अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २०१६-२०१७ को अवधिमा सर्बोत्कृष्ट च्याप्टर घोषणा गरेको छ । २०१६-२०१७ को अवधिमा विविध कार्यहरु सम्पादन गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टर, पश्चिम अष्ट्रेलिया सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ । यस अवधिमा सम्पन्न विभिन्न गतिविधिहरुसहितको १०० अंकको च्याप्टर छनोटका आधारमा पर्थ च्याप्टरले सबैभन्दा बढी अंक प्राप्त गरि सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको हो । सर्बोत्कृष्ट च्याप्टरलाई ५०० अमेरिकी डलर सहितको अनेसास राम लामा सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिन्छ ।
साहित्यकार तथा अनेसासका सल्लाहकार गंगाराम लामिटारेको संयोजकत्वमा अनेसासका पूर्व अध्यक्षहरु बसन्त श्रेष्ठ र पुरु सुबेदी रहनु भएको छनोट समितिले सो निर्णय गरेको हो ।
यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिने छ ।
न्युह्याम्सायर, अमेरिकामा दोस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन आयोजना हुने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन यही मे ११ देखि १३, २०१८ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्सायर च्याप्टरको संयोजकत्वमा न्युह्याम्सायरमा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको आयोजनामा न्युह्याम्सायर, अमेरिकामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्सायर च्याप्टरको अनुरोधमा केन्द्रीय कार्य समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
सो सम्मेलनमा अमेरिका लगायत विश्वभर रहेका अनेसासका च्याप्टरहरुबाट सहभागिता रहने र सम्मेलनमा दुइ बर्षको अबधिमा सर्बोत्कृष्ट कार्य गर्ने च्याप्टरलाई अनेसास रामलामा अनेसास सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिने, अनेसासका च्याप्टरहरुबाट सम्पादित गतिविधिहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरिने, अनेसासको संस्थागत विकासका सम्बन्धमा छलफल गरिने, अनेसास च्याप्टर पदाधिकारीहरुको नेतृत्व विकासका सम्बन्धमा छलफल गरिने, अनेसासको विधानमा रहेका च्याप्टरसम्बन्धी ब्यबस्थाहरुको बारेमा छलफल गरिने र विश्व काब्य गोष्ठीको आयोजना गरिनेछ । यस अघि प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस् एन्जेलस् च्याप्टरको आयोजनामा मे, २०१६ मा सम्पन्न भएको थियो । यस सम्मेलनको आयोजनाबाट अनेसासको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै अाएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ का विजेताको घोषणा बोर्ड अफ ट्रस्टिजको कार्यसमितिको बैठकबाट गरिएको छ ।
अनेसास पुरस्कार समितिका अध्यक्ष सीता पाण्डेले बोर्ड अफ ट्रस्टिजको कार्यसमितिको समितिको बैठकमा पुरस्कृत पुस्तक तथा लेखकहरुको नामवली प्रस्तुत गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको इतिहास प्रकाशन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको इतिहास प्रकाशन कार्य पूरा भइ धेरैको हातमा पुगेको छ । संस्थाको रजतजयन्ती, २०१६ का अबसरमा प्रकाशित सो पुस्तक नेपाली साहित्यमा एक महत्वपूर्ण र गरिमामय बन्ने विश्वास लिईएको छ । सो इतिहास अन्तर्राष्ट्रिय नेपाली साहित्यमा जिज्ञासा राख्ने, नेपाली साहित्यमा अभिरुची राख्ने, डायस्पोरिक अध्ययन गर्न चाहने र यसका सदस्यहरु सबैको लागि एक बिशेष कृतिको रुपमा रहने जनाइएको छ ।
अनेसासका संस्थापक होमनाथ सुबेदी प्रधान सम्पादक रहनु भएको सो कृतिमा पूर्व अध्यक्षहरु डा. दुबसु क्षेत्री, मोहन सिटौला, गीता खत्री, ट्रष्टीका अध्यक्ष डा. श्याम कार्की, महासचिब गोबर्धन पूजा, केन्द्रीय कार्यसमितिका पूर्व उपाध्यक्ष राम खत्री, साहित्यकार एबं केन्द्रीय कार्यसमितिका सदस्य सन्ध्या पहाडी र अनेसास डेलावर च्याप्टरका अध्यक्ष गुणराज लुइँटेल सम्पादक मण्डल रहेको प्रकाशन समितिले सो कृति प्रकाशन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । १०७५ पेज रहेको सो पुस्तकमा अनेसासको उत्थानकाल, डायस्पोराकाल, अनेसास बोर्ड अफ ट्रष्टीज, अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार, अनेसासको बिधि विधानमा संशोधन, अनेसासको प्रकाशनको इतिहास, अनेक डायस्पोरामा अनेसास, यूरोपेली नेपाली डायस्पोरामा अनेसास, एशियाली नेपाली डायस्पोरामा अनेसास, ओसेनियाली डायस्पोरामा अनेसास समेटिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले इतिहास प्रकाशनमा अहोरात्र खटेर मिहिनेतका साथ प्रकाशन गर्ने संस्थापक अध्यक्ष एबं प्रधान सम्पादक होमनाथ सुबेदी लगायत सम्पादकहरुमा हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको छ । यस अबसरमा अध्यक्ष विश्वकर्माले अनेसासको इतिहास प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु, लेखकहरु, अनेसासका संस्थापकहरु, ट्रष्टी सदस्यहरु, पूर्व अध्यक्षहरु, वर्तमान एबं पूर्व कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरु, सम्पूर्ण च्याप्टरका पदाधिकारीहरु, आजीवन सदस्यहरु, संस्थाको स्थापनादेखि यसलाई मलजल गर्ने सम्पूर्ण महानुभावहरु, साहित्यकारहरु र यसलाई माया गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति पनि आभारी प्रकट गर्नुभएको छ ।
INLS Announcements
About INLS
About us
International Nepali Literary Society (INLS), Washington D.C. was established in 1991 and incorporated in the District of Columbia, USA. It is an international organization of volunteer members who are interested in languages, literature, art and music of Nepal.
Mission Statement
The mission of INLS is to preserve and promote Nepali Identity by uniting people of Nepali origin around the world through continuous encouragement for promotion of Nepali languages through writing, reading, publishing, distributing, and translating Nepali literature, culture, art, music and dance.
Code of Ethics
The following are principles of ethical behavior for those affiliated with INLS:
1. It is the responsibility of the INLS* officials, board members, advisors, and executive members (to maintain a balance between the need in society to use a cultural property (Nepali Language, Literature and culture), and to ensure the preservation of that cultural property*.)