अन्तरदृष्टि विमोचित, आगामी प्रकाशन रमेश विकल विशेषांक हुने
प्रकाश पौडेल माइला
अन्तरास्ट्रिय नेपाली साहित्य समाज को मुख पत्र अन्तरदृष्टि को देवकोटा अंक हालै एक कार्यक्रमका बीच चितवनमा बिमोचन गरिएको छ। साहित्यकार गोबिन्द राज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चितवन, नवलपरासी लगायत आसपासका छेत्रका सर्जकहरुको उल्लेख्य सहभागिता थियो। अन्तरदृष्टिका प्रधान सम्पादक प्रकाश पौडेल माइला नेपाल गएको अवसर पारेर गृह जिल्लामा विमोचित कृति माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो। अनेसास, अन्तरदृष्टि प्रकाशन समितिको आयोजना तथा अभिब्यन्जना साहित्य प्रतिस्ठान (चितवन) को संयोजनमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु प्रेम बिनोद नन्दन, डा नारायण प्रसाद खनाल, धनराज गिरी, रमेश प्रभात, ऋषिराम बराल, केदारनाथ खनाल, ऋषि प्रसाद लामिछाने, श्रीभक्त अच्युत वाग्ले, भुपिन ब्याकुल, सङ्गीत आयाम लगायत झन्डै २ दर्जन स्रस्टाले आ-आफ्नो विचार राख्नु भएको थियो।
तीन दर्जन स्रस्टाका सारगर्भित रचनाहरु समाबिस्ट देवकोटा अंक निकै उत्कृस्ट र संग्रहनीय रहेको कुरा प्रमुख अतिथिको आसनबाट विनोदीले बताउनु भयो। प्रधान सम्पादक प्रकाश पौडेल माइला र कार्यकारी सम्पादक सुरेन्द्र अस्तफलको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा आगामी अङ्क रमेश विकल विशेषांक निकाल्ने सम्बन्धमा जानाकारी दिदै विकलसंग सम्बन्धित संस्मरण-आलेखहरु यहि फेब्रुअरी १ तारिख भित्रमा उपलब्ध गराउनुहुन आग्रह गरिएको थियो।
विकल अङ्कको लागि रचना पठाउनका लागि इमेल मार्फत
anterdristi@googlegroups.com र poudelprakash575@hotmail.com मा पठाउन ससिने ब्यबस्था गरिएको छ। साथै हालै विमोचित देवकोटा अंक प्राप्त गर्नको लागि ऋषिराम बराल (९८४५०८७१३०, baral.rishi3@gmail.com ) लाई जुन कुनै बेला पनि सम्पर्क गर्न सकिने कुरा सम्पादक मण्डलले जानाकारी दिएको छ।