Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS/NRN Second Literary Festival & Award Ceremony (11/08/2009)



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सव तथा पुरस्कार समारोह
INLS/NRN Second Literary Festival & Award Ceremony


काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्सव सम्पन्न मिति २०६६ साल आश्विन २६ गते सोमबारका दिन काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एन आर एनको संयुक्त आयोजनामा एक भव्य साहित्य महोत्सवको आयोजना गरियो । हरेक दुई बर्षमा हुने गैरआवासीय नेपाली संघ एन आर एन सम्मेलनको पूर्व संध्यामा सम्पन्न गरिने यस साहित्य महोत्सव अनेसासको संलग्नतामा शुरु भएको यो दोश्रो महोत्सव हो ।  अनेसासद्वारा प्रत्येक दुई वर्षमा प्रदान गरिने साहित्यिक पुरस्कार एवं डायस्पोरा नेपाली भाषा साहित्य पुरस्कार देवी प्रसाद सुवेदी - समालोचना, माया ठकुरी - नारी हस्ताक्षर, रिता खत्री - नव प्रतिभा, हरिभक्त बुढाथोकी - गीति कविता, सुषमा आचार्य - वाल साहित्य, ध्रुवलाल शर्मा - धवलागिरी अंचल, वियोगी बुढाथोकि - बागमती अंचल, नवराज रिजाल - नारायणी अंचल, बिमल भौकाजी - जनकपुर अंचल, शैलेन्द्र साकार - कोशी अंचल, भानुभक्त पोखरेल - मेची अंचल तथा नेपाली भाषा साहित्य कला र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउने नेपाली वाङ्मयका केही मुर्धन्य श्रष्टाहरु सर्वश्री डायमण्ड समसेर राणा - साहित्य, सत्यमोहन जोशी - संस्कृति, अम्बर गुरुङ - संगीत, डा तारानाथ शर्मा - साहित्य, मनुजबाबु मिश्र - कला साहित्य, मोदनाथ प्रश्रित - साहित्य तथा डा बानिरा गिरी - साहित्य लाई अभिनन्दन सहित विशेष कवि गोष्ठिका साथ कार्यक्रम सम्पन्न गरियो ।


काठमाडौं स्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न उक्त साहित्य महोत्सव कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको प्रथम शत्रमा उद्घाटन श्रष्टा अभिनन्दन तथा अनेसास पुरस्कार समर्पण कार्यक्रम रहेको थियो भने दोश्रो शत्रमा केही साहित्यिक कृति विमोचन एवं कविता वाचन रहेको थियो ।
 
अनेसासका केन्द्रीय अध्यक्ष डा। कुमार बस्नेतको सभापतित्व एवं राष्ट्रकवि माधव घिमिरेज्यूको प्रमुख
आतिथ्यमा संचालित कार्यक्रमको प्रथम शत्र साधना कला केन्द्र काठमाडौंद्वारा प्रस्तुत राष्ट्रिय गान एवं प्रवासी नेपालीहरुको भावना समेटिएको एक स्वदेश गीतमा गरिएको  नृत्यबाट शुरु गरियो प्रस्तुत स्वदेश गीतका रचना एवं संगीत क्रमशः ज्ञानेन्द्र गदाल र मिलन मोक्तानले गरेका हुन् । त्यसपछि प्रमुख अतिथिज्यूबाट पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्धाटन गरियो । कार्यक्रमका संयोजक श्री ज्ञानेन्द्र गदालले स्वागत मन्तव्य दिनुभए पछि प्रमुख अतिथिज्यूबाट श्रष्टाहरुलाई अभिनन्दन पुरस्कार वितरण तथा नेपाली संगीत कला र संस्कृतिका संरक्षणमा दुई दशकदेखि काम गरिरहेको साधना कला केन्द्रलाई सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा अभिनन्दितहरुका तर्फबाट डा। बानिरा गिरीले र पुरस्कृतहरुका तर्फबाट डा। देवी सुवेदीले आ-आपुनो मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रम संयोजक समितिका सदस्य सचिव श्री राधेश्याम लेकालीले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमका सभापतिले पहिलो चरणको कार्यक्रम समापनको घोषणा गर्नुभयो ।
 
चिया चमेना सहितको ब्रेक पछि देवकोटा सतवार्षिकी समारोह समितिलाई आर्थिक सहयोग गरेवापत
काठमाडौंस्थित त्रिमूर्ति निकेतन नामक संस्थाले एन आर एनलाई सम्मान तथा धन्यवाद ज्ञापन गर्न समय माग गरिएबमोजिम करिव २० मिनेट उक्त कार्यक्रम रह्यो ।  कार्यक्रमका संयोजक श्री ज्ञानेन्द्र गदालको सभापतित्वमा आयोजित दोश्रो शत्रको कार्यक्रमको शुरुमा साहित्यकारद्वय होमनाथ सुवेदी र मोहन सिटौलाद्वारा सम्पादित ूअनेसासका पुरस्कृत कृति विवेचना २००५ नामक पुस्तक र कवि वशन्त श्रेष्ठद्धारा लिखित कविता संग्रह ूभावनाका लहरहरुको क्रमशः


प्रमुख अतिथि माधव घिमिरे तथा कवि तुलसी दिवसले लोकार्पण गर्नुभयो । त्यसपछि शुरु भएको कविगोष्ठिमा राष्ट्रकवि माधव घिमिरे मोदनाथ प्रश्रित तुलसी दिवस विक्रम सुब्बा प्रतीक ढकाल रोहिणी शर्मा उषा शेरचन रमेश पौडेल ज्ञानेन्द्र गदाल सहित अन्य कवि तथा कवयित्रीहरुले कविता वाचन गर्नुभएको थियो । उक्त दोश्रो तथा अन्तिम शत्रमा दुवै कार्यक्रमका प्रमुख आतिथ्य ग्रहण गर्नुहुने राष्ट्रकवि माधव घिमिरेलाई अनेसासका केन्द्रीय अध्यक्ष डा। कुमार बस्नेत र कार्यक्रमका संयोजक श्री ज्ञानेन्द्र गदालले उपहार प्रदान गर्नुभयो भने आयोजक समितिका पदाधिकारीहरु एवं स्वयंसेवकज्यूहरुलाई


प्रमुख अतिथिले मायाको चिनो प्रदान गर्नुभयो । ऐतिहासिक महत्व राख्ने यस साहित्य महोत्सवको पहिलो शत्रको कार्यक्रम वरिष्ठ कार्यक्रम उद्घोषक श्री विश्वविमोहन श्रेष्ठले साचालन गर्नुभएको थियो भने दोश्रो शत्रको कार्यक्रम रेडियो नेपालका साहित्यिक कार्यक्रम संचालक कवि एवं गीतकार रमेश पौडेलले साचालन गर्नुभएको थियो । कार्यक्रमको आयोजना गर्न गीतकार ज्ञानेन्द्र गदालको संयोजकत्वमा सहसंयोजकद्वय गणेश रसिक र विश्वविमोहन श्रेष्ठ तथा सदस्य सचिवमा राधेश्याम लेकाली रहने गरी एक संयोजक समिति गठन गरिएको थियो । समितिका अन्य सदस्यहरुमा युवराज नयांघरे, बाबा बस्नेत, प्रधुम्न जोशी, विष्णुबहादुर िसंह, गुहनाथ पौडेल, प्रदीप खनाल र प्रमिला शर्मा हुनुहुन्थ्यो भने समितिका सल्लाहकारहरुमा डा। तारानाथ शर्मा, डा। राजेन्द्र सुवेदी, डा। श्याम कार्की, डाः शिव गौतम, होमनाथ सुवेदी, मोहन सिटौला, सुमन तिम्सिना, पुरु सुवेदी, रोहिणी शर्मा, अनेसासका केन्द्रीय पदाधिकारीहरु र सबै च्याप्टरका अध्यक्षहरु रहनु भएको थियो ।
 
भवदीय
ज्ञानेन्द्र गदाल
संयोजक
दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सव तथा पुरस्कार समारोह समिित

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006