Message from Outgoing President Gyanendra Gadal

उपस्थित विद्धान तथा विदुषिहरु ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को यस २१ औं साधारण सभालाई कार्यक्रमको अध्यक्षको हैसियतले सम्बोधन गर्न पाउँदा आज मलाई गर्वको अनुभूति भैरहेको छ । प्रवासमा रहे बसेका नेपाली मन र मुटुलाई आफ्नो माटोप्रति संधै आकर्षित गराउने, नेपाली भाषा साहित्यको मध्यमबाट नेपालीहरुको जातिय र राष्ट्रिय पहिचानको निम्ति दुइ दशक अघिदेखि क्रियाशील अन्तरष्ट्रिय नेपाली साहित्य समाज समयको विभिन्न आरोह अवरोहलाई झेल्दै आजको यो अवस्थामा आइपुगेको छ । स्थापनाकाल देखि आजसम्म यसले पाएको नेतृत्व र सबै आप्रवासी नेपाली समुदायको माया एवं सद्भावको प्रतिफल आज यो संस्था विश्वव्यापी रुपमा फैलिन सफल भएको छ । यसै सन्दर्भमा विगत १०–१२ वर्षदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासंग सम्बन्ध रही यसका विभिन्न निकायहरुमा बसेर मैले पनि नेपाली भाषा साहित्यको उन्ननयका लागि अलिकति भएपनि सेवा गर्ने सुअवसर पाएको छु, यसले मलाई खुशी समेत तुल्याएको छ
। यसै सन्दर्भमा सन् २००३ मा अनेसासकै प्रथम च्याप्टरको रुपमा स्थापित कोलोराडो च्याप्टरको संस्थापक रही अध्यक्षका रुपमा २०१० सम्म कार्य गरी केन्द्रीय कार्यसमितिको नेतृतवदायी भूमिकामा सन् २०१०–२०१२ का लागि मैले आफूलाई समर्पण गरें | आज यो अवधि पनि पूरा भै निर्वाचन प्रक्रियाबाट आएको नँया नेतृत्वलाई यो जिम्मेबावरी हस्तान्तरण गर्न पाउँदा गौरवको अनुभूतिका साथ आत्मिय सन्तुष्टि समेत मिलेको छ । आफूलाई हेकी हल्का महसुस भैरहेको छ ।
गत २०१० को निर्वाचनमा केन्द्रीय कार्यसमितिको दुइ वर्षे कार्यकाल सम्हालेका हामीले यो संस्थालाई नैतिक, सामाजिक र भौतिक रुपले माथि उठाउन र विश्व भरिका नेपालीहरुको साझा मन्चका रुपमा यसलाई स्थापित गर्न आफ्नो बल, बुद्धि र विवेकले भ्याएसम्म प्रयत्न गर्यौं, जसमा हामीले केही हदसम्म सफलता प्राप्त गरेका छौं र केही प्रक्रियामा छन्, आगामी नेतृत्वले पूरा गर्नुपर्ने शिलशिलामा:
१) विगत लामो समयदेखि अनेसासमा केन्द्रीय कार्यसमिति संस्थाको उच्च निकाय मानिएता पनि विधानतः र ब्यबहारमा समेत केन्द्रिय कार्यसमिति बलियो हुन दिइएको थिएन | यसका बिबिध कारणहरु मध्ये संस्थापन पक्ष संस्थामाथि निरन्तर हावी भैरहने र केन्द्रीय पदाधिकारीहरुले यसलाई पार गर्न नसक्नु नै मुख्य समस्या रहेको थियो । यस मामलामा हामीले एक कठिन खुड्किला पार गरेका छौं । कडा परिश्रम र मेहनतका साथ केन्द्रीय कार्यसमितिमा निहित अधिकारको सुरक्षा गरि यसलाई ब्यबहारिक रुपमा मात्रै भए पनि केहि शक्तिशाली रुपमा क्रियाशील तुल्याउन सक्षम भएका छौं । संस्थाको स्थायी कोष (BOT ले संचालन गर्ने बाहेक) अन्य आर्थिक पक्ष केन्द्रीय केन्द्रीयको मातहतमा संचालन हुने परिपाटी कायम गरिएको छ ।
२) विश्वव्यापी रुपमा फैलिएको यसका च्याप्टरहरु र केन्द्रसंग कुनै आत्मीय एवं कार्यगत सम्बन्ध र सामन्जस्यता समेत नभएको अवस्थामा विश्वव्यापी भनिएको यसको संजालको अर्थ सान्दर्भिक नहुने देखिएकाले यसलाई सुदृढ र सुनिश्चित गर्न सबै च्पाप्टरहरुसंगको सम्बन्धलाई विकास गर्ने प्रयत्न गर्यौं । जसको फलस्वरुप संस्थाको बार्षिक साधारणसभा वाशिंगटन डिसीको क्षेत्र बाहिर हरेक वर्ष विभिन्न ठाउँमा गर्ने निर्णय अनुरुप २०औं साधारणसभा कोलोराडोमा मनाइएको र २१औं सभा आज फ्लोरिडामा मनाइंदैछ । यसैलाई टेवा पुग्ने अर्को कार्यक्रम एउटा वेभक्याम्प कवि गोष्ठी समेत २०११ मा गरियो जसले चयाप्टर र केन्द्रबीचको सम्बन्धलाई केही नजिक पनि तुल्याएको छ ।
३) संस्थालाई पारदर्शि र लोकप्रिय बनाउन विधानमा हाल विद्यमान अप्ठेराहरुलाई सहज पारी संस्थाको व्यापकतामा बल पुर्याउने उद्देश्य अनुरुप विधान संशोधन गर्न एक अनेसास बिधान संसोधन समिति-२०११ गठन गरियो । अनेसाससंग आवद्ध विश्वभरिका सदस्य महानुभावहरुसंगको राय सल्लाह र सुझावको आधारमा तयार पारी उक्त संशोधन समितिले दिएको विधान संशोधन सुझाव संस्थाभित्र रहेका केही गलत प्रवृत्तिका मानिसका विरोधका कारण पारित भै लागू हुन नसक्नु संस्थाको निम्ति एक दुखद पक्ष मानेको छु मैले | अनेसास लाई साच्चिकै सार्बजनिक संस्था बनाउने हो भने बिधान संसोधन गर्नुको विकल्प नै छैन तसर्थ यस कार्यलाई आगामी कार्यत्रकालमा गंभीरताका साथ नयाँ कार्यसमितिले अघि बढाउने छ र यसलाई सार्थक टुंगोमा पुर्याउनेछ भन्ने विश्वास लिएको छु ।
४) यसका अलावा, यस अवधिमा संस्थाले गरेका काम र यसका प्रगतिका बारेमा वर्तमान महासचिवको प्रगति प्रतिवेदनमा प्रस्तुत गरि सकेका छौं ।
५) आर्थिक पारदर्शिता नभै संस्थामा विश्वासको बातावरण धमिलिने हुनाले यसका हरेक आर्थिक क्रियाकलाप प्रष्टरुपमा सार्वजनिक हुनु जरुरी छ । हाम्रो कार्यकालमा भएका आर्थिक क्रियाकलापको सबै हिसाब किताव हरेक वार्षिक साधारण सभामा प्रष्ट पार्ने प्रावधान अनुरुप २०१०-२०११ को हिसाव किताव गत वर्ष २०औं साधारण सभामा प्रस्तुत गरिएको र यस वर्षको आर्थिक विवरण आज यस गरिमामय २१औं साधारण सभामा प्रस्तुत गरिएको छ । यस अवधिका सबै आर्थिक क्रियाकलापलाई विधिवत लेखापरीक्षण गराई चाँडैं सार्वजनिक गरिने समेत जानकारी गराउको छु ।
६) संस्थाको वेभसाईटलाई आधुनिक रुपले परिमार्जन गरि आकर्षक र व्यवस्थित समेत तुल्याइएको छ ।
७) संस्थाभित्र बसेर संस्थाकै खिलापमा केहि पदाधिकारीहरु सक्रिय देखिएकोले संस्थाभित्र अनुशासनहिनता बढदै गएको र भविष्यमा यसले अझ बिकराल रुप लिन समेत सक्ने देखिएकोले यस्तो अनुशासन हिनतालाई नियन्त्रण गर्न कार्यकालको अन्तमा केहि पदाधिकारीहरुलाई कारबाही गर्ने जस्ता केही ठोस निर्णय गरी यस्ता काम कार्वाही नियन्त्रण गर्ने काम भएको छ । तत्काल यो निर्णय अप्रिय लागे पनि यसले संस्थाको उन्नति र विकासमा अनुशासन कायम गरी अघि बढ्न मद्धत पुग्ने कुरामा हामी विश्वस्त छौं ।
यी माथिका कामहरुको अलावा यस अवधिमा हाम्रो क्षमता र विवेकले भ्याएसम्म अनेसासको हितमा अन्य धेरै कामहरु समेत सम्पन्न भएका छन्, जसको लेखा जोखा र उचित मुल्यांकन भविष्यमा आवश्य हुनेनै छ ।
नयाँ कार्यसमितिले निरन्तरता दिनुपर्ने केहि महत्वपूर्ण काम हरु निम्न रहेका छन्:
विभिन्न परिस्थिति र कारणहरुले संस्थाको उन्नती र विकासमा अत्यन्तै जरुरी केही कामहरुको थालनी गरिएता पनि पूरा हुन नसकेको कुरा यथार्थ छ यसलाई आगामी कार्यकालमा तदारुकताका साथ पूरा गर्नका लागि नयाँकार्यसमितिलाई सुझावको रुपमा छाडिएको छु |
१) २००८-२०१० कार्यकालको तत्कालिन कोषाध्यक्ष कमला प्रसाईंले आफ्नो जिम्मा रहेको संस्थाको हिसाव किताव हालसम्म नबुझाएको, सो हिसाबकिताब बुझाउन निजलाई बारबार ताकेता समेत गरिएको भएता पनि बिभिन्न बहाना गर्दै आलटाल गरी हालसम्म पनि सो हिसाब-किताव नबुझाएको अवस्था छ साथै अनेसासको नाममा सिटी बैंकमा रहेको उक्त बैंक खाता संस्थाको अनुमति बिना बन्द गरिएको देखिएको छ । अतः नीज कमला प्रसांईसंग हिसाब किताव फर्स्योट लिई संस्थाको खाता व्यक्तिगत रुपमा बन्द गराएको कारण समेत पत्ता लगाई संस्थाको आर्थिक कारोबारलाई चुस्त राख्नु अत्यन्त जरुरी छ ।
२) हरेक दुइवर्षमा हुने संस्थाको चुनावका बेला केही गलत मानिसहरुले चुनाब हारिसकेपछि मच्चाउने गरेको उदण्डताका कारण संस्थाको साखमा नै नकरात्मक असर पार्दै आएकोले संस्थाभित्र कुनै न कुनै हैसियतमा रही संस्थाकै बदनाम गराउने कार्यकलापमा संलग्न हुनु ज्यादै अशोभनीय देखिएको छ । यसलाई नियन्त्रण गरी संस्थाभित्र अनुशासन कायम गर्नका लागि एक अनुशासन समितिको गठन गर्नुपर्ने र सो समितिको सुझावअनुसार आवश्यक कारबाही अघि बढाउनु पर्ने अत्यन्त जरुरी छ ।
३) विधान संशोधन कार्यलाई अवरुद्ध हुन नदिई यसलाई सार्थक टुंगोमा पुर्याउन अत्यन्तै जरुरी छ । वर्तमान विधान संशोधन समितिले दिएको सुझावमाथि आवश्यक छलफलका साथ् विधान संशोधन कार्यलाई टुंगो लगाउन सकिएन भने संस्थाको प्रगतिमा रोक लाग्ने कुरा निश्चित छ, यसमा गम्भिर हुनु अत्यन्तै जरुरी छ ।
अन्तमा, नयाँ कार्यसमितिका विभिन्न पदहरुमा विजयी भै कार्यभार सम्हाल्नु हुने सबै पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै वहाँहरुको सफल कार्यकालको निम्ति शुभकामना समेत दिन चाहन्छु ।
हाम्रो कार्यकाल सफल पार्न हरेक क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद समेत अर्पण गर्दछु ।
ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास
जुलाई १४, २०१२ अनेसासको २१ औं बार्षिक साधारण सभास्थल, वेस्ट पाल्म-बिच, फ्लोरिडा |
Message from President

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का सर्जक समादरणीय संस्थापक तथा ट्रष्टीज्यूहरु, विभिन्न हिसावले गोडमेल गर्ने आजीवन मालीहरु, साहित्यिक स्रष्टा तथा द्रष्टा व्यक्तित्वहरु, साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु तथा अनेसासका सम्पूर्ण मित्रहरु !More
Highlights
INLS Social Network
- Youtube
Donation/Special Fund
-
There is no upcomming Events
Past Events
Announcement


