीवन सदस्य Update Committee द्वारा Update गरि पेश गरेको र त्यसपश्चात विधिवत हालसम्म दर्ता भएका समेत आजीवन सदस्यहरुको नामावली प्रकाशन गरिएको छ | http://www.inls.org/inls-final-list.pdf
सबैलाई जानकारी दिई छुटपुट भएका र केहि गल्ति भएकोमा सच्याउने (बिशेषगरि नाम र Email address ) मौकाको लागि यो नामावली प्रकाशन गरिएको हो | अनेसासको सदस्यताहरु लामो समय (२० बर्ष) देखिको हुनाले र सच्याउन पाउने मौका सहित सार्बजनिक रुपमा प्रकाशन गरिएको यो पहिलो चोटी भएकाले केहि छुटेका पनि हुन सक्छन र Email address परिबर्तन या गल्ति समेत भएका हुन सक्छन | तसर्थ List मा आफ्नो नाम Check गरि कहीं गल्ति देखिए, भेटिएमा यहि May 16, 2012 बुधबार भित्रमा निम्न प्रक्रिया पुर्याएर पेश गर्नु होला | समय भित्र प्राप्त हून आएका सबै गल्तीहरुलाई सच्याई १८ तारिक भन्दा अगावै निर्बाचन समितिलाई अन्तिम मतदाता नामावली तयार पारि बुझाइने छ |
Correction का लागि Report गर्दा पुर्याउनु पर्ने प्रक्रिया:
१. लिस्टमा Email Address गल्ति भएको या इमेल नै प्राप्त नभएका सदस्यहरुले आफ्नो सहि इमेल पठाउनु होला | यसरि Report गर्दा सदस्य स्वयंले नै Report गर्नु पर्नेछ | कसैका निम्ति अरुले गरेको रिपोर्ट मान्य हुनेछैन | (यो ONLINE VOTING भएकाले Email ID बिना कसैले पनि भोट हाल्न पाइनेछैन तसर्थ गल्ति भएका Email सच्याउन र नभएकोमा उपलब्ध गराउन अनिबार्य छ )
२. सकेसम्म कुनै सदस्य हरुको नाम नछुटोस भन्ने हेतुले यो list तयार पार्न खोजिएको छ, कसैको छुटेको भएमा आफ्नो नाम खुल्ने परिचयपत्रको scanned कपी सहित कहिले, कुन मितिमा सदस्यता लिएको हो खुलाई, अन्य दुइ जना आजीवन सदस्यबाट प्रमाणित गराई सदस्य स्वयंले पेश गर्नुपर्नेछ | कसैका निम्ति अरुले गरेको रिपोर्ट मान्य हुनेछैन |
उक्त report गर्दा Email द्वारा निम्न संयुक्त ठेगानामा May 16 सम्ममा पठाई सक्नुपर्ने छ | म्याद नाघी प्राप्त भएका रिपोर्ट प्रति कुनै कारबाही अघि बढाईने छैन |
पठाउने ठेगाना:
Gyanendra Gadal: gadalg@gmail.com
Krishna Bajgai (Sr. VP): bajgaikrishna@yahoo.com
Gita Khatri (G. Secretary): gitakhatri@gmail.com
Hari Manandhar (Secretary): hari_mdr@yahoo.com
सबैको समान सहभागितासहित स्वच्छ, निष्पक्ष र स्वतंत्र रुपमा निर्वाचन सम्पन्न गराऊन सबैको सहयोगको हार्दिक अपेक्षा गरिएको छ |
धन्याबाद,
ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास |




