देवकोटाको शतवार्षिकी समारोह धुमधामका साथ
अन्तराष्ट्रि्य नेपाली साहित्य समाज बेलायत च्याप्टरले २४ अक्टोबर २००९ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोह एउटा साहित्यिक कार्यक्रम गरी धुमधामका साथ मनायो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार ईश्वर मानन्धरले लक्ष्मी र सरस्वती एकसाथ बस्दैनन् भन्ने भनाइ महाकविको सन्दर्भमा चरितार्थ भएको उल्लेख गर्नुभयो । उहाँले तिहारसम्बन्धी एउटा कविता पनि पाठ गर्नु भएको थियो ।
अ. ने.स.।स. कार्यबाहक सभापति नीला अधिकारीको अध्यक्ष्यतामा भएको सो साहित्यिक कार्यक्रमका अधिकारीले लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई गरेको योगदान अद्वितीय छ भन्नुभयो । उहाँले कुसर्ीको महिमाबारे एउटा कविता पाठ गनुका साथै कार्यक्रम आयोजना गर्न सहयोग गर्ने संस्थाभित्र र बाहिरका सबैलाई धन्यबाद पन गर्नुभयो ।
विशिष्ट अतिथिको आसनबाट गणेश अधिकारीले दुतावासले गर्नुपर्ने कार्यक्रम अ।ने।सा।स।ले गरेकोमा कृतता पन गर्नुभएको थियो । समाजसेवी गोपीकृष्ण लामिछानेले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
अ।ने।सा।स। उपसभापति गोपी प्रसाईंले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा विस्तृत प्रकाश
पार्दै कविता पाठ पनि गनुभएको थियो । समाजका अर्का उपसभापति गणेश राईले कार्यक्रममा स्वागत भाषण गर्नुका साथै कविताबाचन पनि गर्नुभएको थियो ।
कथाकार ज्ायाराईले संचालन गरेको सो कार्यक्रममा माजू विमली लक्ष्मी राई रुपक वनवासी सुशीला कार्की रामकृष्ण सुनुवार विप्लब रुपाचा शिव प्रधान जया राई शकुन्तला सुनुवार लगायत अन्य कविहरुले श्रोतालाई मुग्ध बनाउनु भएको थियो भने खगेन्द्र पाठकले देवकोटाको निबन्ध पढेर मन जित्नुभएको थियो । स्ााथै प्रतिभा बोहराले पठाउनु भएको कविता पनि पाठ गरिएको थियो ।
नर्थवेस्ट लण्डन कलेज अल्पर्टनमा आयोजना भएको कार्यक्रममा समाजका कोषाध्यक्ष्य विदुर सिटौलाले जलपानको व्यवस्था मिलाउनु भएको थियो । द्यौसीभैली खेलेर साहित्यिक कार्यक्रमलाई अझ रोचक बनाउनुको साथै त्यसबाट संस्थाका लागि केही रकमसमेत संकलन गरिएको थियो ।
लण्डन
२४ अक्टोबर २००९
निला अधिकारी,
कार्यबाहक सभापति अ.ने.सा.स. बेलायत च्याप्टर