अक्टोबर १८ - लक्ष्मी पुजाकै दिन पारेर (आई. एन. यल. एस.) नेब्रास्का चाप्टरले महाकबी लक्ष्मी प्रसाद देवकोटाको सतावर्षीक जन्म जयंती भब्य साथ मनाईयो| महाकाबी देवकोटाको तस्बिरमा फूलका गुच्छाहरु अर्पण गरी सुरु गरिएको सो कार्यक्रम चाप्टरका महासचिब संजय श्रेष्ठले सञ्चालन गर्नु भएको थियो | कार्यक्रमका मुख्य अथिति नेब्रास्का नेपालिज सोसाइटीका अधक्ष्य श्रीमती अनिमा खडायतज्यूले एस्ता कार्यक्रमहरुले भाबी पुस्ताहरुमा नेपाली साहित्य तथा सस्कृतिको बाडवा दिने र सोसाइटीको हमेसा सहयोग हुने बताउनु भयो | चाप्टरका अधक्ष्य तथा अतिथि तारानाथ पोखरेलले महाकबी देवकोटाले नेपाली साहित्यमा गर्नु भएको योगदान बारे प्रकाश पार्नु भएको थियो | अर्का अथिति तथा उपाधक्ष्य श्रीमती सुजाता ढुङेलज्युले श्रोतालाई अंतरास्ट्रीय नेपाली साहित्यिक समाजको बारेमा तथा नवगठित चाप्टर र भाबी योजनाको बारेमा जानकारी दिनु भयो | अर्का अथिति श्रीमती समी वासिष्ठले चाप्टरको सफलताको कामना गर्दै नेब्रास्कामा एस्ता कार्यक्रमहरुको आवश्यकता रहेको बताउनु भयो | चाप्टरका सचिव दीपक न्योपानेले महाकाबी देवकोटाको बारेमा आफ्नो बिचार तथा कबिता बाचन गर्नु भयो | सदस्य द्वय सुनील ढुङेल र रेशम थापाले पनि आ-आफ्ना कबिताहरु बाचन गर्नु भएको थियो | उपस्थीत श्रोताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा चाप्टरले साहित्य सम्बन्धी अरु सस्कत कार्यक्रमहरु गर्ने प्रतिबध्दताका साथ अधक्ष्य पोखरेलले कार्यक्रम सम्पन गर्नु भयो | बिगत दूई वर्ष देखि सुजाता ढुंगेलको आफ्नै अग्रसरतामा स्थानीय नेपाली भाषाको कक्षा संचालन हुदै आइ राखेको छ | १० जना नेपाली बालबालिका बाट सुरु भएको उक्त कक्षामा यो बर्ष ३० जना भन्दा बढी गैर तथा नेपाली बालबालिकाहरुको सहभागिता रहेको छ | यसरी नै नेपाली भाषा तथा साहित्यलाइ बढ्वा तथा निरंतरता दिन नेब्रास्कामा बसोबास गर्दै आउनु भएका नेपाली साहित्य प्रेमीहरुको भेलाले अंतरास्ट्रीय नेपाली साहित्य समाज नेब्रास्का चाप्टरको गत अक्टोबर ११ गते गठन गरेको थियो | तारानाथ पोखरेलको अध्क्षतामा १० सदस्यीय टोली गठन गरिएको छ | टोलीका सदस्यहरु निम्न प्रकार छन् | अधक्ष्य :- तारानाथ पोखरेल उपाधक्ष्य :- सुजाता ढुंगेल महासचिव :- संजय श्रेष्ठ सचिव :- दिपक न्यौपाने कोषाधक्ष्य :- संजय राई सदस्यहरु: सुनिल ढुंगेल दिपक निरौला सोपनिल भट्टराई रेशम थापा इश्वर ढकाल
|