Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS UAE Bid Farewell To Balchandra Pokhrel(12/20/2009)

अनेसास यूएई च्याप्टरका अध्यक्ष बालचन्द्र पोख्रेलको बिदाई


खेमनाथ पौडेल यूएई


गत हप्ता अनेसास यूएई च्याप्टरका संस्थापक अध्यक्ष बालचन्द्र पोख्रेललाई दुबईको नेपाली रेष्टुरेण्टमा एक समारोहका बिच अनेसास यूएई च्याप्टरले दोसल्ला ओडाई बिदाई गर्यो ।
कार्यरत कम्पनीले यूएईबाट अर्को  देशमा सरुवा गरेको कारण उनी यूएई छोडी जान लागेका हुन् । नेपाल पत्रकार महासँघ सम्पर्क शाखा यूएई तथा विश्व पत्रकार साजालका संयोजक मोहम्मद जाकिर हुसैनको प्रमुख आथित्य तथा अनेसास यूएई च्याप्टरका का।वा अध्यक्ष पर्शुराम खरालको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रम संस्थाका महासचिव प्रकाश भट्राईले साचालन गरेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार साहित्यकार तथा अन्य प्रवासी नेपालीहरुको उपस्थिति रहेको उक्त विदाई कार्यक्रममा एनआरएनए एन सि सिका प्रवक्ता तथा पत्रकार लोकनाथ सुवेदीले यूएईमा रहेका साहित्यिक संस्थाहरुलाई एक हुन अनुरोध गर्दै वालचन्द्र पोख्रेलको कार्यकालमा यूएईमा भएका साहित्यिक गतिविधीहरुको प्रशंसा गरेका थिए ।  संस्थागत रुपमा मात्र नभएर हामी ब्यक्तिगतमा पनि नजिकका साथीहरु थियौ । हामी एकै ठाउँमा नभए पनि विभिन्न ठाउँबाट विभिन्न तरिकाले नजिक हुन सक्छौ । संस्था स्थापना गर्न मात्र नभएर यसलाई अगाडी बढाउन संस्थाको प्रमुखको अति आवश्यक रहने छ । उहाँ यहाँबाट जुनसुकै ठाउँमा गए पनि यहाँको प्रगति होस् र यहाँ भन्दा पनि अझै प्रगतिहोस भनेका थिए । नेपाली समाज यूएईका महासचिव नारायण अधिकारीले विदाई आफैमा दुखद भएता पनि उहाँ यसबाट अर्को देशमा जाँदै हुनुहुन्छ दुवईमा उहाँले सस्था तथा सामाजिक कार्यमा जसरी लाग्नु भएको थियो अर्को देशमा पनि यसरीनै लाग्नको लागि अनुरोघ गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसेनले आज हामी बालचन्द्र पोख्रेललाई विदाई गर्दै छौ । आज उहाँकै अगाडी उहाँले गरेका कार्यको प्रशंसा गर्न पाएका छौ । मैले बालचन्द्र पोख्रेलको ३ वटा कार्यको प्रशंसा गर्दै छु । पहिलो त यूएईमा पहिलो अन्तराष्टिृय स्तरको संस्था अनेसासको स्थापना काममा उहाँको पहल यॊ योगदान कसैले भुल्न सक्दैन । अर्को कुरा यूएईमा नेपाली पत्रकारितालाई समाचार मूलक पत्रकारिताको सूरुवात पहिलो पटक पि्रन्ट पाक्षिक पत्रिका देउरली पत्रिका निकालेर। अर्को कुरा अनलाईन पत्रिका नेपाल दुवई डट् कमको थालनी केही दिनकै फरकमा आएका दुई वटा अनलाईन पत्रिकामा नेपाल दुवई डट् कम अगाडी आएको थियो । सायद यो ३ कुरा यूएईमा बालचनद्र पोख्रेलले मात्र गरेका थिए । यस्तो ब्यक्तित्वोलाई यूएईबाट विदाई गर्दा दुख लागेको छ । कुनै पनि साथीहरुबाट कुनै गुनासाहरु भएमा यहीनै भुलेर जान भन्दै आगामी दिनहरुमा यि तिन कुराहरुमात्र नभएर अरु कुराहरु पनि यूएईलाई दिन अनुरोध गरे ।


कार्यक्रमका प्रमुख अतिथि जाकिर हुसैनले दोसल्ला तथा अनेसासका सल्लाहकार खेमनाथ पौडेलले फुलको माला  पहिराई विदाई सम्मान गरिएको थियो भने अनेसास यूएई च्याप्टरले संस्थालाई अहिले सम्म पुराएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरेको थियो । 
विदाई कार्यक्रमको अन्त्यमा विदा हुँदै जान लागेका अनेसासका संस्थापक सभापति बालचन्द्र पोख्रेलले साथीहरुलाई छोडेर जान मन त नलागेको तर पनि स्वदेश फर्कनै पर्ने भएको बताए । आफुले यति करिव ४ बर्षको अवधिमा यति धेरै कार्य गरेको जस्तो अनुभव नभएको तर मलाई यतिका साथीहरुले यसरी सम्मान गरी माला लगाई दिदा यो माला यही राखी बसौ कि जस्तो भएको बताए । मैले यहाँबाट जाँदा तपाईहरु सबैको मायाँ छातीभीत्र लिएर जाँदैछु । जहाँ गए पनि जहाँ रहे पनि यो संस्था तथा तपाईहरु मेरो नजिक हुनुहुने छ । यो संस्था यो अवस्थामा ल्याउन म एक्लैको मात्र देन छैन । बुद्धिजीवी सल्लाहकार साथीहरु यस संस्थामा स्थापना काल देखीनै कार्यरत पदाधिकारीहरु यहाँ रहेका साहित्यिक ब्यक्तिहरु तथा केन्द्रका पदाधिकारीहरुको साथलेनै यो संस्था यहाँ सम्म पुगेको बताए । स्थापना कालदेखी अहिले सम्म यस साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रममा यहाँ स्थापना भएका संघसंस्थाहरुको सहयोग र प्रतिनिधीहरुको उपस्थिति रहि रहयो । अहिले सम्म यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रम लगायत विभिन्न विधाका साहित्यिक पुस्तकहरु प्रकाशन गर्न सफल भयो यो निरन्तर रहिरहोस भन्ने अनुरोघ गर्दै आफु यस देश छोडेर देश विदेशको जुनसुकै कुनामा गएता पनि जुनसुकै माध्ययमबाट पनि म यो संस्थालाई निरन्तर सहयोग गर्ने छु । यहाँ रहेका साथीहरुले आफु एक्लो भएको महसुस नगर्न अनुरोध गछु । पोख्रेलले यूएईमा रहदा साथीहरुसँग घुलमेल हुँदा तिता मिठा केही भएका होलान् तितालाई भुलेर मिठालाई मात्र सम्झन उपस्थित साथीहरुलाई भने ।


अनेसास यूएई च्याप्टरका कावा सभापति पर्शुराम खरालले विदाई सम्मानको अन्त्यमा अनेसास यूएई च्याप्टरले संस्थाको अभिभावक साथी निस्वार्थी एक योद्धालाई यहाँबाट हामीले विदाई गर्नु परेको छ । विदेशमा रहेर पनि पोख्रेलले नेपाली भाषा कला साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा पुराउनु भएको योगदान अति प्रशंसनिय छ । जहा रहेपनि उहाँबाट सल्लाह सुझाव पाउने आशामा हामी छौ । संस्थालाई जन्माउनु ठुलो कुरा होईन तर हुर्काउन बढाउन अती गाह्रो हुन्छ । यस सस्थालाई यहाँ सम्म ल्याउन उहाँले जुन ठुलो दुख भोग्नु भयो सायद हामीले त्यो दुख भोक्न त पर्दैन होला तर पनि हामीले यस अवस्थामा चुनौतिपूर्णनै लिनु पर्ने हुन्छ । उहाँले संस्थालाई दिनु भएको योगदान सदैव रहिरहने छ । संस्थालाई देखाउनु भएको बाटोमा हामी लाग्ने प्रतिवद्धता गर्दछौ उहाँको कार्यकालमा बाँकी रहेका कार्यहरु अवस्य हामीले पुरा गर्ने छौ भन्दै कार्यक्रम समाप्त गरिएको घोषणा गरिएका थिए ।


अनेसास यूएईको सम्मान कार्यक्रम सकिए लकत्तै नेपाल पत्रकार महासँघ यूएई सम्पर्क शाखाले विदाई सम्मान कार्यक्रम गरेको थियो । महासँघका अध्यक्ष जाकिर हुसेनको अध्यक्षतामा सम्पन्न विदाई कार्यक्रमको बारेमा संघका उपाध्यक्ष खेमनाथ पौडेलले प्रष्ट पारेका थिए । उपस्थित सबैलाई संघका सदस्य धर्मेन्द्र यादवले स्वागत गरेका थिए ।
एनआरएनए एन सी सीका महा सचिव सुरेश बस्याल आई सि सिका प्रतिनिधी पिएस लिम्वु लुम्विनी वेलफर सोसाईटीका अध्यक्ष डि।एल शर्मा साहित्यकार पत्रकार तथा तामाड। समाजका लेख तामाड। संघकै सदस्य निमेश गिरी लगायतका वक्ताहरुले संघका सदस्य बालचन्द्र पोख्रेलले विगत देखी हाल सम्म गरेका पत्रकारिता क्षेत्र साहित्यिक क्षेत्र लगायत सामाजिक क्षेत्रमा पुराएको कार्यहरुको बारेमा प्रशंसा गरेका थिए ।
विदाई भई जान लागेका वालचन्द्र पोख्रेलले आफुले करिव ४ बर्षमा यूएईमा बस्दा धेरै साथीहरुको मायाँ पाएको बताए । कतार बसेको लगभग ११ बर्षपछि फर्कदा मलाई यस्तो भाको थिएन यूएईबाट ४ बर्ष पछि फर्कदा मलाई फर्कन मन लागिरहेको छैन । मैले यूएईमा रहेका नेपालीहरुलाई दिन केही सकिन तर मायाँ र ममता मैले लिएर जाँदैछु । अब अर्को खाडी राष्ट् साउदी अरब जाँदै छु म त्यो ठाउँमा छरिएर रहेका पत्रकार साथीहरुलाई एक गर्ने जमर्को गर्ने छु र पत्रकार महासँघ सँग नजिक रही साथै यूएईमा रहेका पत्रकार साथीहरुसँग पनि नजिक रही भर्खरै स्थापना भएको विश्व साजाललाई सहयोग गर्ने वाचा गरे । यूएईमा वस्दा साथीहरुमा भएका तिता मिठा कुराहरु पछिसम्म पनि याद रही रहने बताए । आफु यूएई देखी रहरले नभई वाध्यताले जान लागेको बताए । प्रवासमा बस्दा खेरी मिलनसार साथीहरुको साथ र मायाँ पाईरहदा घर परिवारको पनि त्यति याद नआउने रहेछ जुन मैले यूएईमा बस्दा थाहा पाए उनले भने ।
संघका अध्यक्ष तथा भर्खरै स्थापना भएको विश्व संाजालका संयोजन समेत रहेका जाकिर हुसेनले पोख्रेललाई दोसल्ला तथा संघका उपाध्यक्ष खेमनाथ पौडेलले फुलको माला लगाई सम्मान गरेका थिए भने अहिले सम्म संघलाई गरेको योगदानको कदर गर्दै संघले प्रशंसा पत्र प्रदान गरेको थियो ।
ब्यक्तिगत तर्फबाट पनि लुम्विनी वेलफर सोसाईटीका अध्यक्ष डिएल शर्मा अनेसासका उपाध्यक्ष तथा लोक गायक असिम महत तथा खेमनाथ पौडेलले पनि उपहार प्रदान गरेका थिए । लोक गायक असीम महतले सलल वगेको गण्डकी आज यहाँ भोली त कहाँ हो कहाँ यस्तै छ जिन्दगी भन्ने गितको भाकाको गित गाउँदै सबैलाई भाव विभोर बनाएका थिए ।
सम्मान कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले विदाई हुँदै जान लागेका सदस्य पोख्रेललाई भावी दिनमा सफलताको कामना गर्दै यहाँबाट छोडेर गए पनि पत्रकार जगतलाई सधै मायाँ गर्न साथै साउदी अरबमा गए पछि पत्रकार महासँघको सम्पर्क शाखा खोल्न पनि अनुरोध गरे । पोख्रेलले यूएईलाई पत्रकारीता मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान गरेका छन् यूएईका नेपालीहरुले उनको योगदानलाई कहिल्यै भुल्न सक्दैन भन्दै विदाई कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्र संघका सचिव शंकर ज्ञवालीले साचालन गरेका थिए । कार्यक्रको अन्त्यमा उपसिस्थत सबैलाई रात्रि भोजको आयोजना पनि गरिएको थियो ।




Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006