बजगाईंको "स्रष्टा र डिजिटल वार्ता" बिमोचित काठमाण्डौं,१० फेब्रुअरी स्रष्टा र डिजिटल वार्ता नामक पुस्तकको आज र्सवाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टर्राईले डिजिटल बिमोचन गर्नु भयो । उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग उत्तरआधुनिकता, डायोस्पोरा साहित्य र समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो ।
बिमोचित पुस्तकको बारेमा आफ्नो मन्तब्य राख्दै डा. भट्टर्राईले भन्नु भयो- हाम्रा कर्महरु प्रविधिमा परावलम्बी हुन थालेका छन् । सिर्जना पनि आफैं पर्ूण्ा हुन छाड्यो । यसले दिने सन्देश प्रवाहित गर्न पनि प्रविधि चाहियो । त्यस्तो प्रविधिसँग मिलेर गरिएको सहकार्यले "स्रष्टा र डिजिटल वार्ता" तयार भएको छ । यसले डायोस्पोरा, अनुवाद, साइबर जगत् र अनेक मार्जिनल चेतनाका विषयमा चिन्तन र अभ्यास नगरी नेपाली साहित्य अघि बढ्दैन भन्ने निष्कर्षनिकालेको छ।
उहाँले अगाडि भन्नु भयो- यो नेपाली साहितयमा र्सवथा नौंलो र परिवर्तन सङकेतक ज्ञानमाला हो । विश्वभरिका नेपालीलाई जोड्ने यो पुस्तक नेपाली वाङ्मयको कोसेढुङ्गा हो । यसबाट हाम्रो अतीत र वर्तमान छुटि्टन्छ ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित उक्त पुस्तकका सम्पादक बेल्जियम निवासी कृष्ण बजगाईं हुन् । त्यहाँबाट उनले समकालीन साहित्य डट कम संचालन तथा सम्पादन गर्दछन् । यस अघि उनको यन्त्रवत् लघुकथासंग्रह, हिउँको तन्ना हाइकुसंग्रह र रोडम्याप लघुकथासंग्रह प्रकाशित भैसकेको छ भने ग्रेटवालदेखि इफेल टावरसम्म नियात्रा संग्रह उनको प्रकाशोन्मुख कृति हो ।
|