Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Israel Chapter Organized Moti Jayanti Program (08/19/2009)
अनेसास इजरायलद्वारा मोती जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले युवाकवि मोतीराम भट्टको १४४ औं 
जन्म जयन्ती इजरायलको तेल अभिभ शहरमा काव्य गोष्ठी तथा गज़ल लेखन
कार्यशाला संचालन गरेर मनाएको छ ।

इजरायलस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि लेखक साहित्यकार तथा
साहित्यप्रेमीहरु सहभागी रहेको सो  कार्यक्रममा कवि मोतीराम भट्टको
तस्वीरमा पुष्पार्पण गरेर उहाँले नेपाली भाषा साहित्य र नेपाली वांगमयको
श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो । प्रमुख अतिथि
नेपाली राजदुतावास इजरायलका उप प्रमुख मुक्तिनाथ भट्टले सो अवसरमा
मोतीराम भट्टद्वारा रचित गज़ल वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाकी सदस्य श्रीमति टिका खरेलले उपस्थितहरुको स्वागत गर्दै
अनेसासलाई यसरी नै विभिन्न संघ संस्थाहरुबाट सहयोग तथा सुभेक्षा प्राप्त हुने
अपेक्षा व्यक्त गर्नु भयो । त्यसै गरी अनेसासकै सदस्य शंकर पौडेल, झापाली
एकता परिवारका केशव कुमार श्रेष्ठ, युनिटी लाइफ सिर्जनशील समुह, इजरायलका
हरि मानन्धर, कानुनविद श्याम रोक्का लगायतका वक्ताहरुले आ आफ्नो धारणा
राख्दै युवाकवि मोतीरामले कलिलै उमेरमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफु
लगायत समकालीन सर्जकका कृतिहरु प्रकाशन र वितरण गरेर हामीलाई ठुलो गुन
लगाएको बताउनु भयो ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि श्री मुक्तिनाथ भट्टले भाषा साहित्य र समाजको
गौरवमय छवी बढाएर अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम नेपाली भाषाका
ढुकढुकी हुन् भन्नु भयो । उहाँले कला, भाषा, साहित्य र संस्कृति राष्ट्रको अमुल्य
सम्पदा भएको बताउदै सोको अभावमा व्यक्तिले आफ्नो पहिचान गुमाउने हुँदा
त्यसको संरक्षण र संवर्द्धनमा प्रवासबाट गरिएका यस्ता कार्यक्रमको सराहना गर्नु
हुदै अनेसास इजरायलको प्रगतिको शुभ कामना पनि व्यक्त गर्नु भयो ।

अनेसासका महासचिव कृष्ण थापाले संचालन गर्नु भएको सो कार्यक्रम, तीन
चरणमा विभक्त थियो । प्रथम चरणको औपचारिक कार्यक्रम समापन गर्दै सभापति
सुनिल संगमले मोतीराम भट्टले बनारस छदै मोतिमण्डलीको स्थापना गरी
गज़ललाई नेपाली साहित्यमा प्रारम्भिक कालमै लोकप्रिय बनाएका र भानुभक्त
पछिको नपाई समयको महत्वपूर्ण साहित्यिक प्रतिनिधित्व गरेको बताउनु भयो ।

दोश्रो चरणको कार्यक्रम साहित्यिक तथा काव्य गोष्ठी रहेको थियो । गीतकार 
सुनिल संगमद्वारा रचित, यम बरालको स्वरमा गाइएको गज़ल सुनाएर आरम्भ
गरिएको सो कार्यक्रममा आचार्य नवराज, सुनिता राइ, रमेश चक्र खड्का,
हरि मानन्धर विवश, सुनिल संगम, भिम \"भाइ\", मनोज गौतम, टिका
खरेल, शंकर पौडेल, श्याम रोक्का, कृष्ण थापा, लक्ष्मण खरेल, टकेन्द्र राई
तथा शंकर पोख्रेल लगायतले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।

काव्य गोष्ठीको समापन पश्चात गज़ल लेखन कार्यशालाको आयोजना गरियो ।
संस्थाका अध्यक्ष सुनिल संगमले गज़लको उत्पत्ति, अर्थ र परिभाषा, परम्परागत
मान्यता तथा वर्तमान परिश्कृतिका विषयमा प्रष्ट पार्दै यसको नियम र सैद्धान्तिक
संरचनाका विषयमा गज़ल लेखन प्रशिक्षण संचालन गर्नु भएको थियो ।

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006