Member Login

Not a member? Please Apply for Membership

Costitution

अनेसासको उद्देश्य र विधान

संस्थाको मूलभूत उद्देश्यहरुमा प्रथमतः अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली भाषा साहित्यप्रेमीबीच बराबर सम्पर्कको पुल बनी भाषासाहित्यको प्रचार, उत्थान एवं संवद्र्धन गर्नुका साथै साहित्यकारहरुलाई सम्मान गर्नु रहेको छ । यसबाहेक साहित्यिक रचनाहरुको प्रकाशन, साहित्य–गोष्ठीहरुको आयोजना, नेपाली साहित्य रचनाको प्रकाशन, विभिन्न विधाका नेपाली साहित्यहरुको अंग्रेजी एवं अन्य भाषामा अनुवाद तथा प्रकाशन गर्नुका साथै "अन्तर्राष्ट्रिय नेपाली उत्कृष्ट पुस्तक पुरस्कार" को संचालन यसको उल्लेखनीय उद्देश्य रहेको छ ।

संस्थाको विधानले महासमिति, कार्यसमिति, सल्लाहकार समिति लगायत विभिन्न उपसमितिहरुको ब्यवस्था गर्नुका साथै नेपाल बाहिर विभिन्न देशमा अ.ने.सा.स.को शाखा खोल्न सकिने ब्यवस्था गर्नुका साथै अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको व्यवस्था गरिएको छ । कार्य समितिमा अध्यक्ष लगायत ५ सदस्यहरु रहने, सम्पूर्ण साधारण सदस्यहरु महासमितिमा रहने, सामान्य, आजीवन र ट्रष्टी गरी ३ प्रकारका सदस्यको ब्यवस्था रहेको छ । स्थापना गर्दा भएको विधान हालसम्ममा ३ पटक संशोधन गरिएको छ।

अनेसासको कार्यक्षेत्र भौगोलिक दृष्टिले कुनै पनि देश, समयको दृष्टिले अस्ति, हिजो, आज र भोलि, विषयको दृष्टिले नेपाली भाषा र साहित्य, कला र संस्कृतिभित्र पर्दछ । यसको सदस्यता शुल्क व्यक्तिलाई वर्षको २० अमेरिकी डलर, आजीवन सदस्यताको लागि १०० अमेरिकी डलर र ट्रष्टी शुल्क १००० अमेरिकी डलर छ । विश्वव्यापी सदस्यता भएको अनेसासको यस्तो बैठक टेलिफोन, इन्टर्नेट, पत्र र अन्य आधुनिक तकनिकी प्रयोगद्वारा बोलाउने र उपस्थित हुने प्रावधान छ । यस संगठनको विशेषता नै यही हो कि बैठकको उपस्थितिलाई तार, टेलिफोन र पत्रबाट पनि सिद्ध गर्न सकिन्छ । अन्तर्राष्ट्रिय संस्था भएको हुँदा प्रत्येक हप्ता शारिरिक उपस्थितिबाट वैठक गर्नगराउन अति कठीन छ । यो अप्ट््यारो फुकाउनका लागि यसका बैठकहरु ऋयचचभकउयलमभलत बाट पनि गर्न सकिन्छ । इगतचष्अज अयगचकभ गरे जस्तै यो संस्था आ–आफ्नो ठाउँमा बसेर सबैलाई एक ठाउँमा जोड्ने प्रयत्न गर्दछ । यस्ता धेरै संस्थाहरु दुईचार वर्ष चलेर हराउँछन् तर यसको विधानको तर्जुमा गर्दामा नै यसलाई टुट्न नदिने खालका स्तम्भहरुको स्थापना यसले गरेको छ । ती स्तम्भहरु हुन् ट्रष्टीहरु । यसको वृद्धि र विकासको गति आरोह र अवरोह हुनु स्वाभाविक छ तर यो संस्था कहिल्यै टुट्दैन, फुट्दैन र बिलाउँदैन बरु लचिलोपन यसमा भएकोले निरन्तर गतिशीलता रहिरहन्छ ।

अस्तिको अनेसासः
यसले अस्तिसम्म गरेका खासखास कामहरु यी हुन् ः
(१) मासिक इलेक्ट्रोनिक न्युजलेटर पोष्टिङ्ग ।
(२) अन्तर्दृष्टि त्रैमासिक पत्रिकाको प्रकाशन ।
(३) ए.एन.ए. र ए.एन.एस.को न्युजलेटरको सम्पादन ।
(४) न्युक्यारोल्टनमा नेपाली कविगोष्ठीको आयोजना ।
(५) ए.एन.ए.को 'पार्टनरसिप'९४' मा लिटेरेरी आइल्यान्डको आयोजना ।
(६) नेपालमा च्याप्टरको स्थापना ।
(७) पुगनपुग ३० जना नवसाहित्यकारको रचना प्रकाशन ।
(८) द्यौराली उपन्यास र 'नेपाली लोककथा' पुस्तकको प्रकाशन ।
(९) अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको सञ्चालन ।
(१०) भानुजयन्ती र मोतीजयन्ती जस्ता कार्यक्रमको सञ्चालन ।
(११) सन् १९९३ को मोती जयन्तीका दिन होमनाथ सुवेदीद्वारा लिखित "अन्तर्दृष्टि" नाटक प्रदर्शन ।
(१२) अमेरिकामा भएका अन्य संस्थाहरुलाई नेपाली भाषा साहित्यमा सहयोग गर्ने क्रममा सन् १९९३ देखि १९९४ सम्मको ब्।ल्।क्। तथा ब्।ल्।ब्। को छुट्टाछुट्टै मुखपत्र सम्पादन गरी प्रकाशन ।
(१३) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष विभिन्न क्षेत्रमा नेपाली भाषा साहित्यकर्मी, सल्लाहकार, कवि, साहित्यकारलाई कदरपत्र प्रदान गर्न सर्वश्रेष्ठ सल्लाहकार, सर्वश्रेष्ठ लेखक, सर्वश्रेष्ठ सम्पादक, सर्वश्रेष्ठ कविकवियत्री, सर्वश्रेष्ठ पत्रिका तथा सर्वश्रेष्ठ प्रतिनिधि जस्ता पद, विभूषण तथा पारितोषिकहरु दिने परम्पराको थालनी ।
(१४) शर्मा मुडवरी कविता प्रतियोगिताको संचालन ।
(१५) अस्तिको अस्ति नै ब्ल्ब् को साथ भएको लिटरेरी सेमिनारको सट्टा ठूला र व्यापक रुपमा क्भअयलम ल्बतष्यलब िऋयलखभलतष्यल या ल्भउबभिकभ बलम ँचष्भलमक या ल्भउब िष्ल ल्यचतज ब्mभचष्अब मा अन्तर्राष्ट्रिय नेपाली साहित्य सेमिनारको आयोजना गरी त्यसलाई क्रमिकता दियो ।
(१५) अस्ति नै थालिएकोे नेपाली भाषामा नेपाली साहित्य जगत क्ष्लतभचलभत ज्यmभ एबनभ समाजले विगत १२, वर्षदेखि संचालन गरी आएको छ, जसलाई शुरुमा जततउस्ररष्लउचयक।अयmरलभउब िबाट हेर्न सकिने बनाइएको थियो । नेपाली साहित्यमा अभिरुची राख्नेहरुका लागि क्ष्लतभचलभत मा एउटा मञ्चको तयार गरिएको थियो । जसलाई संसारभरका नेपाली साहित्यप्रेमीहरुले प्रयोग गरी विचार, विमर्श, सहयोग र सुझाव दिन सक्दथे । यस मञ्चमा जततउस्ररष्लउचयक।अयmरलभउबरिष्लकिरमष्कअगकक बाट प्रवेश गर्न सकिन्थ्यो । केही प्राविधिक कारणले गर्दा पछि त्यो नामको वेभसाइटलाइ ९ष्लकि।यचन र लभउबष्ष्तििभचबतगचभ।अयm० मा पुनर्निमाण गरी प्रस्तुत गरिएको हो भन्ने कुरा नै "समुद्रपारि पूर्णाङ्क १ २०५६ कार्तिक" को भीम रेग्मी र पुरूषोत्तम सुवेदीको लेखमा पनि उल्लेख छ र यसैलाई अनेसासले १०(३०( ०२ मा अद्यावधिक बनाई वेभसाइटमा पनि पुनप्र्रस्तुत गरिएको हो । दुनियामा वेभसाइट आउदासाथ पुरुषोत्तम सुवेदीबाट थालिएको यो कदम इलेक्ट्रोनिक साहित्यिक पत्रकारिताको इतिहासमा यौटा महत्वपूर्ण अंश थियो ।
(१६) अस्तिको पुरा कालमा सक्रिय काम गर्ने धेरै छन् तर अध्यक्षताभने एक मात्र होमनाथ सुवेदीको अध्यक्षतामा यो संस्था चल्यो ।

अनेसास हिज ः
अस्ति जस्तो हिज अनेसास रोपिएको विउ मात्र रहेन, यसका जरा फैलिइसकेका हुन् । यसले हाँगा हालेको हो । यसका चार आँखा भइसकेका हुन् । अनेसासले आफ्ना समर्थक र विरोधी, उसकै पनि आत्माआलोचना र प्रत्यालोचना गरी स्वस्थ बाटोमा सिलसिलाबद्ध तरिकाले हिंड्न सक्ने उसमा एउटा अन्तर्दृष्टिको विकास गरेको हो । अनेसासका अस्तिका केही विकसित रुप हुन् यी हिजका ।

(१) मासिक इलेक्ट्रोनिक न्युजलेटरको पोष्टिङको सट्टा नेपाली साहित्य जगत ९लभउबष्किबजष्तथबवबनबत।यचन० होमपेजको सञ्चालन गरेको हो ।
(२) ४ पन्ने पत्रिकालाई २८ पृष्ठ र ७० मा विकसित गरी विविध विधायुक्त साहित्यिक पत्रिका बनाएको हो ।
(३) मित्रशक्तिको सहयोगको लागि ब्ल्ब्को न्युजलेटरमा सम्पादन कार्य गरिरहेको हो ।
(४) यहाँका साना कविगोष्ठीको सट्टा नेपालमा नै २ वटा राम्रा कविगोष्ठी सम्पन्न गराएको हो ।
(५) अस्ति २ वटा मात्र पुस्तक प्रकाशन गरेको थियो भने हिजो १५ वटा पुस्तक प्रकाशन गरेको हो । हिज नै अनेसासबाट प्रकाशित भएको होमनाथ सुवेदीको 'अंकुर' उपन्यासले 'रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार' जितेर पुरस्कार स्वरुप नेरु.७०००।०० पायो जुन रकम लेखकबार्ट "र्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार अक्षय कोष" मा जम्मा भयो र यस प्रकाशनको आय पनि लेखकले नलिई अनेसासको अक्षयकोषलाई दिने इच्छा गरे बमोजिम अक्षयकोषमा राख्न सकिने एक आदर्श प्रस्तुत गरेको हो ।
(६) अस्ति अन लाइन राइटरस् पुरस्कार थिएन, हिज नै कमला स्वरुप र चिरञ्जिवीबाट बुढाथोकी अन् लाइन राइटरस एवार्डको स्थापना भएको हो ।
(७) अस्तिको अस्ति नै ब्ल्ब् को साथ भएको लिटरेरी सेमिनारको सट्टा ठूला र व्यापक रुपमा क्भअयलम ल्बतष्यलब िऋयलखभलतष्यल या ल्भउबभिकभ बलम ँचष्भलमक या ल्भउब िष्ल ल्यचतज ब्mभचष्अब मा अन्तर्राष्ट्रिय नेपाली साहित्य सेमिनारको आयोजना गरेको थियो भने त्यस्तै हिज थ्द्दप् ऋयलखभलतष्यल ब्तबिलतब मा सफलतापूर्वक अन्तर्राष्ट्रिय नेपाली साहित्य संमेलनको आयोजना गरी त्यसलाई क्रमिकता दियो ।
(८) अस्ति नेपाल च्याप्टरको स्थापनाभन्दा बढी अस्ट्रेलियामा च्याप्टरको स्थापनाको प्रारुपको योजना, जापानमा आर्थिक सहयोग समिति र क्यानाडा र यु.के.मा साहित्यिक सहयोग सम्बन्धको विस्तार व्यापक रुपमा गर्दै हिजै ग्लोबल नेटवर्कमा अग्रसर भएको हो । हिजले नै अनेसासको ३४वटा विभिन्न देश र राज्यमा शाखाहरु खोलेको हो ।
(९) अस्ति जम्मा २५ जनाका रचना प्रकाशित हुन्थे भने हिजो ८० भन्दा बढी साहित्यकारहरुको रचना प्रकाशित भए ।
(१०) अस्ति स्वर्गीय कविको जन्मजयन्ती र सभाहरु कोठामा गरिन्थे भने हिजो खुला मञ्चमा गर्न थालियो ।
(११)सन् १९९८ मा बोष्टन रिमाल जयन्तीको अवसरमा "रिमाल कविता गोष्टी" संचालन र १९९८।१९९९ भरी बोष्टनमा, बोष्टन साहित्यिक समूहसंग संयुत्त रुपमा प्रत्येक महिना साहित्यिक भेलाहरु र क्यानाडाबाट निक्लने "दियालो" को अङ्क ७ सित "अन्तर्दृष्टि" को संयुत्त प्रकाशनले बाहिरकासित मिलेर काम गर्ने अनेसासको परम्परालाई कृतिमान राखेका छन् ।
(१२) अस्ति सन् १९९३ मा होमनाथ सुवेदीद्वारा लिखित "अन्तर्दृष्टि" नाटक मोती जयन्तीका दिन प्रदर्शन गरिएको थियो भने हिज अनेसासले लक्ष्मीजयन्ती मनाउदै लोक संस्कृतिलाई संरक्षण गर्न बेला बेलामा सांस्कृतिक कार्यक्रम चलाउदै आयो । २००२ मा यो क्षेत्रमा प्रतियोगिता पनि गरायो । देवकोटा जयन्ती वाशिङ्गटन डी.सी.मा निरन्तर रुपमा मनाउने र यसमा मोती समस्यापूर्ति कविता प्रतियोगिता गराउने र उत्कृष्ट पुस्तक पुरस्कार वितरण गर्दै आएको छ ।
(१३) अस्ति अन्तर्राष्ट्रिय नेपाली कविताप्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई मात्र पुरस्कार दिइन्थ्यो भने हिजो पोइट्री ग्रामको व्यवस्था गर्यो र त्यस बाहेक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशि¨टन डी.सी.बाट नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन उत्साह प्रदान गर्ने उद्देश्यले देहाय बमोजिमका चारवटा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको स्थापना संचालन पनि हिजै गरेको हो । ती ४ वटा पुरस्कार यी हुन्ः १. अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार सबैभन्दा उत्कृष्ट साहित्यिक कृतिलाई रु ५०,०००। नगद । २. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना पुस्तक पुरस्कार नारी साहित्यिकारका नेपाली साहित्यिक कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट साहित्यिक रु २०,०००। ३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना पुस्तक पुरस्कार साहित्यकारका पहिलो पटक प्रकाशित साहित्यिक कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १५,०००। ४. सर्वोत्कृष्ट नेपाली गीती कविताकालागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार गीति कविता, गीत, लोकगीत वा यिनको विषयमा लेखिएका पुस्तक मध्ये सबैभन्दा उत्कृष्ट पुस्तकलाई या ने रु १५,०००। नगदका साथै उक्त सवै पुरस्कृत लेखकलाई सम्मानपत्र पनि प्रदान गर्ने व्यवस्था पनि हिजको देन हो । अस्ति शुरु गरेका स्ट्रस्टीहरु 'फुलपेड' भएर अक्षयकोषको व्याजबाट नेरु ५००००।००को पुरस्कार दिन ससकने भयो । हिज नै सुमन तिमसिनाको परिवारले नेरु ३५०००।००। को पुरस्कार प्रदान र आमोद तथा प्रणिता कटवालले नेरु १५०००।०० को प्रायोजन गर्नुभयो । अप्रत्यक्ष रुपमा यो उहाँहरुले अनेसासलाई दिएको यौटा सम्मान हो जसलाई अनेसासले वैधता र विश्वसनीयतासाथ पुरस्कार संचालन गर्दछ ।
(१४)पद, विभूषण तथा पारितोषिकहरु अस्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष विभिन्न शीर्षकमा नेपाली भाषा साहित्यकर्मी, सल्लाहकार, कवि, साहित्यकारलाई कदरपत्र प्रदान गर्ने व्यवस्था गरेको थियो हिजो यो परम्परा नामशेष मात्र रह््यो । कदरपत्र प्रदान गरिने शीर्षकहरुमा यो वर्षको सर्वश्रेष्ठ सल्लाहकार, सर्वश्रेष्ठ लेखक, सर्वश्रेष्ठ सम्पादक, सर्वश्रेष्ठ कवि(कवियत्री, सर्वश्रेष्ठ पत्रिका तथा सर्वश्रेष्ठ प्रतिनिधि थिए ती पदवीहरु सबै र सधै चलेनन् शायद यसो हुनुको कारण ती अस्तिभन्दा धेरै बढी महिमामय पद, विभूषण तथा पारितोषिकहरुको दिन थालिएकोले पनि हो । हिजैका वर्षदेखि ूत्जभ द्यभकत ऋजबउतभच या तजभ थ्भबचू छानेर कदर–पत्र दिने परम्परा पनि बसालिएको छ । यो वर्ष ूत्जभ द्यभकत ऋजबउतभच या तजभ थ्भबच द्दण्ण्द्धूको पदवी जापानले जित्यो र त्यसका अध्यक्ष कुमार बस्नेत अमेरिका आई त्यो सम्मान–पत्र लिएर जानुभयो ।
(१५) हिजै भानुभक्त भलिवल मेमोरियल प्रतियोगिता थालनी गरी विजयी टिमलाई शिल्ड र अमेरिकी डलर ३०० नगद पुरस्कार दिने प्रथा शुरु भयो ।
(१६) यस बाहेक नेपाली पहिचानलाई अक्षुण्ण राख्ने दिशामा सम्पूर्ण नेपाली सामुदायिक संस्थाहरुलाई अभिमुख गर्नको लागि हिजैदेखि सस्थाले नौ बूंदे प्रस्ताव मार्फत "हरेक सामुदायमा नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न जुटँै" भन्ने अभियान अघि बढाएको छ । सो प्रस्ताव गत २००३ को जुलाई महिनामा कोलोराडोमा सम्पन्न अमेरिकी नेपालीहरुको सम्मेलनमा पुरुषोत्तम सुवेदीले प्रस्तुत गरेको हो ।
(१७) नेपाली साहित्यमा अहिलेसम्म प्रयोग नभएको तर समकालीन विश्व साहित्यमा नयाँ विधाको रुपमा विकसित भैरहेको विद्युतीय साहित्य (अत्याधुनिक विद्युतीय प्रविधिको उपयोग गरी तैयार गरी गरिने साहित्यिक रचना भ्(ीष्तभचबतगचभ लाई नेपाली साहित्यमा प्रवेश गराई नेपाली साहित्यको फाँटलाई अझ बढी विस्तारित गर्ने योजना पनि रहेको छ ।
(१८) अस्ति अ.ने.सा.स. ले हरेक वर्ष अन्तर्राट्रिय नेपाली कविता प्रतियोगिता र शर्मा मुडवरी कविता प्रतियोगिता गरी २ प्रतियोगिता गर्दै आएको थियो । हिज तीमध्ये पहिलो चल्न सकेन, दोश्रो पुरस्कार रकम २०० डलरबाट बढेर ३०० भयो र अझ त्यसमा एएन्ए कन्भेन्शन स्थलमा १६ वर्ष मनिका वालवालिको वीच नेपाली कविता प्रतियोगिता सन्चालन गरी २०० डलरको "अमर मिना बाल कविता पुरस्कार" पुरस्कार दिन शुरु गरेको हो । हिजै अनेसासको स्थापना गरेर नेपाली डाएस्पोरामा अग्रीम भूमिका पुरा गरेको मान्यतामा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ब्ल्ब् ऋयलखभलतष्यल द्दण्ण्द्ध, एजष्लष्ह, ब्चष्शययलब मा पाएको ूएष्यलभभच या ल्भउबष् िीष्तभचबतगचभ ष्ल तजभ ल्भउबष् िम्ष्बकउयचबू (नेपाल बाहिरका नेपाली साहित्यका अग्रज) को पदवीले पुरस्कृत संस्थापक अध्यक्ष मात्र हैन संस्थाले पनि हिजै आर्जन गरेको संमान र गौरव हो ।
(१९) हिज नेपाली पठनपाठनलाई अर्को पिंढीतक स्थानान्तरण गर्न विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम अन्तर्गत 'नेपाली भाषा तथा संस्कृति विद्यालय' को योजना भो । यो कदम अनेसासले चाले पछि नेपाल बाहिर बस्ने नेपालीले यो कदमलाई हुरीले जस्तै टिपेर अगाडि बढाउन शुरु गरेको पाइयो । यौटा नमूना विद्यालय वाशिङ्गटन डी.सी.मा खुल्यो । सबभन्दा पहिले 'इन्दरा फाउन्डेशन, रचेस्टर' ले यो 'नेपाली भाषा तथा संस्कृति विद्यालय' डी.सी.लाई प्रायोजन गर्यो । त्यस पछि 'नेपाली भाषा तथा संस्कृति विद्यालय' क्रमशः कोलोराडोमा २ वटा, अरिजोना टुसान, टेक्सास हुस्टन, र टेक्सास डेलास ठाऊँ ठाऊँमा खुले ।
मेल्वोर्न अस्ट्रेलिया, न्युह््याम्सायरमा खुन्न तयारीमा हिजले पुराएको छ । शेष आजको लागि प्रतीक्षामा छ ।
(२०) अक्टोबर १६, १९९९ का दिन साहित्यकार लैनसिङ वाङदेललाई, जुन २००० मा कविवर माधव घिमिरेलाई र त्यस पछि ताना शर्मालाई मार्च १६, २००३ मा अभिनन्दन गरी वयोवृद्ध साहित्यकारहरुको अभिनन्दन गर्ने परम्परालाई अगाडि बढाएको छ ।
(२१) हिजका उपर्युक्त कामहरुको प्रभावले अनेसासले "डिल्लीराम तिमसिना मेमोरियल पुरस्कार" जित्न सक्यो जसबाट प्राप्त प्ल्याक र नगद अमेरिकी डलर ५००।०० मध्ये डलरलाई "र्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार अक्षय कोष" मा जम्मा गर्ने निर्णय गरेर "डिल्लीराम तिमसिना मेमोरियल फाउन्डेशन" लाई अभिन्न मित्रशक्तिको रुपमा पनि राख्न सक्यो ।
(२२) प्रथम एन्आर्एन् कन्फेरेन्स काठमाडौंमा सहभागिता, र अन्य दिदी बहिनी संस्थाहरुसितको आजीवन सदस्यताको आदानप्रदानको प्रारम्भ हिज गरेको हो ।
(२३) अस्तिको पुरा काल एक मात्र होमनाथ सुवेदीको अध्यक्षतामा सीमित थियो भने हिजको यस कालले प्रशन्त नेतृत्वको विकाश गर्यो र यस कालले सन् १९९५ देखि १९९६ सम्म किरण ढुंगाना, सन् १९९६ देखि १९९७ सम्म अच्युत श्रेष्ठ र सन् १९९७ देखि २००० सम्म बसन्त श्रेष्ठ, सन् २००० देखि २००१ सरला श्रेष्ठ, सन् २००१ देखि २००२ सम्म भीम रेग्मी, र सन् २००२ देखि सन् २००४सम्म पुरूषोत्तम सुवेदी गरी ६ जना अध्यक्षको नेतृत्व पायो । नेतृत्व दिने र सहभागिताको दृष्टिले यो काल अत्यन्त उर्वरा नै रह्यो । त्यसैले पनि हुन सक्छ अनेसास हिज प्रशस्त उन्नत अवस्थामा चढेको देख्न पाइन्छ ।

अनेसास आजः
अनेसासको वर्तमान आज सन् २००४ जुलाईमा बहाली गरेका दुबसु क्षेत्रीबाट उदाएको हो । नेपालमा भएको राजनैतिक उथलपुथलले गर्दा सरकारी सेवाको कारण संकटकालीन अवस्थामा सार्वजनिक संस्थामा काम गर्न अप्ठ्यारो परी फरवरी ४, २००५मा वहाँ र उपाध्यक्ष गोपाल रेग्मीले राजिनामा दिनु भयो । छोटो समयमा जर्मनमा, मुम्बईमा अनेसासको शाखा खोल्ने, अनेसासका समिति उपसमितिहरुको कार्यविधि र नियमहरुको स्थापना गर्ने र विश्वभर छरिएका नेपालीलाई "नेपाली भाषा, साहित्य, कला र सँस्कृति हाम्रो गौरव, हाम्रो साइनो, हाम्रो संपत्ति" भन्ने सन्देश दिएर जानुभयो । उहाँहरुका कदमलाई काँधमा बोकेर नव निर्वाचित अध्यक्ष प्रा.मोहन सिटौला टेक्सास र उपाध्यक्ष कुमार बस्नेत जापानले यही मार्च १४, २००५ देखि कार्यभार समाल्नुभएको छ । यो अवधि गत भानुजयल्तीदेखि लिएर आज मार्च २१,२००५, यो मितिबाट पर्यावलोकन गर्दा यो कालको पूर्वान्हमै हरियो पात देखा परेका छन् ।

(१) इलेक्ट्रोनिक न्युजलेटरको पोष्टिङ र नेपाली साहित्यजगतको मात्र सञ्चालनभन्दा ष्लकि।यचन लाई उन्नत बनाउने ।
(२) अन्तर्दृष्टि पत्रिकालाई विविध विधा युक्त गरिमामय बनाउने
(३) अस्ति २ वटा मात्र पुस्तक प्रकाशन गरेको थियो भने हिजो १५ वटा पुस्तक प्रकाशन गरेको थियो भने आज त्यसको संख्या परिमाणात्मक रुपले दुईगुना बढी र गुणात्मक रुपले विशेष समितिका सदस्यहरुबाट छानेर माात्र प्रकाशित गर्ने गरिदै छ । अनेसासले हिज प्रकाशन गरेको गोपाल पराजुलीको 'नयाँ ईश्वरको घोषणा' आज 'मदन पुरस्कार'को विजयी घोषित भएको सुन्न पाइएको छ । यस्तै कृतिमान कृतिहरुको प्रकाशनतिर आज अनेसास मोडिएको छ ।
(४) अनेसासको वाशिङ्गटन डी.सी.ले विश्वनेट वर्कमा आफूलाई अगाडि बढाइरहेको छ ।
यसको शाखा अहिलेसम्म कति देशमा भइसके र कहाँसम्म पुग्ने छ भन्ने कुराको जवाफ खोज्न अनुशीलन नै गर्नु पर्ने जस्तो भैसक्यो । अनेसास भनेको आज कुनै यौटा सागुरो दायराको संस्था न भएर एक नेपाल बाहिर बस्ने नेपालीका मात्रको यो यौटा मिशन बनेको छ विश्वको जुनसुकै कुनामा पुगे पनि उसले अनेसास पाउछ नभए खोल्छ बस्छ त्यो उसको नैसर्गिक अधिकार भई सकेको छ । मलाई ऐले याद भएसम्म यसका छत्तीसवटा शाखा खुलिसके । ती छत्तीसवटा शाखाहरु हुन्– अरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, मेरिल्याण्ड, भर्जिनिया, वाशिङ्गटन डी.सी., नेब्रास्का, न्यूयोर्क, नर्थ क्यारोलिना, न्यूह्याम्पसायर र टेक्सास डेलास, टेक्सास हुस्टन, सियाटल, मासाच्युसेट्स र न्युइङ्गल्यान्ड सेन्टर । यी सोह्रवटा शाखाहरु अमेरिकाका विभिन्न राज्यमा छन् भने अमेरिकाभित्र अलावामा, ओहायो, ओरेगनमा तीनवटा प्रतिनिधि केन्द्र रहेका छन् । यिनीहरुमा पनि च्याप्टरको विकास भइरहेको छ । त्यस्तै, अमेरिकादेखि बाहिर यी देशहरुमा च्याप्टरहरु खुलेका छन््– ती हुन् सिड्नी, अष्ट्रेलिया, मेलबर्न अष्ट्रेलिया, बेल्जियम, चाइना, क्यानाडा–ओटावा, इन्डिया, जापान, नेपाल, पोर्चुगल, रुस, साउदी अरेबिया, ताइवान, भूटान, पाकिस्तान, स्कटल्यान्ड, हङ्गकङ्ग, र युके सत्रवटा शाखाहरु छन् । यस्ता केन्द्रहरु छत्तीसवटा छन् । यसरी पुगनपुग ४० वटा केन्द्रको दायित्व लिइरहेछ । यसको विस्तार अझ द्रूत गतिले भइरहेको छ । यसको विस्तारको गति नेपालीहरुको विस्तारको गति सँग–सँगै अगाडि बढिरहन्छ । नेपाली साहित्य समाज भनेको एक नेपाली संस्कृत समाज हो, एक नेपाली संचेतना हो । यो एक भन्दा बढी वैयत्तिकताको समन्विततामा फस्टाइहाल्छ र त्यहा अदृश्य रुपमा नै नेपाली साहित्य समाजले जरा हाल्छ र यो विस्तारै मौलाउन थाल्छ अनि त्यो त्यहा स्वयम् प्राकृतिक बन्छ । यो कृत्रिम कानून भन्दा धेरै माथि फैलन्छ ।
च्याप्टरहरुको विकासमा हिजो द्रूततर विकास भई करीब छत्तीसवटा च्याप्टर प्रतिनिधिको स्थापना भयो भने आज तिनको संख्या अझ बढाउने र नियम–विनियम वा म्यानुअलको व्यवस्था गरी अझ शक्तिपूर्ण बनाउने प्रयास भएको छ । आज २ वटा च्याप्टर अरु थपिएका छन् ।
(५) स्वर्गीय कविहरुको जयन्ती र कविसम्मेलन अस्ति कोठामा, हिजो देश–विदेशमा मनाउन थालियो भने आज देश–विदेशमा खुलामञ्चमा एक साथ गर्ने र अनेसास केन्द्रीय समितिका केन्द्रीय कार्यकारिणी समितिको प्रतिनिधिहरुले विभिन्न देशमा भाग लिन जाने परिपाटी बसालिंदै छ ।
(६) चारवटा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको स्थापना संचालन पनि हिजैको देन हो भने आजले २ महिनाको छोटो समयमै आजसम्म भएका पहिलेका पुस्तक पुरस्कार चलाउनुको साथ अरु थप २वटा पुरस्कार जोेडेको छ । ती २ वटा हुन्ः १. सर्वोत्कृष्ट वालसाहित्यका पुस्तकका लागि अनेसास सारा उत्कृष्ट वाल पुस्तक पुरस्कार वाल साहित्यका कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १५०००। २. सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा पुस्तक पुरस्कार धवलागिरी अञ्चलका साहित्यकारका प्रकाशित साहित्यिक कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १००००। नगदका साथै उक्त दुवै पुरस्कृत साहित्यकारलाई सम्मानपत्र पनि प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष जनवरी १५ भित्रमा पेश हुन आएका पुस्तकहरुको मूल्याङ्कन गराई संवन्धित क्षेत्रमा प्रथम आउने पुस्तकका लेखकलाई यो पुरस्कार प्रदान गरिन्छ । आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको थप विकास अब विभिन्न अञ्चललाई प्राथमिकता दिई राख्ने र विभिन्न विधाहरुमा राख्ने दिशातिर अनेसास गइरहेछ । त्यसकै अग्रज कदम होः सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा पुस्तक पुरस्कार । आफ्नो अन्चललाई विर्सन नसन्ने कुनै पनि आप्रवासीले यो पुरस्कारको प्रायोजन गर्न सक्तछ । मोफसलका साहित्यकारलाई प्रोत्साहित गर्ने यो कदमका अग्रिणी प्रायोजक रोहिणी शर्मा आजका कदमका एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । यस्ता मेधावी व्यकित्वको संस्थाम

Apycom jQuery Menus