अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा शुभ दिपावली २०६६ को पावन अवसरमा एक आपसमा शुभकामना आदानप्रदान का साथै लक्ष्मीप्रसाद देवकोटाको सतबार्षिकीको उपलक्ष्यमा साहित्यिक कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको छ ।
मितिः सन १७ अक्टोबर २००९
समयः दिनको ठीक १.३० बजे
स्थानः हार्चियोन ३५, तेल अभिभ, इजरायल
उक्त कार्यक्रममा इजरायलमा रहनुभएका विभिन्न पेशामा सम्मिलित साहित्यक व्यक्तिहरू र अनेसास इजरायलका पदाधिकारीहरूद्वारा विभिन्न विद्याका देवकोटा प्रति समर्पित तथा अन्य रचनाहरू वाचन गर्ने कार्यक्रम रहेको छ । साथै अनेसास इजरायलद्वारा पहिलो पटक प्रकाशन हुन गईरहेको "मेरो नेपाल" नामक द्वैमासिक पत्रिकाको विमोचन समेत गरिने जानकारी गराइन्छ । उक्त कार्यक्रममा इजरायलमा रहनुभएका साहित्यकर्मीहरूलाई रचनाहरू पठाई प्रत्यक्ष उपस्थित हुन समेत अनुरोध गरिएको छ भने इजरायल बाहिर विश्वभर छरिएर रहनुभएका साहित्यकर्मी साथीहरूलाई निम्न ईमेलमा आफ्ना रचनाहरू पठाउनुहुन समेत अनुरोध गरिएको छ ।
हरि मानन्धर "विवश"
सचिव, अनेसास इजरायल
ईमेलः hari_mdr@yahoo.com
फोन नं. ०५४३१८५९८०