| |

| INLS Declarations At The First International Nepali Literary Conference, New York, August 15, 2009 |
प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत अनेसासको तात्कालिक कार्यनीति
अनेसास बिओटी काकास र मतदाताहरुबाट अनुमोदित र अगस्त १५ २००९ को दिन
भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको पनि अभिमतमा ुहाम्रो
भाषा हाम्रो साहित्यः सेवा र संरक्षण हाम्रो दायित्वुलाई हाम्रो तात्कालिक
मिशन बनाएर अनेसासले देहायका तात्कालिक कार्य-नीतिलाई अवलम्बन गर्ने घोषणा
गरेको छः
१। परम्परागत भाषा भाव र शैलीको बन्धनबाट मुक्त भएर डायास्पोरिक नेपाली साहित्यको सिर्जनालाई प्रोत्साहित गर्ने ।
२। समालोचनामा डायास्पोरिक साहित्यको सिद्धान्त र व्याख्यालाई प्रोत्साहित गर्ने ।
३। ुअन्तर्दृष्टिु अनलाइन पनि बनाउने र ई-लिटेचरको विस्तारलाई प्रोत्साहित गर्ने ।
४। पुस्तक प्रकाशन वितरण र पाठक वृद्धिको सम्भाव्यता बढाउने ।
५। नेपाली भाषाबाट अंग्रेजी भाषा र अन्य भाषामा हाम्रो साहित्यको अनुवाद गर्न प्रोत्साहित गर्ने ।
६। नेपाली भाषा त हाम्रो साझा (Link) भाषा हुदैहो । यसबाट हामी विचलित
हुनुहुन्न तर नेपाली भन्नाले हाम्रो नेपालका सबै भाषा नेपाली हुन् र
नेपाली बाहेक अरु नेपाली भाषाको विकासमा पनि योगदान गर्ने
सर्व-भाषा-नीतिलाई अख्तियार गरेर नेपाली जाति मात्रमा प्रेम सद्भावको
विकास गर्ने नेतृत्वको विकास गर्ने र नेपालका जनजातीय भाषाको उत्थानको
लागि पुरस्कार राख्ने पुस्तक प्रकाशन गर्ने र लोक भाषा र लोक साहित्यको
अध्ययन र अनुशीलनबाट नेपालका भाषाको सर्वाङ्गीण विकासको लागि अनेसासको यो
आह्वानमा नेपालका सबै भाषाविद्हरुलाई सहयोग पुराएर नेतृत्व लिन लगाएर यो
सर्व-भाषा नीतिलाई कार्यान्वयन गरी अनेसासको विधानमा लेखिएको उद्देश्यलाई
कार्यगत रुपमा विकास गर्ने ।
७। जहाँ जहाँ नेपाली बसेका छन् त्यो त्यो देशका भाषा कला र साहित्यमा
नेपालीको भाषा कला साहित्य र दर्शनलाई जुनसुकै प्रकारले पनि रुपान्तरण
गर्न प्रोत्साहित गर्ने ।
८। डायास्पोरामा नेपाली भाषा तथा संस्कृति विद्यालय (School of Languages and Culture of Nepal) हरुको वृद्धि र विकास गर्ने यिनको प्रमाणपत्रलाई
स्थानीय विद्यालयहरुमा के्रडिट मान्यता दिलाउन प्रयत्न गर्ने अरु शैक्षिक
संस्थामा पनि नेपालीका कक्षा खोल्न प्रेरित गर्ने । नेपालका भाषा शिक्षणको
सम्वन्धमा School of Languages and Culture of Nepal को नामाकरण गर्दा
पनि नेपालका सबै भाषा र संस्कृतिको शिक्षणको परिप्रेक्षमा गरिएको थियो र
यसलाई तदनुरुप नेपालका सबै भाषा र सबै संस्कृतिको विद्यापीठ बनाउन अझ
तीव्र रुपमा लाग्ने । लेखाई र सिद्धान्तमा हाम्रो कुनै कमी छैन तर
कार्यक्षेत्रमा उत्रनु र उतार्ने जनशक्ति र धनशक्तिको खाँचो छ र यसलाई
मुर्त बनाउन कार्यगत रुपमा अगाडि बड्ने नीतिहरुलाई प्रोत्साहित गर्ने ।
९। हाल भैरहेका ७०००।०० डलरका एवार्डको रकमलाई बढाएर दशहजार डलर बनाउने ।
१०। अनेसासको विधान र युएस् गभर्नमेन्टको लागि अनेसासको साधारण-सभा पहिले
डिसीमा हुन्थ्यो र पछि पनि डिसीमा त्यो कायमै रहन्छ तापनि त्यस बाहेक यो
यस प्रकारको कन्प्रुॆन्सको प्राज्ञिक हिसावले यो बढी महत्वपूर्ण छ ।
दुदुईवर्षमा वा काकासको निर्णयानुसार समय समयमा यस्तो प्राज्ञिक सम्मेलन
गरेर यसलाई निरन्तरता दिने । यस्तो कन्प्रुेन्सको आयोजना गर्न विभिन्न
च्याप्टरहरुलाई होस्ट गर्न प्रोत्साहित गर्ने ।
अनेसासको अर्को दुईवर्षको लागि यो कार्यनीति मूल मन्त्र हुनेछ ।
होमनाथ सुवेदी
अध्यक्ष बोर्ड अफ ट्रस्टी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्गटन डिसी
०८/१५/०९
|
|