अनेसास एसिया क्षेत्रीय समिति गठन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरूबिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको छ ।
केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा गठित उक्त समितिको सहसंयोजकमा लतिका जोशी (सिलगुढी), सचिवमा गिरिजा गैरे (जापान), सह-सचिवमा लक्ष्मी भट्टराई अनुरागी (इजरायल) र कोषाध्यक्षमा सीताराम थापा (कतार) रहेका छन् ।
यसैगरी सदस्यहरूमा प्रमोद सारंग (द.कोरिया), डा. गुनु घर्ती किङ् (मिजोरम), चन्द्रप्रकाश गिरी (सिक्किम), भविन लिम्वु (हङकङ), हिमाल अञ्जान (कुवेत), नमराज लामिछाने (साउदी) र गीता मैनाली (नेपाल) रहेका छन् ।
संसारभरका पाँच महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप गठित यो दोस्रो समिति हो । यसअघि अमेरिकामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा गठित अनेसास उत्तर अमेरिका समितिले साहित्यिक भेटघाट सुरू गरिसकेको छ ।
समितिले निकट भविष्यमा नै एसिया क्षेत्रका अनेसास च्याप्टरहरूसँग आबद्ध साहित्यकारहरूलाई समटेर साहित्यिक कार्यक्रम गर्ने छ ।