दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोहको लागि आर्थिक सहयोगका लागि अपिल
प्रिय मित्रहरु
यहि अक्टोबार १३ देखि १५ सम्म सम्पन्न हुन गइरहेको 'चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन' को पूर्व सन्ध्यामा अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा १२ अक्टोबरका दिन, सोल्टी होटल, टाहाचल, काठमाडौंमा सम्पन्न हुन गइरहेको 'दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोह' को तयारीमा केन्द्रीय कार्यसमिति तथा आयोजक समिति लागिरहेका छ । यस ऐतिहासिक कार्यक्रममा ठूलो संख्यामा गैरआवासीय नेपाली र नेपालका वरिष्ठ साहित्यकारहरुले भाग लिने कार्यक्रम छ । वास्तवमा भन्दा खेरि यो कार्यक्रम हाम्रो लागि एउटा ठूलो पर्व पनि हो । यस कार्यक्रमका लागि करिवन २५०० देखि ३००० अमेरिकी डलरको खर्च हुनेछ । विगतमा पनि हामीले सामुहिक अर्थ संकलन गरी हाम्रा कार्यक्रमहरु सफल बनाएका छौँ र यस पटक पनि हामी सबै मिलि अर्थ संकलन गर्नेने छौँ भन्ने कुरामा हामी आशावादी छौँ । यसका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट म सम्र्पूण च्याप्टर र व्यक्तिगत तवरमा आर्थिक सहयोग गरिदिन