Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Japan Chapter Organized "Sahitya Shrinkhala-9" (1\18\2009)

अनेसास जापानको साहित्य शृङ्खला-९ सम्पन्न


जनवरी १७ आइतबार 


 


अनेसास जापानको साहित्य शृङ्खला -९ तथा कबि गोष्ठी टोकियोको तोगोसी कोएन स्थित एभरेष्ट हलमा सम्पन्न भयो । अनेसास जापानका अध्यक्ष दिनेश राज ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी अनेसास केन्द्रका अध्यक्ष तथा एनआरएनका प्रबक्ता डा. कुमार बस्नेत रहनु भएको थियो । नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी , जनसम्पर्क समिति जापानका उपाध्यक्ष बलराम श्रेष्ठ तथा सितार समाज जापानकी अध्यक्ष सुष्मा ओमाताको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उपस्थित तथा अनुपस्थित बिभिन्न सर्जकका कबिता, हाइकु, गजल,मुक्तक तथा गीत बाचन गरिएको थियो ।कार्यक्रममा पुष्कर थापा, आलोक चालिसे , शसि बिक, प्रकाश पौडेल माइला, दिनेश राज ज्ञवाली ,सुष्मा ओमाता, आस्था दाहाल, आशांक उपाध्याय लगायतका सर्जकको रचना बाचन गरिएको थियो भने कार्यक्रममा अनेसास केन्द्रको त्रैमासिक पत्रिका अन्तरदृष्टि देवकोटा अंक को हालसालै नेपालमा भएको बिमोचन कार्यक्रम तथा देवकोटा अंकका बारेमा सो पत्रिकाका प्रधान सम्पादक प्रकाश पौडेल माइला ले जानकारी गराउँदै आगामी अंक रमेश बिकल अंकका रुपमा प्रकाशित गर्ने तैयारी भैरहेको जानकारी गराउनु भयो ।


प्रमुख अतिथी डा. कुमार बस्नेतले अनेसास केन्द्रले प्रवासमा साहित्यको लागि खेलेको भूमिकाको बारेमा चर्चा गर्नुका साथै नेपाली साहित्यमा प्रवासको योगदान अमुल्य रहेको बताउनु भएको थियो । कार्यक्रममा अतिथिहरुले नेपाली भाषा ,संस्कृतिलाई जापानमा परिचित गराउन अनेसास जापानले खेलेको भूमिका को बारेमा चर्चा गर्दै अझ क्षेत्र बृहत पार्दै लैजानको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रमका सभापतिले नेपाली साहित्यको बर्तमान स्थिति , बर्तमान राजनैतिक परिदृष्य र त्यस्का कारण नेपाली साहित्यमा देखा परेको निरासाको चर्चा गर्दै अनेसास जापानले शुरु गरेको साहित्य शृङ्खला को औचित्य र उद्देश्यका बारेमा प्रष्ट पार्नु भएको थियो ।


स्मरण रहोस अनेसास जापानले प्रत्येक ३-३ महिनाको अन्तरमा साहित्य शृङ्खला अन्तर्गत कबि गोष्ठी , नेपाली साहित्य संगीत ,कला को क्षेत्रमा लागी परेका नेपाली तथा जापानी हरुको सम्मान साथै पुस्तक पत्रिका प्रकाशन लगायतका साहित्यीक कार्यक्रमको आयोजना गर्दै आएको छ । 


आगामी साहित्य शृङ्खला -१०मा  जापान ब्यापी नेपाली कबिता प्रतियोगिताको आयोजना गरी उत्कृष्ट रचनालाई पुरष्कृत गरिन लागेको जानकारी कार्यक्रमका उद्घोषक पुष्कर थापाले दिनु भएको थियो 


Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006